जोमसोम— हिमाली जिल्ला मुस्ताङमा एक पुरुषको मृत शव फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका—२ बोक्सीखोलाको प्रतीक्षालयमा बुधबार बिहान मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
उक्त शव जिल्ला जाजरकोट साविक लह—९ का ६४ वर्षीय दत्तबहादुर बुढाको रहेको घटनास्थलमा भेटिएको नागरिकताबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार घटनास्थलमा मृत भेटिएको शवको प्रकृति अवस्था अनुसन्धानका लागि गोप्य राखिएको छ ।
यसअघि थासाङ—२ बोक्सीखोला स्थित प्रतिक्षालयमा मृत शव रहेको सूचना प्राप्त हुनसाथ थासाङ—२ को प्रहरी चौकी कोवाङको टोली घटनास्थलमा पुगेको थियो । यसका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धानसहित मुचुल्का उठाएर मृत शवलाई पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल जोमसामको शव गृहमा राखिएको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो ।
प्रहरी निरीक्षक अधिकारीले मृत शवको आफन्तहरुसंग सम्पर्क गर्ने काम भईरहेको जानकारी दिए । घटना बारेमा थप अनुसन्धानकार्य भईरहेको र विस्तृत विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्न आउने प्रहरीले बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता