मुस्ताङ,१०, असार ।
यहाँको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३९ करोड १४ लाख ९४ हजार बराबरको बजेट खाँका प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ११ करोड ८६ लाख ७८ हजार पुँजिगत खर्च छ ।
घरपझोङ गाउँपालिकाद्वारा बुधबार आयोजित अठारौ गाउँ सभा अधिवेशनमा उपाध्यक्ष जमुना थकालीले उक्त परिमाणको बजेट खाँका प्रस्तुत गर्नुभएको होे । प्रस्तुत बजेटमा दुई तिहाई बढी चालु खर्चतर्फ विनियोजन भएको छ ।
घरपझोङले प्रस्तुत गरेको बजेट मध्ये आर्थिक विकासतर्फ तीन करोड ६१ लाख,सामाजिक विकासतर्फ १४ करोड,पूर्वाधार विकासतर्फ ७ करोड ५० लाख ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ८० लाख र संस्थागत विकास तथा प्रशासनिक खर्चतर्फ १० करोड २० लाख विनियोजन गरिएको छ ।
संघ सरकारबाट विशेष अनुदान शिर्षकको एक करोड बजेटमा ठिनी सिचाई योजना र संघ सरकारबाट विनियोजन भएको समपुरक बजेट ५० लाखबाट स्याङ गाउँ भित्र छप्पनी ढुंगा बिच्याउने योजना छ ।
यसैगरी प्रदेश सरकारको समपुरक र विशेष योजना अन्तर्गत मार्फा गाउँमा ढल नियन्त्रण तथा छैरो गाउँको रिङरोड जोड्ने मोटरबाटो निर्माणको लागि एक करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोत वृद्धि गर्ने गरी एक करोड २५ लाख रकम संकलन गर्ने प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाको बैंक मौज्याद तथा दायित्व सर्ने र म्याद थप भएका योजनाको लागि एकमुष्ट ८ करोड बजेट विनियोजन भएको उपाध्यक्ष थकालीले गाउँसभामा उल्लेख गर्नुभयो ।
बजेटमा घरपझोङ—२ मार्फामा ईन्डोर खोल मैदानका लागि ९० लाख र घरपझोङ—४ जोमसोममा स्याउ आकारको खानेपानी ट्याङ्की निर्माणमा ६० लाख बजेट विनियोजन गरिएको छ ।
घरपझोङ सडक बत्ती विस्तार,नदी नियन्त्रण,सरसफाई, धार्मिक एवंम् पर्यटकीय पार्क निर्माण गरी मूर्तिकला व्यवस्थापन गर्न समेत आवश्यक बजेट विनियोजन भएको छ ।
मुस्ताङको पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा बृहत साईकल ¥याली आयोजना गर्न े बजेटमा उल्लेख गरिएको छ । ठिनी हुँदै तिलिचो ताल पदमार्गको नमुलेंक सम्म सडक निर्माण, छमा ताल जाने मोटरसाईलक ट्याक निर्माण र यारुझो भ्यूटावर जाने साईकल ट्याक निर्माण गर्ने गरी घरपझोङको बजेटमा समेटिएको छ ।
घरपझोङले आयोजना गर्न े भनीएको जलवायु सम्मेलन गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका कारण स्थगित भएकोमा उक्त सम्मेलन आगामी आर्थिक वर्षका आयोजना गर्ने गरी ४० लाख बजेट विनियोजन गरिएको छ । उक्त सम्मेलनका लागि ७५३ वटै स्थानीय तहका सरकार प्रमुखहरुलाई निमन्त्रणा गरी हिमाली जिल्लामा जलवायु परिवर्तन सम्वन्धी सन्देश विश्वब्यापी प्रवाह गर्न गाउँपालिकाको उद्देश्य रहेको उपाध्यक्ष थकालीले बताउँनुभयो ।
स्थानीय जनतासंथ साझेदारी,विपद् व्यवस्थापनको लागि कोष खडा गर्ने,स्वास्थ्य शिविर संञ्चालन तथा प्रदेश अस्पतालमा फार्मेसी सहायक राख्ने, दन्त चिकित्सकको लागि अनुदान र विशेषज्ञ चिकित्सकको लागि प्रोत्साहन गर्ने गरी बजेट प्रस्तुत गरिएको छ ।
यस्तै,अन्तर सरकारी तथा भारतीय राजदुतावासबाट निर्माण गरिने जनवाल मावि मार्फाको छात्रावास भवनका लागि लागत साझेदारी गर्न एक करोड बजेट विनियोजन भएको छ ।
यसअघि घरपझोङ गाउँपालिकाको अठारौ गाउँसभामा अध्यक्ष मोहनसिंह लालचनले आव २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता