यहाँ स्थित मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा सात अर्व ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पको रुपमा ३० भदौबाट प्रयोगमा ल्याईएको थियो ।
भन्सार विभागलेले यहाँको कोरला स्थित मुस्ताङ भन्सारलाई बैकल्पिक नाकाको रुपमा प्रयोग गरेलगत्तै पूर्ण रुपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो ।नेपाल—चीन कोरलानाकाबाट मंसिर मसान्तसम्ममा सात अर्ब ३६ करोड बढीको मालवस्तु आयात हुँदा संयौं विद्युतीय सवारी साधनका साथै ईलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरु कोरलानाकाबाट भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।
यसैगरी कोरलानाकाबाट चीनतर्फ आठ करोड ३८ लाख ६३ हजार बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँचपास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाई छ ।
मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडको समान आयात र आठ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा तीन अर्ब ६२ करोड ६९ लाख बढी बढी राजश्व संकलन गरेको भन्सार प्रमुख खड्काले बताउँनुभयो ।
यहाँको भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मंंसिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई गन्तब्यतर्फ पठाईएको छ । यसैगरी उत्तरी कोरलानाका स्थित चिनियाँ भन्सारबाट पैठारी भएका ८९७ वटा मालवाहक ढुवानकी साधनहरु भन्सार जाँचपास भई गन्तब्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाई छ ।
यता, नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएर ५४ वटा मालबाहक ढुवानीका साधनहरु निकासी भएको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली