मुस्ताङमा दुईदिने युवा क्लव लक्षित सशक्तिकरण प्रशिक्षण

मुस्ताङका युवाक्लवहरुलाई युवा शक्तिकरण सम्वन्धि दुईदिने प्रशिक्षण सुरु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले मुस्ताङको जोमसोममा आईतबारदेखि दुई दिने युवा लक्षित कार्यक्रम आयोजना गरेको हो ।

मुस्ताङको जोमसोम स्थित घरपझोङ गाउँपालिका कार्यालयको सभाहलमा प्रशिक्षण सुरु गरिएको हो । ‘युवा क्लव प्रशिक्षण र परिचालन सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमको यहाँ स्थित घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले उद्घाटन गर्नुभयो । उपाध्यक्ष थकालीले युवाहरुनै राष्ट्र निर्माणका सम्वाहक भएकाले युवाहरुको सशक्तिकरण तथा क्षमता विकासका लागि युवा लक्षित कार्यक्रमहरु आवश्यक रहेको औल्याउनुभयो । युवाहरुको नेतृत्व विकास, क्षमता विकास,ज्ञानसीपको विकास र युवाहरुमा आर्थिक,राजनीतिक र सामाजिक विकास लगायतका माध्यमबाट बढ्दो युवा पलायनलाई रोक्न सकिने उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश युवा तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले मुस्ताङका युवाहरुको क्षमता विकासका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउँनुभयो । प्रमुख पौडेलले दुरदराजका युवाहरुमा रहेको अन्तरनिहीत क्षमताको सवलिकरण गर्दै व्यवसायिक तथा नेतृत्व विकासमा प्रशिक्षणले सहयोग पु¥याउने अपेक्षा गर्नुभयो । राष्ट्रका निर्माणका लागि युवाशक्ति बलियो आधार भएकाले युवाहरुलाई सक्षम बनाउन आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यसैगरी युवा लक्षित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सुनदेवी रसाईलीले युवाहरुलाई सहज रुपमा राज्य पक्षबाट प्राप्त गरिने सेवा र सुविधामा जोड्न आवश्यक रहेको औल्याउनुभयो । उहाँले युवाहरु आर्थिक रुपमा स्वरोजगार हुँदैन तब सम्म युवाहरुको सर्वाङ्गिण क्षमताको विकास गर्न नसकिने बताउँनुभयो । यहाँ आयोजित युवा लक्षित कार्यक्रममा मुस्ताङका १० वटा युवाक्लवका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको प्रशिक्षक आदित्य रसाईलीले जानकारी दिनुभयो ।

 दुईदिन सम्म चल्ने युवा प्रशिक्षणमा चार जना प्रशिक्षकहरुले सहजीकरण गरेका छन् । प्रशिक्षणमा युवाको अवधारणा,नीतिगत, कानुनी तथा संरचनागत अवस्था, युवा क्लव गठन,संञ्चालन र समाजमा युवाहरुको भूमिका, बैठक व्यवस्थापन,माईनट लेखन,कार्यक्रम लेखन र अभ्यास,युवाको स्वंयसेवक भावना,सशक्तिकरण र नेतृत्व विकास,सकारात्मक सोच ,मानसिक स्वास्थ्य,योग ध्यान र प्राणायम,स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र युवामैत्री स्थानीय शासन,डिजिटल साक्षरता,साईबर अपराध र सामाजिक सञ्चालनको सकारात्मक प्रयोग र विभिन्न तहका सरकारहरुले युवाको क्षेत्रमा गर्दै आईरहेका कार्यक्रम बारे छलफल तथा अन्तरक्रिया र आगामी कार्यक्रमहरु बारे दिशाबोध लगायतका विषयमा प्रशिक्षण गराईने भएको छ ।


प्रतिक्रिया