जोमसोम, २४, जेठ ।
मुस्ताङको थासाङ गाउँपालिका—२ स्थित सेकुङ ताल र भुतर्छो तालमा पाँच हजार माछाका भुरा छाडिएको छ । मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनको आर्थिक खर्च तथा ढुवानी व्यवस्थापनमा थासाङ स्थित नाकुम संरक्षण व्यवस्थापन समिति(सीएमसी)ले शनिबार सेकुङ र भुतर्छो तालमा कमनकार्प जातका माछाको भुरा छाडिएको हो ।
पूर्व संघीय सांसद तुलाचनको उपस्थितीमा थासाङ गाउँपालिका—२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुले थासाङको सेकुङ ताल र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडेको नाकुम संरक्षण व्यस्थापन समितिका सदस्य मनप्रसाद गौचनले जानकारी दिनुभयो ।

‘यसअघि पनि पूर्व संघीय सांसद ज्युले यहाँको दुईवटा तालमा माछाका भुरा ल्याएर छाड्ने गर्नुहुन्थ्यो । हामी संरक्षण व्यवस्थापन समितिसंग समन्वय गरी तालमा माछा छाड्न समन्वय गर्नुहुन्थ्यो । यसवर्ष पनि उहाँको विगतकै जस्तो कार्यक्रम अनुसार हामीले तालमा माछाका भुरा छाडेका हौं’, उहाँले भन्नुभयो ।
समून्द्री सतहको झन्डै तीन हजार उचाईमा अवस्थित थासाङ गाउँपालिका—२ मा रहेको सेकुङ तालमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले माछाको भुरा छाडिएको नाकुम संरक्षण व्यवस्थान समिति (सीएमसी)ले उल्लेख गरेको छ । सेकुङ र भुतर्छो तालमा माछाको प्रर्वद्धन र विकास गरी पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउन माछा पालन गर्ने गरिएको समितिका अर्को सदस्य गोविन्द शेरचनले जानकारी दिनुभयो । यहाँको सेकुङ र भुतर्छो ताललाई माछा हब बनाउने र पर्यटकहरुलाई आर्कर्षि गराउन फिस हन्टिङ गर्ने व्यवस्था मिलाउने तयारी गरिएको समिति सदस्य शेरचनको भनाई छ । उच्चस्थानको तालमा उपयुक्त हावापानी मौजुद रहेकाले समितिले माछा पालन गर्ने र त्यसबाट समितिले आर्थिक आम्दानी गर्नसक्ने भएकाले माछा पालनलाई पहिलो प्राथमिकतामा राखेको सदस्य शेरचनको भनाई छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालो मोडियो भने सवारी साधन मार्फत पन्ध्र मिनेटमा पुग्ने सकिन्छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यी दुई तालहरु पर्याप्त प्रचार÷प्रसार हुन नसक्दा ओझेलमा परेको छ । थासाङको सेकुङ र भुुतर्छो तालको आवश्यक संरक्षण,प्रचार÷प्रसार र समुचित व्यवस्थापन र स्तरोन्नति गर्नुपर्ने स्थानीय बताउँछन्।
सेकुङ तालको पानीको सतह वृद्धि गर्नुपर्ने र आवश्यक सरसफाईमा ध्यानदिनुपर्ने देखिन्छ । थासाङ र सेकुङ तालमा बर्सेनि त्यहाँका स्थानीयले प्रकृति पुजा गर्ने प्रचलन छ । मुख्य राजमार्गबाट सेकुङ ताल हुँदै भुतर्छो तालसम्म कच्ची सडक विस्तार भएको छ । तर, तालसम्म जाने सडक जीर्ण हुँदै गएकाले आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएको छ ।
सेकुङ ताल र भुतर्छो तालबाट निलगिरी हिमाल र धौलागिरी हिमाल मनमोहक देखिन्छ । सल्ला र धुपीको घनाजंगलमा अवस्थित सेकुङ ताल र भुतर्छो ताल पर्यटक आर्कषण गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको छ । ताल आसपासको खर्कमा विभिन्न प्रजातीका वन्यजन्तु र चराचुरुङीको वासस्थान रहेको छ । ताल नजिकै चौरी खर्क छ । तालमा पिकनिक खान र सुटिङ स्पोर्टको पनि सम्भावना छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली