जोमसोम—हिउँदयामको जाडो छल्न बेंसी झरेका मुस्ताङीलाई लक्षित गरी पोखरामा ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’कार्यक्रम भएको छ । जिवन विज्ञान तथा आध्यामिक चिन्तनमूलक प्रवचनाच्मक वाणी समेटिएको ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण, एवं सुख,शान्ति र समृद्धिका लागि स्वजागरण’को कर्मचारी मिलन केन्द्र मुस्ताङले आयोजना गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वय तथा जीवन विज्ञान प्रतिष्ठान काठमान्डौंको सहकार्यमा पोखरा स्थित विन्ध्यवासिनी सभाहलमा सोमबार कार्यक्रमको आयोजना गरिएको हो ।
कर्मचारी मिलन केन्द्रद्वारा आयोजित पूर्ण स्वास्थ्यका लागि स्वजागरणको पोखरा स्थित विन्ध्यवासिनी धार्मिक विकास समितिले समेत सहकार्य गरेको छ । करिव २ सय भन्दा बढी बेसी झरेका मुस्ताङीहरुको उत्साहजन सहभागिता रहेको कार्यक्रममा श्रदेय गुरुदेव भानु शर्माले पूर्ण स्वास्थ्य तथा सुख,शान्ति र समृद्धिका लागि सबै अंग स्वथ्य रहनु पर्ने बताए । श्रदेय गुरुदेव शर्माले मानव शरिरमा रहेका शुक्ष्म उर्जाका ७ वटा केन्द्रको चर्चा गर्दै मानिसको पूर्ण स्वास्थ्यका लागि चक्रहरु सन्तुलित रहनुपर्ने बताएका छन् । उनले मानिसको पूर्ण स्वास्थ्य स्थिर रहन शारिरीक र मानसिक स्वास्थ्य मजबुद हुनुपर्ने र रोग लाग्न नदिननै असली स्वास्थ्य भएको उल्लेख गरे ।

‘जब सम्म मानिसको स्वास्थ्य ठिन ढंगले चल्न शरिरको सबै अंग क्रियाशिल रहन आवश्यक छ, श्रदेय गुरु शर्माले भने, यसका लागि मानिसको मानिसिक र शारिरीक उर्जाले मात्रै स्वजागरण पैदा गर्छ,।’ कार्यक्रममा अर्को श्रदेय गुरुदेव रमेशले पनि पूर्ण स्वास्थ्यका लागि स्वजागरण सम्वन्धि प्रस्तुतीकरण गरेका थिए ।
यसअघि कार्यक्रम सफलताको शुभ—कामना व्यक्त गर्दै मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशका सभासद विकल शेरचनले मुस्ताङीलाई लक्षित गरी यसप्रकारको कार्यक्रम आयोजना गरिनु स्वागयोग्य भएको बताए । मानिसको सुख शान्ति र आध्यामिक चिन्तनको लागि यस्ता कार्यक्रमले मानव स्वास्थ्यका लागि मार्गनिर्देश गर्ने सभासद शेरचनको भनाई थियो । उनले गुरुदेवहरुको महावाणीबाट हाम्रो जिवनमा सकारात्मक परिवर्तन ल्याउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मुस्ताङबाट पोखरा झरेका जनप्रतिनिधि, विभिन्न कार्यालय तथा विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थी र स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली