स्याउ खेती बुझ्न १५ जिल्लाका कृषि प्राविधिक मुस्ताङमा



जोमसोम—वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त स्याउ खेतीको संम्भावना र यस संम्वन्धि विभिन्न  प्रकारका तालिम अभ्यास लिन १५ जिल्लाका कृषि प्राविधिकहरु मुस्ताङमा आईपुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ (मनाङ)को आयोजनामा स्याउ उत्पादन हुँने जिल्लाका कार्यरत कृषि प्राविधिकहरुलाई  स्याउ खेती सिकाउन एकैसाथ मुस्ताङ ल्याईएको हो ।

परियोजना कार्यान्वयन ईकाई लमजुङ (मनाङ)ले चालु आर्थिक वर्ष स्याउ खेती गरिएका १५ वटा जिल्लाका परियोजना ईकाई (स्याउ जोनलाई) समेट्दै स्याउ संम्वन्धि तालिम दिन  ५ लाख १० हजार विनियोजन गरेको थियो । परियोजना कार्यान्वयन ईकाई लमजुङ (मनाङ) को स्याउ संम्वन्धि तालिम लिन १५ जिल्लाका १६जना कृषि प्राविधिक मुस्ताङ आईपुगेका हुन् ।

अनुकुल भूगोल र हावापानीमा उत्पादन फलफुल संम्वन्धित स्थानबाटै तालिम दिन सके प्रभावकारी हुने भएकाले मुस्ताङमा स्याउ तथा ओखरको उन्नत  प्रविधि सम्वन्धि क्षमता अभिवृद्धि तालिम दिनका लागि मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई जिम्मा दिईएको हो । केन्द्रले सोमबारदेखि तीनदिनसम्म स्याउ खेती संम्वन्धि तालिम दिएको हो । तालिममा  सोलुखुम्बु, हुम्ला,जुम्ला, दार्चुला, डोल्पा,जाजरकोट,रुकुम पूर्व, कालिकोट, कास्की, बाग्लुङ ,मुस्ताङ, मनाङ, ,मुगु र बाजुरा जिल्लाका स्याउ जोनमा कार्यरत कृषि प्राविधिकहरु सहभागी छन् ।

स्याउ तथा ओखर जोनमा कार्यरत  विभिन्न जिल्लाका कृषि प्राविधिकहरुलाई एकैसाथ शीतोष्ण फलफुलको आवश्यक तालिम तथा स्थलगत अवलोकन भ्रमण गराउन मुस्ताङ  ल्याईएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई लमजुङ (मनाङ) का कार्यालय प्रमुख अजय अधिकारीले जानकारी दिए ।उनले स्याउ खेती तालिम कार्यक्रमले  मुस्ताङमा पुरानो र नयाँ प्रविधिको स्याउ खेती संम्वन्धि जानकारी  तथा स्याउ बगैचा व्यवस्थापन लगायतका बिषयमा क्षमता अभिवृद्धि गराउन कार्यक्रम फलदायी भएको उनले बताए ।  उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती प्रविधि र यसका फाईदा र बेफाईदाका बारेमा बिभिन्न क्रियाकलाप र फलफुल भण्डार तथा प्रशोधनलाई तालिमसंग जोडेर  ३ दिने स्थालगत अवलोकनसहित अभिमुखिकरण कार्यक्रम मुस्ताङमा सम्पन्न गरिएको उनको भनाई छ ।

स्याउ तथा ओखर खेती संञ्चालन गरेका जोन संञ्चालन भएका कृषि प्राविधिकहरुलाई मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले अभ्यास तालिम दिएको हो । उनीहरुलाई केन्द्र प्रमुख पद्मनाथ आत्रेयले प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए । तालिममा सहभागी कृषि प्राविधिकहरुलाई स्याउ तथा ओखर बगैचा व्यवस्थापन,स्याउ काँटछाँट,बिषादीको प्रयोग,सिचाई र  स्याउ तथा ओखर बगैचामा आवश्यक मजलज गर्ने तरिकाका विषयमा अभ्याससहितको तालिम दिईएको छ ।

समान भूगोल र समान हावापानी उत्पादन हुँने शीतोष्ण फलफुल खेती गर्ने तरिका सिकाउनका लागि सम्वन्धित जिल्लाका कृषि प्राविधिकहरुलाई मुस्ताङ ल्याईएको परियोजना कार्यान्वयन ईकाई मनाङकी कृषि अधिकृत सन्ध्या जोशीले उल्लेख गरिन् । हिमाली जिल्ला मुस्ताङ सडक संञ्जालले सबै ठाउँमा कनेक्टिभिटी रहेकाले यहाँ कार्यक्रम गरिएको उनले बताईन् । मुस्ताङमा ३ दिन तालिम अभ्यासको बसाईमा धेरै कुराको अनुभव प्राप्त भएको उल्लेख गर्दै कृषिको समग्र विकासका लागि पूर्वाधार विकास महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

 मुस्ताङका धेरैजसो स्याउ बगैचा हेरियो,सबै ठाउँमा सडकको पहुँच रहेछ,’उनले भनीन्,‘ यहाँका सडकको पहुँचले किसानले धेरै भन्दा धेरै फाईदा लिनसक्ने अवस्था रहेछ,जुन मनाङमा अझै यसप्रकार पूर्वाधार बन्न सकिरहेको छैन।’ उनले सडकको पूर्वाधार विकासले मात्रै कृषकले मनग्ये आम्दानी लिनसक्ने भएकाले मनाङमा पनि यसको विकास गर्नुपर्ने जनाईन् । उच्चघनत्व प्रविधिको विकास मनाङको मनाङ एग्रो फार्मले सुरु गरेको र मुस्ताङले सो प््रविधि पछ्याईरहेको अवस्था र सफल पनि भएको उनको भनाई छ ।

स्याउ तथा ओखरको उन्नत प्रविधि सिकाईका लागि मुस्ताङ आएका कृषि प्राविधिकहरुलाई मार्फा र जोमसोम आसपासका स्याउ बगैचाहरुको स्थलगत अवलोकन गराईको छ । पछिल्लो समय मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र देशकै मुख्य सिकाई केन्द्र हब बन्दै गईरहेको छ । केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुँने स्याउ लगायतका विभिन्न फलफुल तथा तरकारी खेतीका बारेमा जिल्ला भित्र र जिल्ला बाहिरका किसानलाई निरन्तर तालिम दिदै आईरहेको छ । यसअघि केन्द्रले ६ जिल्लाका अगुवा कृषकहरुलाई स्याउ बगैचा व्यवस्थापन तथा स्याउ काँटछाँट सम्वन्धि तालिम दिएको थियो ।

हुम्ला जिल्ला स्याउ खेतीको प्रचुर सम्भावना भएर पनि उपयुक्त वैज्ञानिक तथा प्रविधिको प्रयोगको कमी रहेकाले मुस्ताङमा सिकेका कुरालाई त्यहाँ पू¥याउन तालिमले राम्रो शिक्षा प्रदान गरेको  हुम्लाका स्याउ जोन प्रमुख राम दरिस रायले बताए । उनले मुस्ताङमा तालिम लिदाँ यहाँ धेरै स्याउ खेतीमा प्रविधिको विकास,पूर्वाधारको पहुँच र बैज्ञानिक स्याउ खेती भएको उल्लेख गरे । स्याउ खेतीबाट आत्म निर्भर हुँन र बेरोजगार युवाहरुलाई रोजगारको मुलधारमा ल्याउन मुस्ताङको स्याउ खेती प्रणाली अपनाउन जरुरी रहेको उनले सुनाए ।

मुस्ताङमा आएका कृषि प्राविधिकहरुले कृषि यान्त्रिक उपरकण तथा औजारको प्रयोग गर्ने समेत जानकारी लिएका छन् ।स्याउ खेती गरिएका हिमाली तथा उच्चपहाडी जिल्लाका कृषि प्राविधिकहरुको अनुभव आदान प्रदान तथा आ—आफ्ना जिल्लामा स्याउ तथा ओखर खेती गर्ने तरिका र प्रविधिका बारेमा समेत जानकारी लिएका थिए । मुस्ताङमा स्याउ ,खुर्पानी,आरु,आरुबखडा आदीको खेती हुन्छ । स्याउको राजधानी मुस्ताङमा यहाँका स्याउ किसान आत्मनिर्भर बन्दै जान थालेका छन् । मुस्ताङमा खेर गईरहेका जग्गाहरुको समुचित प्रयोग गरी सामुहिक तथा व्यक्तिगत रुपमा स्याउ खेती गरिएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ खेतीमा यसको असर पर्न थालेको छ ।

मुस्ताङमा १४८५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये ५८५ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउ बगैचामा स्याउ उत्पादन हुने गरेको छ । सडक संञ्जाल जोडिएसंगै मुस्ताङमा उत्पादन हुँने स्याउ पोखरा—काठमान्डौं लगेर बिक्री गर्न समेत सहज भएको छ ।

यसका अलावा जिल् लाका स्याउ किसानलाई बेमौसममा समेत स्याउलाई साविक जस्तै ताजा राख्न कोल्ड स्टोरको पूर्वाधार निर्माण समेत जोड दिन थालिएको छ ।यहाँको स्याउ खेतीले पर्यटन प्रर्वद्धनमा समेत योगदान पू¥याएको छ ।



प्रतिक्रिया