यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल—चिन उत्तरी कोरलानाका तीन दिन बन्द हुने भएको छ । निर्वाचनलाई स्वतन्त्र,स्वच्छ, निश्पक्ष,भयरहित एवं शान्पिूर्ण वातावरणमा सम्पन्न गर्न चिनसंग सिमाना जोडिएको कोरलानाका बन्द गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीद्वारा प्रेषित सूचना अनुसार यही फागुन २१ गते हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म लागु हुने गरी (नेपाल—चिन) उत्तरी कोरलानाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जनाईएको छ ।
निर्वाचन कार्यक्रममा लाई सुरक्षा दृष्टिकोणले प्रभावित पार्न सक्ने, सीमाक्षेत्रबाट घुुसपैठ तथा अवान्छित गतिबिधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले निर्वाचन केन्द्रित ७२ घण्टा कोरला स्थित सीमानाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी फागुन २१ गते हुने प्रतिनिघिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको एकिकृत सुरक्षा युनिटले सीमाक्षेत्रमा निरन्तर गस्ती गरिरहेका छन् । यसैगरी माथिल्लो मुस्ताङ क्षेत्रमा निर्वाचिन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीलाई त्यसतर्फ पठाईएको छ ।
यसैगरी फागुन २१ गते निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि शुक्रबार राति (आजै) रातिदेखि लागु हुने गरी फागुन २१ गते बिहिबार मतदान कार्य सम्पन्न नहुँदासम्म मुस्ताङ जिल्लाभर मादक पदार्थको बिक्री वितरण,ओसार÷पोसार तथा सेवनमा प्रतिबन्ध लगाईएको छ ।
जिल्ला प्रशासनले निर्वाचन सुरक्षाका लागि मादक पदार्थ बिक्री वितरण,ओसार÷पोसार र सेवनमा रोक लगाईएकाले जिल्लाका सबै व्यवसायी,बितरक एवं आम सर्वसाधारणले नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली