मुस्ताङमा ८ डिस्टिलरी, कस्को उत्पादन कति ?

मुस्ताङमा ८ डिस्टिलरी, कस्को उत्पादन कति ?

सुन्दरकुमार थकाली

जोमसोम—मुस्ताङमा कुल ८ वटा स्याउको ब्रान्डी उत्पादन गर्ने उद्योग संञ्चालनमा छन् । बर्सेनि यहाँ संञ्चालन भईरहेका डिस्टिलरी उद्योगहरुले बजारमा सहजै बिक्री हुन नसक्ने स्याउलाई प्रशोधन मार्फत स्याउको ब्रान्डी तयार गरेर बिक्री गर्ने गर्छन ।

मुस्ताङमा ८ वटा निजी र एक सरकारी कार्यालयले स्याउको ब्रान्डी उत्पादन गर्ने डिस्टिलरी उद्योग छन् । स्याउ फल्ने सिजनमा बगैचाबाट स्याउ  टिपेर संकलन गरिने र संकलन गरिएका कतिपय स्याउ  कम गुणस्तर र चोटपटक लाग्ने भएकाले स्याउ खरिद गर्ने व्यापारी र उपभोक्तालाई सहजै बिक्री गर्ने मुश्किल पर्छ । यसैले व्यापारी र उपभोक्तालाई सहजै बिक्री गर्न नसकिने स्याउलाई कुहाएर जाँड बनाएर ब्रान्डी तयार गर्ने गरिन्छ । जसका कारण यहा खेरजाने स्याउको समुचित उपयोगमा ल्याउन सकिएको छ भने अर्कोतर्फ स्याउ प्रशोधन गर्ने उद्यमीलाई समेत मनग्ये फाईदा मिलेको छ ।


मुस्ताङमा स्याउको ब्रान्डी उत्पादन गर्ने उद्योगबाट सरकारलाई राजश्व संकलनमा समेत राम्रो टेवा पू¥याएको छ । सरकारले हिमाली जिल्लाहरुमा फलफूलमा आधारित ब्रान्डी उद्योगहरुलाई अन्तशुल्क वापत लाग्ने करमा ८० प्रतिशत छुट दिएको छ । संकलित राजश्वको हिसाब गर्दा प्रतिलिटर स्याउको ब्रान्डीको मुल्य औसत १३ सय भन्दा बढी मुल्य पर्छ ।तर, यो मुल्यको २० प्रतिशत अन्तशुल्क कर सरकारलाई बुझाउँदा प्रतिलिटर स्याउको ब्रान्डी एक हजार बराबर मुल्य पर्न आउँछ । सरकारलाई बुझाउने करको रकम सेवाग्राहीले ब्रान्डी खरिदमा मुल्य घट्ने भएकाले उपभोक्तालाई ब्रान्डी खरिदमा आर्थिक भार पर्दैन ।


कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले चालु आर्थिक वर्षमा ७५ हजार ७८६ लिटर स्याउको ब्रान्डी उत्पादन भएको बताएको छ । कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीका अनुसार मुस्ताङका ८ निजी डिस्टिलरी उद्योगबाट अन्तशुल्क वापत २ करोड ४ लाख ४० हजार राजश्व संकलन भएको जानकारी दिए ।

निलगिरि डिस्टिलरीले २५ हजार ३१३ लिटर उत्पादन गर्दा ६८ लाख ९१ हजार, रामलक्ष्मी डिस्टिलरीले ४ हजार ३३८ लिटर उत्पादन गर्दा ११ लाख ६६ हजार, मार्फा डिस्टिलरीले १३ हजार ५७२ लिटर उत्पादन गर्दा ३६ लाख ५० हजार, न्यू मार्फा डिस्टिलरीले ५ हजार ४०० लिटर उत्पादन गर्दा १४ लाख ५२ हजार,टुकुचे डिस्टिलरीले ७५६ लिटर उत्पादन गर्दा २ लाख ३ हजार,धौलागिरि डिस्टिलरीले ९ हजार १५० लिटर उत्पादन गर्दा २४ लाख ६१ हजार र ओल्ड मार्फा डिस्टिलरी उद्योगले १७ हजार २५७ लिटर ब्रान्डी उत्पादन गर्दा ४६ लाख १३ हजार राजश्व उठेको हो । गत वर्ष स्याउको ब्रान्डी उत्पादन गर्ने गरेको चिमाङ डिस्टिलरीले स्याउको ब्रान्डी उत्पादन गर्ने गरेको रेकर्डमा देखिएको छैन ।

 यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङमा ८ वटा निजी डिस्टिलरी कम्पनीले ९० हजार ६८४ लिटर स्याउको ब्रान्डी उत्पादन गरेको अन्तशुल्क स्टिकर करको तथ्यांकले देखाउँछ । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीले गत आर्थिक वर्ष स्याउको मदिरा (ब्रान्डी) डिस्टिलरी उद्योगले उत्पादन गरेको ब्रान्डी उत्पादनबाट २ करोड ३७ लाख ७० हजार राजश्व संकलन भएको जानकारी दिए । कार्यालय प्रमुख भण्डारीका अनुसार निलगिरि डिस्टिलरीले २६ हजार ५५ लिटर उत्पादन गर्दा ६८ लाख १६ हजार, रामलक्ष्मी डिस्टिलरीले ८ हजार ९२८ लिटर उत्पादन गर्दा २३ लाख ४५ हजार,मार्फा डिस्टिलरीले १३ हजार ५७२ लिटर लिटर उत्पादन गदाए ३६ लाख ५० हजार, न्यू मार्फा डिस्टिलरीले १३ हजार २०० उत्पादन गर्दा ३४ लाख ४७ हजार, टुकुचे डिस्टिलरीले ३ हजार १२ लिटर उत्पादन गर्दा ७ लाख ९२ हजार, धौलागिरी डिस्टिलरीले १२ हजार ५७ लिटर उत्पादन गर्दा ३१ लाख ४९ हजार, ओल्ड मार्फा डिस्टिलरीले १३ हजार ८६० उत्पादन गर्दा ३५ लाख ६७ हजार र चिमाङ डिस्टिलरी उद्योगले ४हजार ५०० लिटर स्याउको ब्रान्डी उत्पादन गर्दा ३ लाख ९९ हजार राजश्वक संकलन भएको थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा सबैभन्दा धेर्रै ७ वटा डिस्टिलरी उद्योग सञ्चालनमा छ। थासाङको टुकुचेमा १ वटा मात्र डिस्टिलरी उद्योग संञ्चालनमा रहेको कोष नियन्त्रक भण्डारीले जानकारी दिए । स्याउ ब्रान्डी उत्पादन उद्योगबाट संकलन भएको राजश्व संघीय सरकारको खाता जम्मा हुने उनले बताए ।

यसैगरी मुस्ताङमा शितोष्ण बागवानी विकास केन्द्र मार्फाले बर्सेनि फार्ममा खपत हुन नसकेको स्याउलाई प्रशोधन गरी स्याउको ब्रान्डी उत्पादन गर्ने गरेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । उनका अनुसार मार्फा बागवानीले बर्सेनि औसत ३हजार ५०० लिटर स्याउको ब्रान्डी उत्पादन गरेको छ । केन्द्रले सरकारी निकाय भएकै कारण अन्तशुल्क नलिईकन बिक्री गर्ने गरेको केन्द्र प्रमुख आत्रेयको भनाई छ । 

मुस्ताङमा खपत हुन नसकेको खेर गएका स्याउको प्रशोधन विधि मार्फत ब्रान्डी उत्पादनसहित स्याउको सकुटी र जाम आदी परिकार बनाएर बिक्री गर्ने गरिएको छ ।


प्रतिक्रिया