जोमसोम ।
यहाँका तीन पालिकामा घरपालुवा जनावर अन्तर्गत अस्व प्रजातिका ४०५ वटा घोडा,खच्चड र गधालाई जिल्लामै पहिलो पटक रेबिज र धनुष्टङ्कार (टिटानस) रोग विरुद्धको खोप लगाएको छ ।
एनिमल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र कृषि तथा पशु विकास कार्यालय मुस्ताङ र यहाँका वारागुङ,घरपझोङ र थासाङ गाउँपालिकाको समन्वय र सहकार्यमा पशु कल्याणका लागि पहिलो पटम यहाँ खोप कार्यक्रम आयोजना गरिएको हो । मंगलबार यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सुरु गरिएको अस्व प्रजाति खोप कार्यक्रम अन्तर्गत ३०५ वटा घोडा,५० वटा खच्चड र ३ वटा गधालाई पशु कल्याण कार्यक्रम अन्तर्गत खोप प्रदान गरिएको कृषि तथा पशु सेवा कार्यालय मुस्ताङका पशु चिकित्सक डा. लालमणि अर्यालले जानकारी दिनुभयो । यहाँका तीन पालिकामा अस्व प्रजातिका घरपालुवा जनावरलाई लक्षित गरी आयोजना गरिएको खोप कार्यक्रममा अस्व प्रजातिका जनावरहरुको जुका लगायतको स्वास्थ्य उपचार गरिएको डा. अर्यालको भनाई छ ।
यसप्रकारको अस्व प्रजातिका लागि पशु कल्याण गर्ने उद्देश्यले रेबिज र टिटानस विरुद्धको खोप कार्यक्रम संञ्चालन गर्न तथा यहाँका अस्व प्रजातिको विद्यमान स्वास्थ्य बुझ्नका लागि एनिमल नेपालका तर्फबाट पशु चिकित्सक डा. अतिसकुमार यादव, प्राविधिक सिजन पोखरेल लगायत २ जना सहयोगी मुस्ताङ आएका हुन् । यसैगरी एनिमल नेपालबाट खटिएका टोलीसंग कृषि तथा पशु सेवा कार्यालयका पशु चिकित्सक डा. लालमणि अर्यालले सहजीकरण गर्नुभएको हो ।
अस्व प्रजाति अन्तर्गत घोडा,खच्चड र गधा लगायतका घरपालुवा जनावर पर्दछन् । यसप्रकारको अस्व प्रजातिको कल्याणका लागि एनिमल नेपाल संस्थाले नेपाल सरकारको समन्वय र सहकार्यमा खोप कार्यक्रम संञ्चालन गर्दैआईरहेको एनटी नेपालका पशु चिकित्सक डा. अतिसकुमार यादवले जानकारी दिनुभयो । एनटी रेबिज र टिटानस एक घातक सरुवा रोग भएकाले यसको न्युनिकरणका लागि यसप्रकारको खोप कार्यक्रम एनिमल नेपालले मुस्ताङमा संञ्चालन गरेको डा. यादवको भनाई छ । यसप्रकारको अस्व प्रजातिमा हुने घातक एनटी रेबिज र टिटानस रोगका कारण मानिसमा सर्न सक्ने भएकाले अस्व प्रजातिका जनावरलाई खोप लगाउने गरी संस्थाले प्राथमिकतामा राखेर कार्य गर्दैआईरहेको डा. यादवको भनाइए छ । यसप्रकारको रोग अस्व प्रजातिबाट सर्ने ७० प्रतिशत सर्ने संम्भावना भएकाले यस्ता प्रजातिका जनावरहरुलाई स्वस्थ्य राखेमा मात्रै मानिसको समेत स्वास्थ्य रक्षा हुने डा. यादवले उल्लेख गर्नुभयो ।
यहाँका अस्व प्रजातिका जनावरहरु ६ महिना घरमा र ६ महिना लेंकमा छाड्ने प्रचलन रहेकाले यस्ता लेंकमा छाडिएका अस्व प्रजातिलाई जंगली कुकुर र स्याल लगायतका वन्यजन्तुले आक्रमण गर्दा रेबिज र टिटानस लगायतका रोग सर्ने गरेको एनिमल नेपालका चिकित्सक डा. यादवको भनाई छ । यहाँ अस्व प्रजातिका जनावर र समुदायलाई सुरक्षित राख्न खोप कार्यक्रम गरिएको हो । खोप कार्यक्रम अन्तर्गत यहाँ अस्व प्रजातिका जनावरको सामान्य उपचारसहित शारिरीक अवस्थाको समेत परीक्षण गरिएको एनिमल नेपालले जनाएको छ ।
यहाँका तीन पालिकामा आयोजना गरिएको खोप कार्यक्रममा माथिल्लो क्षेत्रको वारागुङ मुक्तिक्षेत्रमा खासै ठुलो समस्या नदेखिएको भएपनि घरपझोङ र थासाङमा धेरैजसो जनावरमा शारिरीक अवस्था र जनावरहरुमा आंिशंक समस्याहरु देखिएको उहाँले जनाउँनुभयो । परीक्षण तथा खोप कार्यक्रममा संस्थाद्वारा आवश्यक औषधि र उपचार निशुल्क वितरण गरिएको छ । यहाँको केश अध्ययनका लागि संस्थाले फोटो फुटेज र रेकर्ड राख्ने कामहरु गरेको डा. यादवको भनाई छ ।
हिउँदयामको चिसो मौसममा समेत एनिमल नेपालका प्रतिनिधिहरु यहाँ उपस्थित भएर अस्व प्रजातिको कल्याण र रोग नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निभाएका हुन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डम बैशाख महिनामा यहाँ आएर अस्व प्रजातिका घोडा ,खच्चड र गधाहरुलाई खोप कार्यक्रम संञ्चालन गर्ने योजना रहेको जनाईएको छ ।
अस्व प्रजाति खोप कार्यक्रममा यहाँका घोडा,खच्चड र गधाका धनीहरुले खोप तथा अस्व उपचारमा सक्रिय सहभागिता जनाएका कृषि तथा पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ ।
पछिल्लो एक दशक यता यहाँका अस्व प्रजातिका घरपालुवा जनावरहरु लोपोन्मुख अवस्थामा रहेका छन् । कुनै बेला यातायात र मालसमान ढुवानीको महत्वपूर्ण मानिएको यसप्रकारको प्रजातिलार्इै यातायात मन्त्रालयले आफ्नो सुचिमा राखेको छ । सडक संञ्जालको विकाससंगै यहाँका अस्व प्रजातिका घरपालुवा जनावरहरु खेतीपाती,बनजंगलमा घाँस दाउरा ढुवानी गर्न तथा संस्कृति संरक्षणका लागि मात्रै प्रयोग हुँदै आईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता