जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ घ्याकर गाउँमा हिमचितुवाको आक्रमण परी नौ वटा च्यांग्रा मारिएका छन् । स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्यांग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्यांग्रा मध्ये नौ वटा च्यांग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मध्ये रातमा स्थानीय गुरुङको च्यांग्रा खोर भित्र पसेर हिमचितुवा च्यांग्रा मारेको हो । हिमचितुवाले खोरमा रहेका च्यांग्रालाई आक्रमण गर्दा नौ च्यांग्रा मारिएको र ६ वटा च्यांग्रा घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भाोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार हिमचितुवाले एक च्यांग्रा पुरै खाईदिएको र अर्को एक च्यांग्रा हिमचितुवाले साथै लिएर गएको उल्लेख गरे ।
हिमचितुवाको आक्रमणबाट जोगिएका ३६ च्यांग्रा मध्ये बाँकी १९ वटा सुरक्षित रहेको छ । हिमचितुवा आक्रमणले १९ वटा च्यांग्रा क्षति पू¥याउँदा स्थानीय सन्दुक गुरुङको अन्दाजी ५ लाख बराबर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हिमचितुवाले आक्रमण गरी च्यांग्रा मारेको भन्ने सूचना प्राप्त भएसंगै मंगलबार ईलाका प्रहरी कार्यालय छुसाङबाट ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरी टोलीले घटना स्थलको बिवरण संकलन गरी सोको मुचुल्का जिल्ला प्रहरी कार्यालयमा पठाईसकेको छ । ईलाका प्रहरी कार्यालय छुसाङदेखि हिमचितुवाले च्यांग्रा मारेको स्थान १० किमी उत्तरतर्फ पर्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको क्षेत्रधिकार भित्र पर्ने मुस्ताङमा हिमचितुवा र मानवबीचको द्धन्द बढ्दै गईरहेको छ । हिमचितुवा तथा वन्यजन्तुको आक्रमणले स्थानीय पशुपालक किसानलाई निकै ठुलो सास्ती दिएको छ ।जसका कारण स्थानीय पशुपालन व्यवसायनै संकटमा पर्न थालेको छ ।स्थानीयले पछिल्लो समय जोखिम मोलेर पशुपालन व्यवसाय अपनाउँदै आईरहेका छन् ।
यसअघि गत कार्तिक २४ गते मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ ढाक्मरमा स्थानीय छिरिङ गुरुङको एउँटै खोरका ७९ वटा च्यांग्रा हिमचितुवाले क्षति बनाएको थियो । त्यससमय गुरुङको तारबारसहितको च्यांग्रा खोरमा ४ वटा हिमचितुवा पसेर विभत्स रुपमा त्यहाँ रहेका च्यांग्रा मारेको थियो । मुस्ताङमा हिमचितुवा तथा वन्यजन्तुले भेडा÷च्यांग्रा,याक,चौरी,घोडा, झोपा र गाईलाई क्षति बनाउने गरेको छ । यसैगरी थासाङ गाउँपालिकामा वन्यजन्तुले स्थानीय किसानले लगाएको बालीनाली समेत बर्सेनि क्षति बनाउने गरेको छ ।
एक्याले वन्यजन्तुले क्षति बनाएको पशुधन तथा बालीनालीको क्षति मूल्यांकन गरी राहत उपलब्ध गराउने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता