जोमसोम ।
मुस्ताङका कृषकलाई अनुदान सहुलियतमा आलु र स्याउको पोस्ट हार्भेस्ट गर्दा चाहिने प्लास्टिकका बोरा र क्रेट वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जोनमा आवद्ध कृषकहरुलाई बोरा र क्रेटहरु वितरण गरिएको हो ।
परियोजनाले आलु जोन कार्यक्रम अन्तर्गत ‘‘ आलु जोन क्षेत्रमा पोस्ट हार्भेस्ट क्षति न्यूनिकरण’’ शिर्षकमा यहाँका कृषकहरुलाई अनुदानमा आलु र स्याउको पोस्ट हार्भेस्ट गर्दा चाहिने बोरा र क्रेट वितरण गरिएको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख भरत गौतमले जानकारी दिनुभयो । ‘‘यो समय आलु र स्याउको पोस्ट हार्भेस्ट गर्ने समय नजिकिंदै गरेको छ, यसैलाई मध्यनजर गरी जोनमा आवद्ध कृषकहरुले बोरा र क्रेटको माग गर्नुभएको हो,’ कार्यालय प्रमुख गौतमले भन्नुभयो,‘ यो चालु वर्षको कार्यक्रम भएकाले हामीले यथाशिघ्र वितरण गर्नुपर्ने थियो, यसले कृषकहरुलाई आलु र स्याउको पोस्ट हार्भेस्ट गर्न समेत सघाउ पु¥याउनेछ ।’’
परियोजनाले जोनमा आवद्ध यहाँका कृषकहरुलाई ५० केजी अट्ने बोरा र २० केजी अट्ने प्लास्टिकको क्रेट पचास प्रतिशत अनुदानमा वितरण गरेको हो । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सुर्खाङदेखि थासाङ गाउँपालिकाको टुकुचेसम्मका कृषकहरुलाई आलु र स्याउको पोस्ट हार्भेस्ट गर्ने बोरा र क्रेट वितरण गरिएको उहाँले बताउँनुभयो । यहाँका कृषकहरुलाई दश हजार ६९८ वटा बोरा र नौ सय थान क्रेट वितरण गरिएको उहाँको भनाई छ ।
परियोजनाद्वारा वितरण गरिएको पोस्ट हार्भेस्ट आलु थन्क्याउने प्रति बोराको मुल्य रु. ४८ रहेकोमा सम्वन्धित कृषकले प्रति बोरा २४ रुपैया लागत साझेदारी गर्नुपर्ने कार्यविधिमा उल्लेख रहेको छ । यसैगरी स्याउको पोस्ट हार्भेस्ट सामाग्री प्लास्टिकको क्रेटको प्रति मुल्य छ सय रुपैया रहेकोमा सम्वन्धित कृषकले तीन सय रुपैया साझेदारी गर्नुपर्ने प्रावधान रहेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङले उल्लेख गरेको छ ।
परियोजनाबाट कृषकलाई वितरण गरिएको आलु राख्ने बोरामा लेबलिङ गरिएको छ । आलु र स्याउको पोस्ट हार्भेस्ट गर्ने बेलामा कृषकहरुको उत्पादनमा सकेसम्म कम क्षति गर्ने उद्देश्यले यहाँका कृषकहरुलाई बोरा र क्रेट वितरण गरिएको हो । यहाँ यसरी वितरण गरिएको पोस्ट हार्भेस्ट सामाग्री बोरा र क्रेटको माग गर्ने सबैभन्दा बढी घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषकहरु रहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा स्याउ ,आलु र च्यांग्रा जोन कार्यक्रम सञ्चालनमा रहेका छन् । यहाँका तीन वटै जोनमा आवद्ध कृषकहरुलाई माग सिफारिसका आधारमा परियोजनाले पूर्वाधार निर्माण,कृषि तथा पशुपालन उपकरण, लगायत स्याउ खेतीमा चाहिने सबै प्रकारका सामाग्री अनुदानमा उपलब्ध गराउँदै आईरहेको छ ।
यहाँको आलु र स्याउ खेती अनि पशुपालन व्यवसायलाई व्यवसायिककरण तथा आत्मनिर्भर तुल्याउँदै यहाँको कृषि र पशुपालन क्षेत्रको विकासमा परियोजनाले विभिन्न कार्यक्रम तर्जुमा गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली