यो याम मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकुल याम हो ।हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकुल याम मानिन्छ ।तर, हिउँदयाम सकिएर गर्मीयाम सुरु भईसकेपनि अझै यहाँ हिउँ पर्ने क्रम रोकिएको छैन ।
बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आशिंक हिउँ परेको छ ।गर्मीयाम सुरु भएपनि हिउँ परेका कारण चिसो बढ्न थालेको छ । मुक्तिनाथ स्थित हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुघबार मुक्तिनाथ क्षेत्रका करिव एक घण्टा बढी हिउँ परेको बताउँनुभयो । हिउँ परेसंगै आसपासका नांगा डाँडाकाँढा फेरी हिउँले सेताम्मे भएको उहाँको भनाई छ ।
गर्मीयाम सुरु भईसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले सर्वसाधारण दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असजह पु¥याएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गर्नुभयो ।
मुक्तिनाथ क्षेत्रमा योसंगै आठौ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावको रुपमा विश्लेषण गरेका छन् । बशन्तऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गत खिङ्गा,झारकोट,लुप्रा र पुराङ रानीपौवा लगायतका गाउँहरुले हिउँदयामको बिदाई र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाईसकेका छन् । मौसम सफा होस,प्राकृतिक विपद् नहोस् र अन्नबाली राम्रो होस भन्दै कामना गरेका स्थानीयले बेमोसमे हिमपातले अन्नबालीहरुलाई नष्ट गरिदिने चिन्तामा छन् ।
मुस्ताङका स्याउ बगैचाहरुमा स्याउ बोटहरुमा फूल फूलेर सेताम्मे भईसकेका छन् । फलको आकार ग्रहण गर्ने बेलामा बेमौसमी हिमपातले स्याउका फूलहरु नष्ट गरिदेलाकी भन्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । स्याउको फूल फूल्ने बेला हिमपात र वर्षाले स्याउ खेतीले असर पु¥याउने गर्छ । प्रतिकूल मौसम र मौैसम ढुम्म हुँदा स्याउ बोटमा पोलिनेसन (परागसेचन) हुन नपाउँने र यसले उत्पादन र गुणस्तरमा असर पु¥याउने गर्छ ।
यसवर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परेको भएपनि बर्खायामको बैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पा टसी गुरुङले उल्लेख गर्नुभयो । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाईदाजनक भएपनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पु¥याउने उहाँको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली