अमेरिका र नेपालमा व्यापारिक प्रतिष्ठान चलाईरहेका मुस्ताङका सफल पर्यटन व्यवसायी हुन् सोनाम लामा । उनी गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व उपाध्यक्ष हुन् । व्यवसायिक रुपमा निकै राम्रो प्रगती हासिल गरिहेका सोनाम लामालाई यो स्थानसम्म पू¥याउन उनको पारिवारिक पृष्ठभुमी महत्वपूर्ण छ ।
सोनाम लामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा मुक्तिनाथका स्थायी नागरिक हुन् ।बुवा पुराङ धोर्जे र आमा पेम्बाका कान्छा छोरा सोनामलाई व्यवसायिक सफलताका लागि उनको परिवारको ठुलो योगदान छ । उनी सानै छँदा उनको बुवा पुराङ धोर्जेले खेतबारी जोत्ने झोपाको व्यापार व्यवसाय गथ्र्ये । चाईनाबाट मुस्ताङको कोरलानाका हुँदै झोपाको व्यापार गर्दे तल झथ्र्ये । यसरी चाईनाबाट झोपा खेद्दै मुस्ताङ आउँदा वर्षदिनसम्म लाग्थ्यो । उनका बुवा पुराङ धोर्जेले चाईनाबाट मुस्ताङमा ४÷५ पटकसम्म यस्तै झोपाको व्यापार गरे । मुस्ताङमा हिउँदयाम लागेपछि यहाँका नागरिक जाडो छल्न बेसींमा झथ्र्ये । यो परम्परा अहिले पनि विद्यमान छ । त्यस समय सोनाम सुईटरको ब्यापार गर्न भारतको आसामसम्म पुग्ने गथ्र्ये ।
सोनामको प्रारम्भिक शिक्षा गाउँकै झारकोट स्थित मुक्तिनमुना आधारभुत विद्यालयमा भयो । उनी त्यससमय स्कुलको पहिलो ब्याजका विद्यार्थी थिए । त्यसअघि गाउँका बालबालिका सरकारी स्कुलमा होईन लामा पढ्न गुम्बामा जान्थे । सोनामले गाउँकै स्कुलमा ४ कक्षा पास गरी कक्षा ५ मा भर्ना भए । त्यससमय उनको उमेर भर्खर १६ वर्षको थियो । उनी कक्षा ५ मा पढ्दा पढ्दै स्कुलको पढाई छोेडे । उनी बुवासंग सुईटर व्यापार गर्न पटक÷पटक भारतको आसाम पुगे ।
बुवासंग व्यापारिक कर्ममा होमिएका सोनाम त्यसपछि गाउँ छोडेर काठमान्डौ पुगे । काठमान्डौंमा उनले अंग्रेजी ल्याङव्ज सिके । साथीहरुसंग नयाँ नया घुम्थे र नयाँ नयाँ कुरा सिक्थे । सन् १९९४ मा काठमान्डौंबाट बैदेशिक रोजगारका लागि सोनाम अमेरिका पुगे । गाउँको व्यापारिक घराना भएकाले व्यापार व्यवसाय कसरी गर्ने भन्ने सोनामलाई कुनै समस्या थिएन । अमेरिका पुगेका सोनामले सन् १९९५ मा अमेरिकामा २ वटा अर्गानिक सुपर मार्केट खोले । अहिले त्यहाँ उनको ५÷६ वटा अर्गानिक सुपर मार्केट छ । त्यसै दौरानमा उनले सन् २००४ मा अमेरिकामै हिमाली याक रेष्टुरेन्ट संञ्चालन गरे । त्यहाँ रेष्टुरेन्ट खोलेपछि याक रेष्टुरेन्टको मालिक सोनाम भनेर सबैले चिन्थे, बुझ्थे । अमेरिकामा रहेको उनको सबै व्यवसायिक प्रतिष्ठानको रेखदेख उनको श्रीमती,नेपाली र बङ्लादेशी साथीहरुले सम्हाल्दै आईरहेका छन् ।
व्यवसाय संञ्चालन गरी लामो समय अमेरिकामा बसोबास गरेका सोनामले त्यहाँ आफ्नो प्रतिष्ठानमा अमेरिकी र नेपाली गरी झन्डै एक सय भन्दा बढीलाई रोजगार दिईरहेका छन् । सोनाममा गैर आवासीय नेपाली संघ (एनआर एन)को पूर्व उपाध्यक्ष हुन् । एनआरएनको हकअधिकारका साथै नागरिकता प्राप्तिका लागि पूर्व उपाध्यक्ष सोनामले निकै धेरै ठुलो संघर्ष पनि गरे । उनी अहिले एनआरएन सहायता परियोजनाको संयोजक पदमा छन् । कोषमा १० अर्ब भन्दा बढी बजेट रहेको त्यो लगानी मुस्ताङमा भित्र्याउने चाहाना रहेको लामा बताउँछन् । लामो समय अमेरिकामा बसेका सोनामले जन्मथलो मुक्तिक्षेत्र,मुस्ताङ र नेपालमा धार्मिक तथा पर्यटनका साथै सामाजिक क्षेत्रमा काम गर्ने हुटहुटी जाग्यो ।
सोनाम लामा पछिल्लोसमय एक दशकदेखि जन्मथलो मुस्ताङ पनि ध्यान दिन थालेका छन् । उनी जन्मथलो मुक्तिनाथको धार्मिक तथा सांस्कृतिक तथा पर्यटन विकासमा योगदान पू¥याउन सक्रिय छन् । हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक साझा तिर्थस्थल मुक्तिनाथमा उनले केही वर्षअिघ करोडौं रुपैया लागतमा ३५ फिट अग्लो ढुंगाबाट निर्माण गरिएको बुद्धको शालिक स्थापना गरे । जुन शालिक उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराएका थिए । अहिले त्यहाँ मुक्तिनाथ दर्शन गर्ने जाने भक्तजनले एक घण्टासम्म फोटो खिचेर समय व्यतित गर्ने गर्छन । त्यती मात्रै होईन उनकै पहलमा एनआरएनको पूर्व अध्यक्ष शेष घलेले आगामी बैशाखदेखि मुक्तिनाथ स्थित बुद्धको शालिक रहेकै स्थानमा ३५ फिट अग्लो भगवान बिष्णुकोशालिक स्थापना गर्ने योजनामा छन् । सोनाम भन्छन्,‘ नेपाल र गृह जिल्लामै केही गरौं भन्ने सोचमा छु ,पैसाकै लागि मात्रै हो भने म अमेरिकामा बस्थे नेपाल फर्किन्नथे ।’
मुक्तिनाथको बृहत्तर विकासमा योगदान पू¥याउने चाँसो रहेपनि मुक्तिनाथ विकास समिति रहेको र त्यसको कोषमा आर्थिक मौज्याद रहेकाले त्यसतर्फ आफुले कदम अघि नबढाएको उनको भनाई छ ।
मुक्तिनाथ क्षेत्रको पर्यटन विकासका लागि उनले गाउँलेको स्वामित्वमा रहेको खेर गएको जग्गामा ३० वर्षका लागि जग्गा लिजमा लिएर भिआईपि पर्यटक लक्षित रिसोर्ट संञ्चालन गरेका छन् । रिसोर्ट मुनाफा भन्दा पनि त्यस क्षेत्रको महत्व बढाउन संञ्चालन गरेको सोनामले खुलाए । ‘मुक्तिनाथ विश्वप्रसिद्ध धार्मिक स्थल हो, तर पर्यटक लक्षित साना होटल मात्रै छन्, उनले भने, रिसोर्ट पनि मुक्तिनाथ छ र यसका माध्यमबाट अन्य पर्यटन व्यवसायको जिवनस्तर उकास्न रिसोर्टले योगदान पुग्नेमा सोनामको सोच छ । उनले सन् २०२२ मा मुक्तिनाथमा लो मुस्ताङ हिमालयन बुटिक रिसोर्ट निर्माण गरेका हुन् । मुस्ताङकै कलासंस्कृति र मौलिकता झल्कने बुटिक एवंं चित्रकलाको मौकिता झल्काउने रिसोर्टले मुस्ताङको बसाईलाई यादगार दिलाउछ । रिसोर्टमा उनले निकट भविष्यमा रक क्ल्यामिङको पूर्वाधार निर्माण गर्दैछन् । रिसार्ट भित्रै म्युजिम स्थापना गर्न पूर्वाधार निर्माण गर्दैछन् । उनले यस रिसोर्टलाई अन्तराष्ट्रिय चेन होटलको रुपमा लैजाने सोचमा छन् । सोनामको काठमान्डौंमा फोर स्टारको लो मुस्ताङ हिमालयन रिसोर्ट पनि संञ्चालनमा छ ।
धार्मिक तथा पर्यटन एवंं सामाजिक क्षेत्रमा सक्रिय एनआरएनको पूर्व उपाध्यक्ष सोनामले मुस्ताङमा एनआरएन परियोजना भित्र्याउन चाहिरहेका छन् । मुस्ताङमा पर्याप्त खेर गईरहेका हजारौ हेक्टर जमिन रहेको त्यसलाई यथोचित रुपमा सदुपयोग गर्न सौर्य उर्जा र एप्पल फार्मिङको संम्भावना रहेको बताए । स्थानीय जनप्रतिनिधि र नागरिकको सहयोगमा ३ तहको सरकारको समन्वयमा आवश्यक जग्गा उपलब्ध भएमा २० देखि ५० मेघावार्डसम्मको सौयैउर्जा उत्पादन परियोजना ल्याउन सकिने बताए । त्यति मात्रै होईन एप्पल फार्मिङका लागि २ हजार रोपनि बढी जग्गा प्राप्ति हुन सके बृहत एप्पल फार्मिङको मेघा प्रोजेक्ट संञ्चालन गर्न आफुले पहल गर्ने बताए । एनआरएन सहायता परियोजना कोषमा १० अर्बको फन्डिङ रहेको र जग्गा सुनिश्चित हुनसके त्यसको पहलकदमी आफुले लिने एनआरएन पूर्व उपाध्यक्ष सोनाम लामाको भनाई छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाल र नदीनालामा पानीको स्रोत सुक्दै गएकाले दीर्घकालिन भविष्यका लागि बृहत सौर्य उर्जा आवश्यकता रहेको औल्याए ।
मुस्ताङमा सडक संञ्जालको पहुँचसंगै विकासको ढोका उघ्रिसकेकाले यहाँको खाली जग्गालाई यथोचित सदुपयोग गर्न सके विदेश पलायन हुनु नपर्ने सोनामको भनाई छ । उनले विकास र संम्भावनाको ढोका खोलिएमा विदेशमा रहेका युवालाई जिल्ला फर्काउन अभियान थाल्ने बताए ।
म व्यवसायिक कर्ममा लागेको व्यक्ति भएपनि धार्मिक र सामाजिक क्षेत्रमा आफुले निरन्तर कार्य गर्दैआईरहेको जनाए । गाउँठाउँ र जिल्लाको विकास मात्रै नभई नेपालमै केही गरौं भन्ने सोचमा आफु रहेको सोनामको कथन छ । वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले सोनाम लामा गाउँ ठाउँ र जिल्लाको विकासमा उदाहरणीय व्यक्तित्व भएको चित्रण गरे । सोनाम लामा व्यवसायिक कार्यदक्षता मात्रै नभई सामाजिक र धार्मिक आस्था र विश्वाशमा समर्पित रहेको आफुले पाएको वडाध्यक्ष गुरुङको भनाई छ । कुनै धर्मकर्म,कार्यक्रम र अप्ठ्यारो परिस्थितीमा दिल खोलेर सहयोग गर्ने सोनाम लामाबाट धार्मिक तथा पर्यटन विकासमा आशा लाग्दा कामहरु सुरु भईरहेको जनाए ।
जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले मुक्तिनाथ क्षेत्रमा जन्मिएर अमेरिकामा व्यवसायिक सफलता प्राप्त गरेका सोनाम लामाले मुक्तिनाथ क्षेत्रको विकास र समृद्धिमा योगदान दिईरहेको बताए । लामाकै सहयोगमा बुद्धको मुक्ति स्थापना भएको र जसले मुक्तिनाथ क्षेत्रको महत्वलाई उचाईमा पू¥याएको क्लव अध्यक्ष ठकुरीले सुनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली