पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्धन्दले स्थानीय किसानको सदिंयौ वर्ष पुरानो पशुपालन व्यवसाय संकटमा पर्न थालेको छ । हिमचितुवाको आतंकले स्थानीय पशुधन माथि आक्रमण गरी पटक÷पटक क्षति तुल्याउने घटना दोहोरिदा उपल्लो मुस्ताङको पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो ।
मुस्ताङमा हिमचितुवाको एकिन तथ्यांक छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरनक्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिंदा उपल्लो मुस्ताङका पशुपालक किसानको पशुपालन व्यवसायनै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्चलेंकमा चरन क्षेत्र साँघुरिदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छोडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर वस्ती तल झर्ने गरेको पाईएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै वस्तीसम्म आईपुग्दा घरपालुवा पशुचौपाया क्षति हुँने जोखिम बढेको हो । तर संरक्षिणविद्हरुले हिमचितुवा सडक र वस्तीमा झर्नुमा फरक फरक अभिमत राख्ने गरेका छन् ।
पछिल्लो २ वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र वस्ती नजिक देखिन थालेका छन् । गतवर्ष मुस्ताङमा दुई वटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखा परेको थियो । हिमचितुवा दिनदहाडै सडक र वस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालन गरेका घरपालुवा घोडा,खच्चड,याकचौरी, भेडा÷च्यांग्रा लगायतमा क्षति हुँने जोखिम बढेको हो ।
दुई वर्ष अघि लोघेकर दामोदरकुण्ड—२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङको ७९ वटा च्यांग्रा हिमचितुवाले आक्रमण गरी मा¥यो । तारबार समेत लगाईएको च्यांग्रा गोठमा जाली नाघेर ४ वटा हिमचितुवा खोरमा पसेर गुरुङको ठुलो संख्यामा च्यांग्राहरुमा क्षति पु¥यायो । यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ समरका स्थानीय पशुपालक नविनकुमार गुरुङको गोठमा रहेको ३३ वटा च्यांग्रा मध्ये ४ वटा हिमचितुवाले आक्रमण गरी मा¥यो । नविन र मिङ्मार केवल प्रतिनिधि पात्र मात्रै हुन् । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौं पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति तुल्याउन गरेको छ । यसैका कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले चालु आर्थिक वर्षको १० महिना अवधिमा हिमचितुवाले १३ वटा पुशधनमा क्षति तुल्याएको बताएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आ.व. २०८१÷०८२ को साउनदेखि माघ मसान्तसम्ममा ३ वटा घोडा, ६ वटा च्यांग्रा र ४ वटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति बनाएको जानकारी दिनुभयो । यसैगरी गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका विभिन्न पशुपालक किसानको कुल एक सय ८० वटा पशुधनमा हिमचितुवाले क्षति बनाएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्ड अनुसार गतवर्ष घोडा १४, च्यांग्रा एक सय ५४ र भेडा १२ वटालाई हिमचितुवाले मारेको थियो । मुस्ताङमा आ.व.२०७९÷०८० मा मुस्ताङका ५ वटै पालिका गरी १३ घरधुरीका ६५ वटा पशुधनमा क्षति भएको थियो ।
मुस्ताङको पुख्यौली व्यवसायका रुपमा याकचौरी,घोडा र भेडाच्यांग्रा पालन गर्ने गरिएको छ । यो यहाँको आर्थिक व्यवसायका रुपमा मात्रै सीमित छैन, हिमाली संस्कृतिसंग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौरी र भेडाच्यांग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया पु¥याएर नियमानुसार क्षति राहत वितरण गर्ने गरेको छ । तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भएपनि उपल्लो मुस्ताङका पशुपालकले क्षति राहतका लागि एक्यापको सम्पर्क आउनेको संख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाई छ । उहाँले वन्यजन्तु पीडितहरु घटना घटेपनि राहतको लागि सम्पर्क आउन नसक्दा वन्यजन्तुको क्षति एकिन तथ्यांक संकलन गर्न समस्या पर्ने गरेको बताउँनु भयो । ‘हामीले वन्यजन्तु क्षति भएमा समुदायमा रिपोर्ट गर्न भनेका छौ,सरक्षण क्षेत्र व्यवस्थापन समिति र प्रहरी युनिट पनि छन्,’एक्याप लोमान्थाङ प्रमुख पौडेलले भन्नुभयो,‘ वन्यजन्तु क्षतिका विवरण संकलन देखि सबै कागजी प्रक्रियाका एक्याप कार्यालयले कर्मचारी खटाएर सहजीकरण गर्छ ।’ कार्यालय प्रमुख पौडेलले अब चाँडै वन्यजन्तु क्षति रकम आउने र त्यसलाई समुदायमा पुगेर पीडितलाई वितरण गरिने जानकारी दिनुभयो ।
एक्याप लोमान्थाङ अन्तर्गत उपल्लो मुस्ताङका वन्यजन्तु पीडितले २ वर्षयता राहत पाउन नसकेपनि एक्याप जोमसोम कार्यालयले भने वन्यजन्तु पीडितलाई निरन्तर क्षति राहत वितरण गर्दैआईरहेको छ ।
पशुधनको क्षति भएमा एक्याप कार्यालयको रोहबर, प्रहरी ,संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिती क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ । एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३३‘क’ ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिका २०८० कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तु पीडितलाई राहत वितरण गर्ने प्रक्रियालाई सहज, सहज र व्यवस्थित गर्ने उद्देश्यले कार्यान्वयनमा आएको नयाँ निर्देशिकाले पशुपालक किसानलाई राहत उपलब्ध गराउन टेवा पुग्ने एक्यापको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली