आधारभुत स्वास्थ्य सेवातर्फ मुस्ताङको घरपझोङ गाउँपालिका सर्वोत्कृष्ट

जोमसोम ।।

मुस्ताङका पाँच स्थानीय तह मध्ये मुस्ताङको घरपझोङ गाउँपालिका आधारभुत स्वास्थ्य सेवातर्फ उत्कृष्ट गाउँपालिका बनेको छ । मंगलबार प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङमा आयोजित जिल्ला स्तरीय ‘पूर्ण खोप सुनिश्चिता दिगोपना’ घोषणा सभामा मुस्ताङको घरपझोङ गाउँपालिका सर्वोउत्कृष्ट घोषित गरिएको हो ।

यसअघि मुस्ताङमा रहेका पालिकाहरु मध्ये आर्थिक वर्ष २०८०÷०८१ मा कार्यसम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय मूल्यांकन समितिले घरपझोङलाई उत्कृष्ट पालिका छनौट सिफारिस गरेको थियो । घरपझोङका स्वास्थ्य शाखाले नेपाल सरकारले जनताको आधारभुत सेवा उपलब्ध गराउन तोकिएका सेवाहरुमा उत्कृष्ट कार्य गरी जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरी पु¥याएको योगदानको कदर गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय एवं जिल्ला खोप समन्वय समितिले प्रमाणपत्रद्वारा सम्मान गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिनुभयो ।

सम्मानपत्र प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक  खिमबहादुर खड्का,जिल्ला खोप समन्वय समिति संयोजक माया गुरुङ लगायतले घरपझोङ गाउँपालिका अध्यक्ष लालचन र पालिका स्वास्थ्य शाखा अधिकृत कर्णबहादुर थकालीलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो ।


प्रतिक्रिया