जोमसोम— मुस्ताङका आधा दर्जन उच्चलेंकमा वन गस्तीकार्यलाई नियमित गर्न थालिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ईलाका सरक्षण कार्यालय जोमसोमले मुस्ताङमा वन सम्पदा , वन्य जन्तु लगायतको चोरी सिकारी हुन नदिन र वन क्षेत्रमा अवान्छित गतिविधि रोक्न वन गस्तीकार्यलाई तिब्रता दिएको हो ।
हिउँदयामको पुस र माघ महिनामा मुस्ताङ सुनसान हुने र यस्तो बेलामा वन तथा वन्यजन्तुको चोरी सिकारी हुनसक्ने भएकाले अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिनहुजसो वन गस्ती गर्ने गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । हिउँदयामको समय तस्करहरु बढी सक्रिय हुने सम्भावना हुन्छ ।
मुस्ताङको मुक्तिनाथ,जोमसोम, मार्फा, टुकुचे, कोवाङ, लेते र कुञ्जो गरी ३ गाउँपालिकाका आधा दर्जन लेंकमा वन गस्ती गर्ने कार्य सम्पन्न भएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । एक्याप कार्यालय प्रमुख रेग्मीको अगुवाईमा सम्वन्धित स्थानका सरक्षण क्षेत्र व्यवस्थापन समिति तथा उपसमिति र प्रहरी ईकाईका सुरक्षाकर्मीहरुको संयुक्त उपस्थितीमा वन गस्ती गरिएको उनले बताए ।

एक्याप लगायतको सयुक्त टोलीले गरेको वन अनुगमन (गस्ती) गर्दा सबै लेंकको अवस्था सामान्य रहेको जनाईएको छ । हिउँदयाममा लुकिछिपी वन तथा वन्यजन्तुको चोरी सिकारी तथा अवैंध क्रियाकलाप हुन सक्ने भएकाले वन गस्ती गर्नु परेको एक्याप कार्यालय प्रमुख रेग्मीले सुनाए । वन क्षेत्रमा कुनै त्यस्तो कुनै अवान्छित गतिविधि भएमा त्यस्तो कानुन विपरित गर्नेको अनुसन्धान गरी कारवाहीको दायरा ल्याउने उनले बताए ।
यसअघि २०७८ सालको पुस महिनामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित लुप्रा लेंकको जंगलमा तस्करहरुले वन्यजन्तुमा क्षति पु¥याएका थिए । त्यसबेला तस्करले थापेको पाँसोबाट एक जिउँदो कस्तुरीसहित ५ वटा कस्तुरी मृत अवस्थामा फेला परेको थियो । त्यसबेला वन्यजन्तुको चोरी सिकारी गर्ने उद्देश्यले बिच्याईएका ७२ थान पासो फेला परेको थियो ।
कस्तुरीको नाबी बहुमुल्य हुने भएकाले मुस्ताङका लेंकमा कस्तुरी लगायतको दोहन गर्ने जोखिम बढी रहेको छ । त्यसबेला तत्कालिन सिडियोसमेतले वन गस्ती गर्नुपर्ने अवस्था आएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली