आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व। भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् । 
उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व। आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । प्रधानमन्त्री प्रचण्डले उनका सिर्जनाहरू कालजयी रहने बताए ।


प्रतिक्रिया