नाकामा स्थानीयलाई रोजगारी

जोमसोम

नेपाल—चीन उत्तरी कोरलानाकामा ब्यापारिक चलायमान हुँदा त्यहाँका स्थानीयलाई रोजगारी मिलेको छ ।। नाकाबाट आयात निर्यातको ढोका खुल्ला भएसंगै सीमावर्ती क्षेत्रका स्थानीयलाई वैकल्पिक आयआर्जनको ढोका उघ्रिएको हो ।

नेपाल सरकार भन्सार विभागले यसै हप्ता नेपाल—चीन उत्तरी कोरलानाकालाई रसुवागढी र तातोपानी नाका जस्तै मान्यता दिएपछि यहाँको कोरलानाकामा  ब्यापारिक मार्गको रुपमा आयात—निर्यातको बाटो खुल्ला भएको हो । नेपाल—चीन आयात निर्यात हुने मालवस्तुको भन्सार जाँचपासका लागि प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरिसकेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र—२०८१ सशोधन गर्दै उक्त व्यवस्था गरेको छ । यसअघि यो व्यवस्था रसुवागढी र तातोपानी नाकामा मात्रै कार्यान्वयनमा थियो ।

 कोरलानाकामा ब्यापारिक चहलपहल ह्वात्तै बढेको छ । सीमानाकामा चिनियाँ मालवस्तु ढुवानीका लागि सयौं मालबाहक कन्टेनर  पुगेका छन् । कतिपय कन्टेनरले त्यहाँबाट मालवस्तु ढुवानी गरी गन्तब्यमा पु¥याएर पूनः मालवस्तु ढुवानी गर्न बेनी—जोमसोम—कोरला सडकमा आवतजावत गरेको पाईएको छ ।

   चिनिया ठुल्ठुला मालबाहक कन्टेनरहरुले नेपालतर्फ आयोत गरिन लागिएको दसै पर्व लक्षित लत्ताकपडा, कस्मेटिक र ईलेक्ट्रोनिक समान चिनिया भन्सारमा ल्याउने क्रम भईरहेको छ ।

यता ,आयात गरिने चिनिया समान ढुवानी गर्न नेपाली कन्टेन्टरहरु चिन प्रवेश गर्न पाउँदैनन् । चिन भन्सारमा ल्याईएका विद्युतीय सवारी साधन ल्याउन पनि सिमापार चाहिने भएकाले नेपाली चालकहरु चिन प्रवेश गर्न नपाउँने भएकाले स्थानीय चालकलाई पारिश्रमिक दिएर कन्टेनर ल्याउने लैजाने गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । चिन भन्सारमा ल्याएका मालवस्तु लोड गर्नका लागि सीमावर्ती क्षेत्रका युवा चालकहरुलाई पारिश्रमिक दिएर परिचालन गरिएको छ । त्यहाँका स्थानीय चालकको सीमापार पास हुँने भएकाले उनीहरुलाई चिन प्रवेश गर्न दिईने र उनीहरुबाट चिनियाँ मालवस्तुहरुको लोड अनलोड गर्ने काम भईरहेको अध्यक्ष बिष्टको भनाई छ । यसैगरी सीमापारी भन्सारमा ल्याईएका विभिन्न कम्पनीका विद्युतीय सवारी पनि त्यहाँ स्थित चालक अनुमति पत्र भएका स्थानीय युवा चालकहरु मार्फत नेपाल प्रवेश गराउने गरिएको अध्यक्ष बिष्टको खुलाउन भयो ।

नाकामा चिन भन्सारबाट नेपाल स्थित न्हेचुङ भन्सारसम्म विद्युती सवारी ल्याउन र मालवाहक कन्टेनर लोड गरी नेपाली भूमीमा ल्याउन त्यहाँका चालक अनुमति पत्र भएका स्थानीय युवालाई खटाईएपछि त्यहाँका युवाहरुले बैकल्पिक आर्यआर्जन गर्न थालेका हुन् । 

गाउँपालिका अध्यक्ष बिष्टले कोरलानाकामा सीमावर्ती क्षेत्रका युवाहरुले दैनिक ५ हजारदेखि ८ हजारसम्म कमाई गर्ने गरेको बताउँनुभयो । त्यहाँ चिनियाँ मालवस्तुहरु लोड अनलोड गर्न स्थानीय नागरिकहरुले समेत रोजगारी प्राप्त गरेको अध्यक्ष बिष्टको भनाई छ ।


प्रतिक्रिया