मुस्ताङमा आजदेखि मुस्ताङ—मुक्तिनाथ प्रा.लि.ले ल्यायो लक्जरी एसी सुविधाको रात्रिकालिन बस

 मुस्ताङमा ‘लक्जरी एसी’ सुविधासहितको रात्रिकालिन बस सञ्चालनमा ल्याईएको छ । मुस्ताङ—मुक्तिनाथ  सेवा प्रा.लि.ले बिहिबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकहरुका लागि आरामदायी यात्रा उपलब्ध गराउने सुविधा जोड्दै मुस्ताङको मुक्तिनाथदेखि काठमान्डौंका लागि रात्रिकालिन ‘लक्जरी एसी’ सहितको बस सेवा सञ्चालनमा ल्याएको हो ।

 २०६४ सालमा हेलिकोप्टरबाट जीप ढुवानी गरे मुस्ताङमा यात्रु लक्षित सेवा प्रवाह गर्दैआईरहेको मुस्ताङ जीप व्यवसाय समिति कम्पनीमा दर्ता भएर मुस्ताङ मुक्तिनाथ प्रा.लि.का रुपमा सेवा सञ्चालन गर्दैआईरहेको छ  । समयको माग परिवर्ती समयानुकल हुने गरी यसअघि प्रा.लि.ले डिलक्स बस, जीप र ईलेक्ट्रोकिन भ्यान (ई.भी.) सञ्चालनमा ल्याईसकेको छ ।

जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिने गरी सञ्चालनमा ल्याएको ‘लक्जरी एसी’ रात्रीकालिन  बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमकाबिचमा बसको ढोकामा रिबन काटेर उद्घाटन गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले  यातायात व्यवसायीमा स्वच्छ प्रतिस्पर्धा र यात्रुमैत्रीी सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटन वृद्धि हुने बताउँनुभयो । यातायात व्यवसायीहरुले समय सापेक्ष आफुलाई रुपान्तरित गर्दै आधुनिक प्रविधि जडान गरिएको आरामदायी र भरपर्दो सेवासुविधा पू¥याउन गरिएको प्रयास स्वरुपमा ‘लक्जरी एसी ’बस सञ्चालनले सम्पूर्ण यात्रुबर्गमा टेवा पुग्ने बताउँनुभयो ।


सडकको अवस्था, सवारीको कण्डिसन र  चालकको अवस्था राम्रो भएमात्रै गन्तब्य सुनिश्चित हुने भएकाले यी तीन कुरामा ध्यान पु¥याउन आवश्यक रहेको औल्याए । जोमसोम—मुक्तिनाथ सडकको केही स्थानमा खाल्डाखुल्डी भएकाले त्यसको सडक स्तरोन्नतितर्फ पहल भईरहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका दुई उपाध्यक्ष डिकी गुरुङ र जमुना थकालीले लक्जरी एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रु मैत्री सेवामा समेत ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो । उपाध्यक्ष द्धय गुरुङ र थकालीले लक्जरी एसी बस सेवा सञ्चालनमा ल्याईनु सकारात्मक पक्ष भएको र बस पार्कमा हुने फोहोर,व्यवस्थापन , मुस्कानसहितको सेवा  र यात्रुहरुलाई अनुकुल समयमा गन्तब्य पुग्न निरन्तर बस सेवा उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो ।

 मुस्ताङ—मुक्तिनाथ यातायात प्रा.लि.ले चैत्र १ देखि लोमान्थाङ—कोरलासम्मको यातायात सेवा सञ्चालन गर्ने गरी तैयारी अघि बढेको प्रा.लि.का अध्यक्ष बिनोद बिसीले जानकारी दिनुभयो । प्रा.लि.का उपाध्यक्ष गणेश शेरचनले प्रा.लि.ले आयमूलक र सेवामूलक ढंगले काम गर्दैआईरहेको बताउनुभयो । पत्रकार महासंघ मुस्ताङकी अध्यक्ष सुुनदेवी रसाईलीले व्यवसायी लाभान्वित भएमात्रै सेवाको गुणस्तर विस्तार हुने भएकाले त्यसतर्फ ध्यान पु¥याउन आवश्यक रहेको सुझाईन ।

 मुस्ताङ —मुक्तिनाथ प्रा.लि. अन्तर्गत सेवा विस्तार भएको रात्रीकालिन लक्जरी बसमा यात्रु लक्षित विभिन्न सेवा उपलब्ध छ ।  यसप्रकारको सेवासंगै पर्यटकले मुस्ताङबाट सिधै काठमान्डौं सम्म एसी बससहितको सुरक्षित यात्रा गर्न पाउने व्यवस्था मिलाईएको छ । यस लक्जरी सेवा विस्तार गरी प्रा.लि.ले  बस सेवामा यात्रा गर्ने यात्रुलाई अतिरिक्त २० प्रतिशत भाडा वृद्धि गरेको छ । यो लक्जरी एसी बसका लागि मात्रै कायम हो । यस सेवामा यात्रा गर्दा २ हजार ४०० सय रुपैया भाडा लाग्नेछ ।


प्रतिक्रिया