जोमसोम— गृहमन्त्री रमेश लेखकले कोरलानाका अन्तराष्ट्रिय नाकाको रुपमा विधिवत प्रारम्भ भएको बताएको छन् । बुधबार नेपाली सेनाको हेलिकोप्टर माार्फत पोखरा हुँदै सिधै उपल्लो मुस्ताङ पुगेका गृहमन्त्री लेखकले कोरलानाकामा स्थापना भएको अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्दै नाकालाई विधिवत प्रारम्भ गर्न अध्यामगन कार्यालय स्थापना गरिएको स्पष्ट पारे ।
अध्यागन बिभागको आयोजना तथा जिल्ला प्रशासन र उपल्लो मुस्ताङको दुई गाउँपालिकाको समन्वयमा आयोजित अध्यागन कार्यालय समुद्घाटनमा गृहमन्त्री लेखकले नेकपा एमालेसहितको बर्तमान सरकारले १०८ दिनमा कोरलानाकामा अध्यागमन कार्यालय स्थापना गर्न सफल भएको बताए ।‘नेपाल—चीन २ देशबीचका नागरिकमा मात्र्र प्रवेश पत्रका आधारमा सीमित रहेको थिया,कोरलानाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा भएर सेवा प्रारम्भ भएको छ, गृहमन्त्री लेखकले भने,‘ यो सरकारको ऐतिहाँसिक उपलब्धि हो । यसलाई सरकारले पूर्वाधारका साथै सेवा विस्तारमा जोड दिनेछ ।’
कोरलानाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै लाईफ लाईन भएको दावी गरे । यो नाकालाई नेपालकै महत्वपूर्ण नाकाका रुपमा विकास हुने गृहमन्त्री लेखकको भनाई थियो । गृहमन्त्रीले लेखकले थपे,‘ नेपाल—चीनबीच ब्यापार,पर्यटन,धार्मिक पर्यटन लगायतको नाकाको रुपमा विकास हुने बताए । कोरलानाका हुँदै भारतसम्मको आउजाउ गर्न प्रमुख नाका हुने भएकाले यसलाई ऐतिहाँसिक र महत्वपूर्ण उपलब्धको रुपमा सरकारले लिएको गृहमन्त्री लेखकले उल्लेख गरे । गृहमन्त्री लेखकले कोरलानाका जोड्ने सडकलाई राम्रै बनाउँदै यसलाई सरकारले पूर्णता दिने र यस नाकालाई समृद्ध नाका बनाउन सबैकुरा सरकारले पहल थाल्ने जनाए ।
कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्न गृहमन्त्री लेखकसंग कोरला पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको यात्रातर्फ अघि बढाउन गण्डकी प्रदेश सरकारको मुख्य लक्ष्य रहेको बताए । यसका लागि संघीय तथा स्थानीय सरकारसंग सहकार्य गरी अघि बढ्ने मुख्यमन्त्री पाण्डेको धारणा थियो । यो नाका हुँदै मानसरोबर जाने पर्यटकलाई गण्डकी प्रदेशमा भित्र्याउने सरल रुपमा जाने धार्मिक पर्यटकीय गन्तब्य स्थल बनाउने प्रदेशको योजना रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
मुख्यमन्त्री पाण्डेले कोरलानाका खुलेको र कोरला—त्रिवेणी नाकाबीचमा समृद्ध सडक बनाउन आफ्नो पहल रहने जनाए । नैपाल—चीन को।लानाकाबाट ब्यापार गरेर गण्डकी प्रदेशलाई समृद्धिकाृ यात्रातर्फ लैजाने गण्डकी प्रदेशको योजना रहेको सुनाए । मुख्यमन्त्री पाण्डेले कोरलानाका संञ्चालनमा रहेको अव्यवस्थित फटपाथे पसललाई व्यवस्थित गर्ने अस्थायी सेल बनाउने सोच रहेको उल्लेख गरे । गण्डकी प्रदेशले मुस्ताङ र समग्र गण्डकी प्रदेशको विकासका लागि गर्नुपर्ने कार्य ईमान्दारितापूर्वक पुरा गर्ने बताए ।
अध्यागनम समुद्घाटनमा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,प्रदेश सभा सदस्य नम्डु गुरुङ, संविधान सभा सदस्य श्रीमाया थकाली,लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलानाकालाई समृद्धि नाका बनाउन सडक तथा पूर्वाधारमा जोडदिनु पर्ने बताए ।
अध्यागन कार्यालय उद्घाटनका अवसरमा जिल्ला समन्वय समितिसहित मुस्ताङका ५ वटै पालिकाका अध्यक्ष÷उपाध्यक्षहरुले गृहमन्त्री लेखक समक्ष २ बुँदे संयुक्त ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रमा राख्दा पर्यटन व्यवसायमा प्रतिकुल असर पुगेको भन्दा निषेधित तथा नियन्त्रित क्षेत्र हटाउन लिखित पत्रसहित माग गरेका हुन् । उनले निषेधित क्षेत्र कायम रहँदा सम्म नाका खुलेको सार्थक नहुने र यसैका कारण यसनाका हुँदै नेपाल—चीन आवतजावत प्रभावित स्पष्ट पारेका छन् । ज्ञापनपत्रमा मुस्ताङमा कालिगण्डकी नदी उकासले तटीय क्षेत्रका बस्तीहरु बर्सेनि उच्चजोखिममा परेको र ढुंगा गिट्टी बालुवा समुचित उत्खनन गर्न कानुनी जटिलता कायम रहेकाले यसको समाधानको मार्ग पहिल्याउन गृहमन्त्री लेखकसमक्ष सरकारको ध्यानार्कषण गराएका हुन् ।
अध्यागन कार्यालयका निर्देशक टिकाराम ढकालले चीन तथा अन्यमुलुकबाट आउने विदेशी पर्यटकलाई कोरलानाको अध्यागन कार्यालय ५ महिनाको भिसा उपलब्ध गराउने बताए । उनले विभिन्न कारणले नेपाल आएका विदेशी नागरिकहरु थप बस्न चाहेमा भिसा ट्रान्सफरको सुविधा कार्यालय गर्ने बताए । यसैगरी कोरला अध्यागमन कार्यालयले कोरलानाका हुने नेपाल—चीन आउजाउ गर्ने नागरिकको अभिलेख राख्ने विदेशी नागरिक नाका छली गरी आएमा कारवाही वा कारवाहीका लागि पेश गर्ने विभागका निर्देशक ढकालको भनाई छ ।
गृहमन्त्री लेखकले कोरलानाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको उद्घाटन गरेलगत्तै लोमान्थाङ—१ छोसेर स्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)को नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यसपछि गृहमन्त्रीसहितको टोली प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डको भ्रमण गरी काठमान्डौं फर्किएका हुन् ।
कोरलानाकामा अध्यागनम कार्यालयको अस्थायी भवन बनाउन गण्डकी प्रदेश सरकारले गतवर्ष ५० लाख बजेट विनियोजन गरेको थियो । त्यहाँ अध्यागमन कार्यालयलाई चाहिने बिद्युतीय उपकारको समेत व्यवस्थापन गरिएको छ । सशस्त्र प्रहरी बस्ने बीओपी भवन ६ करोड ३५ लाख लागतमा २ वर्ष अघि भवन निर्माण सम्पन्न भएको थियो ।
कोरलानाकामा अध्यागमन र बीओपी उद्घाटनका लागि गृहमन्त्री लेखकसंगै नेपाल प्रहरी,सशस्त्र प्रहरी ,अध्यागमन विभाग र राष्ट्रिय अनुसन्धानका महानिर्देशकसहितको टोली कोरलानाका पुगेको थियो ।
सरकारले कोरलानाकालाई उत्तर÷दक्षिण व्यापारिक हबको रुपमा लैजाने दीर्घकालिन लक्ष्य लिएर राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक विस्तार गरिरहेको छ ।