मुस्ताङ,१८ ,साउन।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा १ बैसरीमा पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध सडक सफा गर्ने क्रममा केहीबेर अघि लेदोसहितको पहिरो खसेपछि बेनी—जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक माथिबाट खसेको पहिरोका कारण ठुलो र सानो गरी दुई वटा डोजर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैसरीमा पहिरो गएपछि सडक अवरुद्ध भएकोमा सडक पन्छ्याउने क्रममा थप पहिरो खसेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउँनुभयो ।
सडक सफा गर्ने उपकरण पहिरोले पुरिएपछि दोहोरो सडक आवामगन खुलाउन असहज भएको छ । अवरुद्ध सडक खुलाउन बेनी—जोमसोम सडक आयोजनाको समन्वयमा बाग्लुङ स्थित डिभिजन सडक कार्यालयबाट ठुलो चेनवाला स्काभेटर झिकाउने तयारी गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले उल्लेख गर्नुभयो ।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार अवरुद्ध बैसरी सडक सूचारु हुन तीन घण्टा बढी समय लाग्ने जानकारी दिनुभयो । पहिरोका कारण मुस्ताङबाट बेनी—बेनीबाट मुस्ताङतर्फ प्रस्थान गरेका सवारी साधन बैसरीमा रोकिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली