आगामी आव २०८३/०८४ का लागि मुस्ताङका पाँच पालिकाले एक अर्ब ९० करोड बढीको बजेट सार्वजनिक गरेका छन् । प्रस्तुत गरिएका बजेट मध्ये सबैभन्दा बढी थासाङ गाउँपालिकाले ४३ करोड ६० लाख २२ हजार र सबैभन्दा कम लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ३४ करोड १६ लाख ६४ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
हिमाली जिल्ला मुस्ताङका पाँचै पालिकाहरुले बुधबारसम्म गाउँसभा अधिवेशन मार्फत आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका हुन् । मुस्ताङ सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड १४ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको हो । उपाध्यक्ष जमुना थकालीद्वारा सार्वजनिक गरिएको बजेटमा चालुतर्फ २७ करोड २८ लाख १६ हजार (६९.६८) प्रतिशत र पुँजिगततर्फ ११ करोड ८६ लाख ७८ हजार (३०.३१) प्रतिशत बजेट विनियोजन भएको छ ।
घरपझोङ गाउँपालिकाले आर्थिक विकासतर्फ ३ करोड ६१ लाख,सामाजिक विकासतर्फ १४ करोड,पूर्वाधारतर्फ ७ करोड ५० लाख,वातावरण तथा विपदतर्फ १ करोड ८० लाख,संस्थागत तथा प्रशासनिक खर्चतर्फ १० करोड २० लाख बजेट विनियोजन गरेको हो । यस्तै, घरपझोङ गाउँपालिकाले अन्तर सरकारी तथा भारतीय दुतावासबाट बन्ने विद्यालय भवनको लागत साझेदारीका लागि १ करोड विनियोजन गरेको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६५ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष छ्युमी बिष्टले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ करोड ९७ लाख ३४ हजार (४९.३१) प्रतिशत र पुँजिगततर्फ १८ करोड ५७ लाख ७७ हजार (५०.६९) प्रतिशत बजेट विनियोजन गरिएको छ ।
लोमान्थाङ गाउँपालिकाले आर्थिक विकासतर्फ ७ करोड १७ लाख,सामाजिक विकासतर्फ ११ करोड ६६ लाख १२ हजार,पूर्वाधारतर्फ १० करोड ४३ लाख १५ हजार,सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रतर्फ १ करोड ५४ लाख ५४ हजार र वातावरण तथा विपद व्यवस्थापन र कार्यालय संञ्चालन लगायतमा ५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ३७ करोड ४३ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष दिकी गुरुङका अनुसार गाउँपालिकाको बजेटमा चालुतर्फ २२ करोड २३ लाख (५९.३९) प्रतिशत र पुँजिगततर्फ १५ करोड २० लाख (४०.६१) प्रतिशत बजेट सार्वजनिक गरिएको हो ।
यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आगामी आवका लागि ३४ करोड १६ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ करोड ७९ लाख ७३ हजार (४०) प्रतिशत र पुँजिगततर्फ २० करोड ३६ लाख ९१ हजार (६०) प्रतिशत बजेट विनियोजन भएको हो ।
मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाले सबैभन्दा बढी ४३ करोड ६० लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सोमल हिराचनले प्रस्तुत गरेको बजेटमा चालु र पुँजिगततर्फ समान (५०/५०) प्रतिशत बजेट विनियोजन भएको गाउँपालिकाले उल्लेख गरेको छ ।
मुस्ताङका पाँच स्थानीय तहले प्रस्तुत गरेका बजेटमा पर्यटन,कृषि,पूर्वाधार,शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा बजेट केन्द्रित रहेको पाईएको छ ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता