था.थ.से.स पोखराका सदस्य थकालीको निधन

पोखरा ¬— थासाङ थकाली सेवा समाज (पोखरा क्षेत्र)का सदस्य विद्यालाल थकालीको निधन भएको छ । पोखरा महानगरपालिका—१७ बिरौटा निवासी थकालीको ७२ वर्षको उमेरमा आईतबार राति १० बजे निधन भएको हो ।

 थकालीको बौद्ध धर्म परम्परा अनुसार सोमबार पोखरा रामघाटमा अन्त्येष्टि गरिएको छ । वि.स. २००९ साल जेठ १७ गते जन्म भएका थकाली साहारा क्लव पोखराका संस्थापक अध्यक्ष बशन्त थकालीको बैनी ज्वाई हुन् । पोखरा महानगरपालिका—७ स्थित तीन गाउँले थकाली सेवा समाजघरबाट उनको पार्थिव शरिर रामघाट पु¥याईएको थियो ।  थकालीको पार्थिक शरिरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारण गरिएको थियो । यस्तै। थासाङ थकाली सेवा समाज तथा अन्य आफन्त ईष्टमित्रहरुले स्वर्गीय थकालीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।


 थकालीको  काजक्रिया सबै तीन गाउँले थकाली से्वा समाजघरमा हुने थासाङ थकाली सेवा समाज पोखरा क्षेत्रका अध्यक्ष राजु थकालीले जानकारी दिए । उनका अनुसार  माघ २ गते स्याक्सुम र माघ ६ गते  च्याङपर्जी (क्रिया सुद्धि) गरिने कार्यतालिका रहेको पोखरा क्षेत्रका अध्यक्ष थकालीले जानकारी दिए ।


प्रतिक्रिया