जोमसोममा दुई घण्टा सडक अवरोध


जोमसोम-  राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ—जोमसोम सडक खण्डमा पर्ने घरपझोङ—४ जोमसोम स्थित भासिएको सडक स्तरोन्नतिकार्यमा ढिलाई भएको भन्दै स्थानीयले गरेको सडक अवरोध २ घण्टापछि खुलेको छ 

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिडियो बिष्णुप्रसाद भुसालका पहलमा स्थानीयले भर्खरै जोमसोम—कोरला—मुक्तिनाथ सडक खुल्ला गरेका छन् । स्थानीयले सडकमा तेर्रस्याईको बार समेत हटाएपछि सडक खुलेको हो । मुस्ताङका सिडियो भुसालले तत्काल निर्माण कम्पनीलाई भाँसिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने लिखित सहमतिपछि आज बिहान १० बजे देखि सडक आगमन खुल्ला गरिएको हो । योसंगै मुक्तिनाथ—कोरला आउजाउ गर्ने सडक गन्तव्यमा प्रस्थान गरेका छन् ।

यसअघि जोमसोममा निर्माणधिन मुख्य सडक भाँसिएको स्थानमा सडकको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै  मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए । उनीहरुले गत वर्ष भाँसिएको करिव एक सय मिटर सडक स्तरोन्नति नहुँदा कालिगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको उल्लेख गर्दै मुक्तिनाथ—कोरला सडकमा बाध तेर्रस्याएर  अवरोध गरेका थिए । 

जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भाँसिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक—पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा डेलिगेसन मार्फत लिखित ध्यानआर्कषण गराउँदा समेत भाँसिएको सडक स्तरोन्नति गर्न पहल नभएको भन्दै बाध्य भएर सडक अवरोध गर्नु परेको स्थानीय प्रमिलाकुमारी थकालीले जानकारी दिनुभयो । उहाँले सडक अवरोध गरेर माग सम्वोधन गर्न अन्तिम विकल्प सडकलाई रोज्नु परेको जनाउँनुभयो । सडक अवरोधका कारण पर्न गएको असर प्रति क्षमा माग्दै तत्काल निर्माण कम्पनीलाई भासिएको सडक स्तरोन्नति गर्न पहल गर्नुपर्ने उहाँले उल्लेख गर्नु भयो

 मुस्ताङको घरपझोङ—४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिकार्यमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताउँनुभयो । निर्माण कम्पनीले पटक पटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भिर रुपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको बताउँनुभयो र

 स्थानीयको सडक अवरोधसंग अहिले जोमसोम—मुक्तिनाथ —कोरला आवतजावत गर्ने सयौं सवारी साधन अलपत्र परेका छन् ।

 २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ—जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गर्न सम्पन्न हुन सकेको छैन । मार्फा—जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक अविलम्व सुरु गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयको अडान छ ।

जोमसोममा स्थानीयले सडकमा बार तेस्र्याएर सडक अवरोध गरेका छन् ।


प्रतिक्रिया