मुस्ताङमा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिदा २१ दशमलव ९८ प्रतिशतले वृद्धि
जोमसोम ।
मुस्ताङमा सन् २०२५ को जनवरीदेखि अगस्टसम्म एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को आठ महिना अवधिमा सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप)जोमसोमले जनाएको छ ।
यहाँ कुल विदेशी पर्यटक संख्याको (८६.६२) प्रतिशत सार्क राष्ट्रबाट र (१३.३७) प्रतिशत अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । यसमध्येमा यहाँ भित्रिएका सार्क राष्ट्रको तुलनामा अन्य विदेशी पर्यटकको संख्या (१५.४४) प्रतिशत रहेको एक्यापको भनाई छ ।
यहाँ सन् २०२५ को जनवरीमा सार्क तीन हजार ८३० र अन्य ५१६ गरी चार हजार ३४६ जना,फेब्रअरीमा सार्क चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३ जना,मार्चमा सार्क स्रोह्र हजार ५०७ र अन्य दुई हजार ५८८ गरी उन्नाईस हजार ९५ जना , अप्रिलमा सार्क अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी तेईस हजार १५२ जना , मे सार्क एक्काई हजार ९४६ र अन्य तीन हजार ७८१ गरी पच्चिस हजार ७२७ जना, जुनमा सार्क उन्नाईस हजार ६४९ र अन्य एक हजार २०९ गरी बिस हजार ८५८ जना,जुलाईमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी दश हजार ६१९ जना र अगस्टमा सार्क छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमको रेकर्डमा उल्लेख गरिएको छ ।
यहाँ सन् २०२४ को अगस्टसम्मको भन्दा २०२५ को अगस्टसम्ममा विदेशी पर्यटकको संख्या (२१.९८) प्रतिशतले वृद्धि भएको देखिन्छ । यहाँ पच्चिस हजार ६७८ जना विदेशी पर्यटक वृद्धि भएको कार्यालय प्रमुख गुप्तले उल्लेख गर्नुभयो ।
एक्याप जोमसोम कार्यालयको तथ्यांकमा सन् २०२४ को जनवरीदेखि अगस्टसम्मको आठ महिना अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
सन् २०२४ को जनवरीदेखि अगस्टसम्म र सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिना अवधिमा सार्क राष्ट्रमा २२ हजार ४०१ अर्थात (२२.१४) प्रतिशत र अन्य विदेशी पर्यटकमा तीन हजार २७७ जना अर्थात (२०.९७) प्रतिश पर्यटक वृद्धि भएको हो ।
मुस्ताङमा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये सार्क एक लाख एक हजार १६१ जना र अन्य राष्ट्रका १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
यहाँको एक्पाप कार्यालयका अनुसार मुस्ताङ भित्रिएका विदेशी पर्यटक संख्याको तुलनाका ८० प्रतिशत भारतीय पर्यटकहरु रहेको जनाईएको छ । यहाँ भित्रिने अधिकाँश भारतीय पर्यटकहरुले केवल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संस्था बर्सेनि वृद्धि भईरहेको छ । मुस्ताङ जिल्लालाई घुम्ने पर्ने सूचिमा अन्तराष्ट्रिय संञ्चार माध्यमहरु सुचिकृत गरेसंगै यहाँ विदेशी पर्यटकको संख्या अनपेक्षित रुपमा वृद्धि हुन थालेको हो ।
मुस्ताङ जिल्ला धार्मिक सांस्कृतिक र जैविक विविधतासंगै यहाँको पृथक भूगोलका कारण मुस्ताङ जिल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको हो । यहाँका सदिंयौ पुराना गुम्बा,माने,छोर्तेन,गुफा,परम्पराग सांस्कृतिक घरहरुका संरचना, तालतलैया , लोमान्थाङ ऐतिहाँसिक दरबार,कोरलानाका लगायतका पर्यटकीय गन्तब्य भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै गएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली