जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्थित पुथाङ एयरपोर्टमा २१ औं २१ औं लाईब्रेरी दिवस मनाईएको छ ।यहाँको पुथाङ जोमसोम सामुदायिक सिकाई केन्द्र एयरपोर्टको आयोजना तथा घरपझोङ गाउँपालिकाको समन्वयमा लाईब्रेरी दिवस मनाईएको हो ।
दिवसको घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थापा थकालीले उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिका कार्यालय अन्तर्गत शिक्षा तथा खेलकुद शाखाका प्रमुख हिमलाल शर्मा र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य सुन्दरकुमार थकाली लगायतले शुभकामना दिएका थिए ।

यहाँको पुथाङ एयरपोर्टमा २०६३ साल कार्तिक ३ गते लाईब्रेरी स्थापना गरिएको थियो । सामुदायिक सिकाई केन्द्रकी सचिव दुर्गादेवी रसाईलीका अनुसार यहाँ डा. एन्टोनिया न्यूबेनरको १६ लाख रुपैया आर्थिक सहयोग र त्यसमा अपुग ३ लाख रुपैया आमा समुहको साझेदारीमा पुस्तकालय लाईब्रेरी भवन निर्माण गरिएको थियो । पुस्तकालयका लागि रिड नेपालबाट पुस्तक खरिदका लागि आर्थिक सहयोग प्रदान भएको थियो । त्यससमय सामुदायिक सेवा अध्ययन केन्द्रको रुपमा रहेकोमा हाल पुथाङ सामुदायिक सिकाई केन्द्रका नामबाट संञ्चालन हुँदै आईरहेको संस्थाकी सचिव रसाईलीले कार्यक्रमम जानकारी दिनुभयो ।

यहाँ मनाईएको २१ औं लाईब्रेरी दिवसका अवसरमा केन्द्रले विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता र विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम आयोजना गरिएको छ । प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई गाउँपालिका उपाध्यक्ष जमुना थापा थकाली, शिक्षा तथा खेलकुद शाखा प्रमुख हिमलाल शर्मा र संस्थाकी अध्यक्ष लक्ष्मी बाँनिया लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि केन्द्रको साधारण सभाले आगामी दुई वर्षका लागि नेतृत्व चयन गरेको छ । साधारण सभाले लक्ष्मी बाँनियाको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा सोनी लालचन, सचिव दुर्गादेवी रसाईली र कोषाध्यक्षमा दिप्ता शेरचन छन् ।
सदस्यहरुमा सिस्ने थकाली,मोहनकुमारी शेरचन,लालकुमारी गौचन, सरमेन्दो थकाली, पूर्ण गौचन र हहेन्जम गुरुङ छन् । यसैगरी सामुदायिक सिकाई केन्द्रको सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७८ गठन कार्यविधि अनुसार विभिन्न क्षेत्रको सहभागि रहने गरी समावेश सदस्य चयन गरिएको हो ।

जसमा शिक्षाप्रेमी शिक्षा विज्ञबाट माया गुरुङ, स्थानीय तह शिक्षा ईकाईबाट शिक्षा शाखा प्रमुख, सार्वजनिक विद्यालय प्रअबाट रामचन्द्र अधिकारी, अनौपचारिक विशिष्ट अभियान्ताबाट सुनदेवी रसाईली र दलित शिक्षा विज्ञ तथा अभियान्ताबाट पेमा छेतेन विक सदस्यमा रहेको बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली