जोमसोम ।
भारतीय नाकाबन्दीपछि चर्चामा आएको (नेपाल—चीन)उत्तरी कोरलानाका पछिल्लो केहीवर्ष यता पर्यटकीय गन्तब्यको रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि कोरलानाका भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ ।
समून्द्री सतहको (४६१०) मिटर अग्लो उचाईमा रहेको (नेपाल—चीन) उत्तरी कोरलानाका २४ नं. सीमास्तम्भ अर्थात जंगे पिल्लर मुख्य नाका प्रवेशद्धार हो । यही प्रवेशद्धार रहेको कोरलानाकामा बर्सेनि हजारौं आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरलानाका अवलोकनका लागि जाने गरेका छन् ।
यहाँ आउने आन्तरिक पर्यटकहरु मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरलानाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाईएको छ । तर, उपल्लो भ्रमणका लागि ५०० डलर राजश्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमानाकामा जान पाउँदैनन् । सुरक्षा संम्वेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटकहरु लोमान्थाङ—२ न्हेचुङ स्थित सशस्त्र प्रहरीको (बीओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन ।
दसैं पर्वसंगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जेनजी आन्दोलनले उत्पन्न परिस्थिती र हालै देखिएका प्रतिकुल मौसमको प्रक्षेपणका बावजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको हो । दसैं पछि असोज १७ र १८ गते गरी दुईदिनमा छ हजार १७३ जना नेपाली आन्तरिक पर्यटक र छ सय ८८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । यसैगरी दुई दिनको अवघिमा दुई हजार २१७ वटा सवारी साधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाई छ ।
नेपाल—चीन उत्तरी कोरलानाका भ्रमणका लागि आन्तरिक पर्यटकको संख्या दसैंपछि ह्वात्तै बढेको न्हेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिष्णुहरी थापाले जानकारी दिनुभयो । दसैं पर्वको असोज १७ र १८ गतेका दिनमा दैनिक एक हजार ५०० आन्तरिक पर्यटकले कोरलानाकाको अवलोकन गरी फर्किएको उहाँको भनाई छ । यसैगरी दसैपछीको तेस्रोदिन आज आईतबार मात्रै एक हजार ७०२ जना आन्तरिक पर्यटक कोरलानाका पुगेको सशस्त्र प्रहरीका बीओपी ईञ्चार्ज थापाले उल्लेख गर्नुभयो ।
नाका अवलोकनका लागि न्हेचुङ स्थित सशस्त्र प्रहरी चेक प्वाईन्टमा एक सय २६ वटा बस,जीप र कारण भित्रिएका छन् । यसैगरी चेक प्वाईन्टमा ईन्ट्री भई दुई सय २४ वटा मोटरसाईकल कोरलानाका पुगेको बीओपी ईञ्चार्ज थापाले उल्लेख गर्नुभयो ।
उच्च स्थानमा अवस्थित नेपाल—चीन उत्तरी कोरलानाका अवलोकनका लागि जाने नेपाली पर्यटकहरुमा चिसो र हाईअल्टिच्युडका कारण विभिन्न समस्याहरु देखिने गरेको पाईएको छ । नाकामा अक्सिजन कमीका कारण हाईअल्टिच्युड हुने सम्भावना र चिसोका कारण सवारी साधन स्टार्ड हुन समस्या हुने आदी समस्या देखिएको बीओपी ईञ्चार्ज थापाले बताउँनुभयो । नाका पुगेका पर्यटक तथा सवारी साधनलाई समस्या चिसोका कारण समस्या देखिने र उनीहरुको उद्दार गर्न समस्या दखिएकाले सोमबारदेखि दैनिक बिहान ७ बजे नाका प्रवेश र साँझ ४ बजे नाकाबाट फर्किएर न्हेचुङ चेक पोस्टबाट एक्जिट हुनुपर्ने कार्यतालिका सार्वजनिक गरिएको ईञ्चार्ज थापाले जनाउँनुभयो ।
बहुचर्चित यहाँको उत्तरी कोरलानाकामा पुगेका नेपाली आन्तरिक पर्यटकहरु नेपाल—चीन कोरलानाकाको २४ नं. जंगे पिल्लरको प्रोफाईल राखेर राष्ट्रिय झन्डा फहराउँदै व्यक्तिगत र सामुहिक रुपमा फोटो र भिडियो खिच्ने गरेका छन् । कोरलानाका अवलोकनका लागि पुगेका नेपाली पर्यटकहरुले नाका छेउ त्रिपाल टाँगेर ब्यापार चलाएर बसेका सीमावर्ती क्षेत्रका ब्यापारीहरुसंग कोसेलीको रुपमा चिनिया सामान किनमेल गर्ने गरेको ढिन्डुप गुरुङले जानकारी दिनुभयो । नाकामा नेपाली पर्यटकहरु आउन थालेपछि स्थानीय नाकामा ब्यापार गर्न बसेका ब्यापारी उत्साहित भएको उहाँले बताउँनुभयो ।
नाका पुगेका नेपाली आन्तरिक पर्यटकहरुले उत्तरतर्फ सीमापारी चिनको तिब्बती भूमीमा निर्माण भएको भव्य संरचना हेरेर खिन्न हुन्छन् । चीनले उत्तर÷दक्षिण ब्यापारिक मार्गको रुपमा विस्तार गर्ने उद्देश्यले ठुल्ठुला भव्य भौतिक संरचना बनाईसकेको छ । तर, यहाँको कोरलानाकालाई सरकारले पूर्ण रुपमा संञ्चालन गरेपनि नाकामा नेपालका तर्फबाट आवश्यक भौतिक संरचना निर्माण हुन सकिरहेको छ ।
सरकारले यहाँको कोरलानाकालाई उच्च प्राथमिकतामा राखेको देखिएपनि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्न तथा राष्ट्रिय गौरवको कोरला सडकलाई छिटो भन्दा छिटो तीब्रता दिनुपर्ने देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली