जोमसोम—मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा हिमाली कालो भालुको आतंकले स्थानीय कृषकलाई निकैनै सास्ती पु¥याएको छ । थासाङमा पछिल्लो समय वन्यजन्तु हिमाली कालो भालु र मानवबीचको द्धन्द बढ्दै जान थालेको हो ।
राष्ट्रिय प्रकृति सरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ईलाका सरक्षण कार्यालय जोमसोमको कार्यक्षेत्र रहेको मुस्ताङको थासाङ गाउँपालिकाको ३ वटा हिमाली कालो भालुको आतंकले बढी प्रभावित भएका छन् । त्यसो त उक्त क्षेत्रमा सरक्षित वन्यजन्तु चितुवाले समेत स्थानीय किसानको पशुधनमा क्षति पु¥याउने गरेको पाईएको छ ।
थासाङको वडा १ ,२ र ३ मा बर्सेनि हिमाली कालो भालुको आतंकले कृषकले लगाएको बालीनाली नष्ट गरी क्षति पु¥याउने गरेको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले जानकारी दिए । उपाध्यक्ष हिराचनका अनुसार हिमाली कालो भालुले रातको समय पाक्दै गरेको बालीनाली सखाप पारिदिने गरेको दुःखेसो सुनाए ।‘थासाङको सबै भन्दा बढी भालु प्रभावित क्षेत्र कुञ्जो र ताक्लुङ हो, जति गरेपनि भालुको आतंक रोक्न सकिएन, उपाध्यक्ष हिराचनले भने,‘ मकै पाक्ने बेला र फापर पाक्ने बेलामा भालुले बढी मात्रामा दुःख दिन्छ, भालु आतंकले हाम्रो क्षेत्रमा हैरानै पारिसक्यो ।’
थासाङका उपाध्यक्ष हिराचनले मध्यरातमा खेतबारीमा पसेर हिमाली कालो भालुले बालीनाली सखाप पारिदिने गरेको उल्लेख गरे । उनले भदौ र असोजमा जंगलमा खानेकुरा नपाउँदा भालुले कृषकको बालीनाली खाईदिने गरेको बताए । ‘ भालुले मुख्यगरी कृषकले लगाएको मकैमा ध्वंस्त पारिदिन्छ, त्यसपछि फापर बालीमा पसेर बाली खाईदिने र मडारिदिने गर्छ,हामी भालुको आतंकबाट निकै आजित भईसक्यो,’ उपाध्यक्ष हिराचनले भने ।’
मुस्ताङको थासाङ स्थित कुञ्जो,ताक्लुङ,टिटी,झिप्रा देउराली,धम्पु,नाउरिकोट,सिर्कुङ र सौरु लगायतका गाउँहरुमा हिमाली कालो भालुको आतंकले कृषकले लगाएको बालीनालीमा क्षति पु¥याउने गरेको छ । थासाङ गाउँपालिकामा हिमाली कालो भालुको आतंक रोक्नका लागि केहीवर्ष अघि ओमविकास तथा देउकुमारी फाउन्डेसनको पहलमा महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रबाट भालु धपाउने यन्त्र उपरकण व्यवस्थापन गरिएको भएपनि उक्त उपरकण प्रभावकारी बन्न नसकेको थासाङका उपाध्यक्ष सोमल हिराचनले उल्लेख गरे ।‘ भालुको आतंक कम गर्न यन्त्र उपकरणको व्यवस्थापन गरिएको थियो, उपाध्यक्ष हिराचनले भने, सुरुमा केहीदिन त काम गरेको जस्तो देखिएको थियो, तर, भालुले वास्तविकता थाहा पाएर होला उपकरण चलाउँदा समेत भालुले दुःख दिन भने छाडेन ।’
राष्ट्रिय प्रकृति सरक्षण कोष,अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना, ईलाका सरक्षण कार्यालय जोमसोमले थासाङका हिमाली कालो भालु पीडित कृषक घरधुरीलाई क्षति राहत वितरण गरेको छ । कार्यालय चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गतको बजेटमा थासाङका हिमाली कालो भालु पीडित कृषक घरधुरीलाई क्षति राहत वितरण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । उनका अनुसार थासाङका १,२ र ३ नम्बर वडाका स्थानीय ७१ कृषक घरधुरीलाई वन्यजन्तु क्षति राहत वितरण गरिएको हो ।
यसअघि हिमाली कालो भालु आतंकले पीडित बनेका कृषकले क्षति राहतका लागि एक्याप कार्यालयमा निवेदन बुझाएका थिए । सोही निवेदनका आधारमा क्षति मुल्यांकन गरी पीडित कृषक घरधुरीलाई क्षति राहत वितरण गरिएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । उनले हिमाली कालो भालुले क्षति पु¥याउने गरेको कतिपय स्थानमा एक्यापको सहयोगमा बिद्युतीय तारबार लगाउन सहयोग पु¥याएको बताए ।
एक्यापले सम्वन्धित स्थानका सरक्षण व्यवस्थापन समितिको रोहबरमा क्षति राहत वितरण गरेको जनाएको छ । एक्यापले दिएको जानकारी अनुसार छयोमा १६ घरधुरी,झिप्रा देउरालीमा २२ घरधुरी,कुञ्जोमा १० घरधुरी,ताक्लुङमा ४ घरधुरी र टिटीमा ८ घरधुरी गरी कुल ६० घरधुरीलाई सम्वन्धित स्थानमा पुगेर १ लाख ४३ हजार क्षति राहत वितरण गरेको हो । थासाङ—३ छयोमा ४ घरधुरीलाई कुल २३ हजार १२० रुपैया क्षतिपूर्ती प्रदान गरिएको छ । यस्तै, थासाङ—२ को सौरु,सिर्कुङ र नाउरिकोटमा गरी १३ घरधुरीलाई २४ हजार क्षतिपूर्ती वितरण गरिएको हो । एक्यापले हिमाली कालो भालुको आतंकले क्षति बनाएको मकैको खोया मुल्यांकन गरी क्षति राहत उपलब्ध गराउने गरेको कार्यालय प्रमुख रेग्मीले प्रष्ट्याए ।
एक्यापले मानव र वन्यजन्तुको द्धन्द न्यूनिकरण गर्न र सहअस्तित्व जर्गेनामा यसप्रकारको क्षति राहत वितरण कार्यक्रमले निकै ठुलो टेवा पु¥याउने अपेक्षा गरेको छ ।