जोमसोम ।
भारी हिमपातका कारण मुस्ताङ—डोल्पा सडक विगत दशदिन अवरुद्ध बनेको छ । उपल्लो डोल्पा र मुस्ताङको महत्वपूर्ण सडक कनेक्टिभि रहेको मुस्ताङ—डोल्पा सडकमा भारी हिमपात भएपछि सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय मुस्ताङले यहाँको मुस्ताङ—डोल्पा सडक निर्माण गरिरहेको छ । मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म कच्ची सडक विस्तार भईसकेको छ । उपल्लो डोल्पाका नागरिकहरुलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्ने तथा पोखरा—काठमान्डौं आउजाउ गर्न डोल्पा सदरमुकाम दुनै भन्दा धेरै छोटो मार्गको रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ—डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्याक खोलेको हो । यसैगरी मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पु¥याउन तथा मुस्ताङीहरुलाई भेडाच्यांग्रा र याकचौरी ल्याउन समेत मुस्ताङ—डोल्पा सडक विस्तार गरिएको थियो ।
समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाईबाट विस्तार गरिएको मुस्ताङ—डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । मुस्ताङकै सबैभन्दा कान्छो गाउँको रुपमा परिचित मुस्ताङ र डोल्पाको सिमाना नजिकै रहेको साङ्ता गाउँ सम्म र त्यहाँबाट डोल्पा जाने छार्का ताङसोङ सम्मको सडकमा पुरै हिउँ जमेका कारण लगातार १० दिनदेखि सडक अवरुद्ध भएको वडाध्यक्ष गुरुङको भनाई छ । सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्व सम्म मालवाहक तथा सवारी साधन लैजान नसकिने अवस्था रहेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङ —डोल्पा सडकको ट्याक जोडिएको भएपनि सडक असहजता र जटिल भएका कारण मुस्ताङबाट छुकसम्म सम्म गाडी लैजान मिल्ने भएपनि हाल त्यो पनि पूर्णरुपमा रोकिएको वडाध्यक्ष गुरुङले जनाउँनुभयो ।
हिमपातका कारण सडक संञ्चालन गर्ने पहल भईरहेको वडाध्यक्ष गुरुङले बताउँनुभयो । मुस्ताङ—डोल्पा सडकको हिउँ पन्छ्याएर सडक संञ्चालन गर्न सडक डिभिजन कार्यालय बाग्लुङलाई दुई वटा डोजर माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसैगरी एक साता अघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक साता अघिदेखि विद्युत र ईन्टरेन्ट सेवाका साथै मोवाईल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिनुभयो । साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।
यसैगरी नेपाल दुरसंञ्चार प्राधिकरण अन्तरगत नेपाल टेलिकम जोमसोमले सोलारबाट सञ्चालन गर्ने गरी (बिटिएस) जडान गरी संञ्चारको पहुँच स्थापित गरेको थियो । यी दुबै सेवा हिमपातका कारण अवरुद्ध भएकाले साङ्ता गाउँका स्थानीय बिद्युत र संञ्चार सम्पर्कबाट बिमुख हुनु परेको वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताउँनुभयो ।
तर, त्यहाँका वडाध्यक्ष सुरेन्द्र गुरुङले बिद्युत र संञ्चारका लागि स्थापित गरिएको सोलार प्यानलमा बाक्लो हिउँ जमेकाले बिद्युत र सञ्चार सेवा रोकिन पुगेको बताउँनुभयो । राज्यले यतिठुलो लगानी गरेर बिद्युत र संञ्चारको पहुँच स्थापित गरिएपछि त्यसको संञ्चालन तथा व्यवस्थापनमा स्थानीयले ध्यानदिनुपर्ने बताउँनुभयो । त्यहाँ बिद्युत र संञ्चार उपकरण संञ्चालन गर्ने सोलार प्यानलको हिउँ पन्छ्याएमा सेवा सुचारु हुने दावी गर्नुभयो । हिमपातले बिद्युत र संञ्चार उपकरणमा कुनै क्षति नभएको वडाध्यक्ष गुरुङको भनाई छ ।
भौगोलिक रुपले अत्यन्तै विकट स्थानमा रहेको साङ्ता गाउँमा १३ घरधुरीको बसोबास छ । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको ८ महिना गाउँमै बस्छन् भने हिउँदको ४ महिना फल्याक र जोमसोम लगायतका स्थानमा आएर जाडो छल्ने गर्छन । साङ्ता गाउँमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा ३४ जना मतदाता रहेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली