कोरलानाकामा पुगे दर्जनौं मालवाहक कन्टेनर

नेपाल—चिन उत्तरी कोरलानाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौं मालबाहक कन्टेनर पुगेका छन् । भन्सार विभागले कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसंगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न ब्यापारीहरुका दर्जनौं कन्टेनर त्यहा पुगेका हुन् ।

 यहाँको कोरलानाकाबाट भन्सार विभागले सम्पूर्ण व्यवस्था मिलाएको हो । गत असारको बाढीले रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाका रुढमा बाढी पहिरोले चिनियाँ मालवस्तु ढुवानीमा अवरोध सृजना भएपछि भन्सार बिभागले यहाँको कोरलानाकालाई बैकल्पिक मार्ग रुपमा संञ्चालनमा ल्याएको हो । यहाँको नाकालाई तत्कालका लागि बैकल्पिक मार्ग रुपमा प्रयोग गरिएको भएपनि अब यहाँको नाकाबाट चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नपर्ने मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

यहाँको नाकामा मालवस्तु आयातका लागि बिभागसंग कार्यालयको अनलाईन प्रणाली ईन्ट्री भईसकेको र चाँडै लोमान्थाङमा भन्सार राजश्व संकलनका लागि प्रभु बैंकबाट वित्तिय भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताउँनुभयो । उहाँले यहाँको कोरलानाका स्थित चाईनिज भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको मालवस्तु जाँचपास गरी पठाईने भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । सोमबार चाईनिज भन्सारमा जाँचपास भएका २ कन्टेरनको मालवस्तु चेंकजाँच भईसकेको बताउँनुभयो । उहाँले ब्यापारीहरुले ल्याउने मालवस्तु ल्हासा र अन्य स्थानमा रहेको र उक्त मालवस्तु चिनियाँ भन्सारमा आउने क्रममा रहेको बताउँनुभयो ।

 यहाँका नाकाबाट पाँच सय भन्दा बढी डीवाईटी ईभी गाडीसहित लत्ताकपडा,कस्मेटिक सामाग्री र ईलेक्ट्रोनिक सामान ढुवानी गर्न बेनी—जोमसोम—कोरला सडक हुँदै दर्जनौ मालवाहक कन्टेनर कोरला पुगेका छन् । त्यहाँ पुगेका कन्टेनरहरुलाई चिनियाँ भूमीमा प्रवेश गराएर मालसामान लोडअनलोड गराइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । उहाँले चिनिया सामान ढुवानी गर्न करिव एक सय भन्दा बढी कन्टेनर पर्खाईमा बसेको बताउँनुभयो । 



प्रतिक्रिया