मुस्ताङमा मुटु सम्वन्धि निःशुल्क शिविर, ६ सय जना लाभान्वित


जोमसोम—हिमाली जिल्ला मुस्ताङका ३ पालिकामा निःशुल्क मुटु सम्वन्धि स्वास्थ्य शिविर सकिएको छ । शहिद गंगालाल राष्ट्रिय ãदय केन्द्र बाँसबारी काठमान्डौंको आयोजनामा मुस्ताङका ३ पालिकामा मुटु सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको हो ।



 शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बर्सेनि नेपालका दुर्गम जिल्लाहरुमा पुगेर यसप्रकारको मुटु सम्वन्धि स्वास्थ्य सेवा प्रवाह गर्ने गरेको छ । यसै प्रयोजनका लागि केन्द्रबाट ८ जना बिशेषज्ञ चिकित्सकसहित १३ जनाको स्वास्थ्य टोली शिविर संञ्चालनका लागि मुस्ताङ आएको हो । केन्द्रबाट बिशेषज्ञ चिकित्सकहरु डा. सुशान्त खरेल,डा. राउल यादव, डा. प्रशना पाण्डे, डा. स्नान थापा,डा. आनन्द खनाल,डा. एरिजु मानन्धर र डा. आयुष्मा केसी लगायतको टोली शिविर संञ्चालनका लागि मुस्ताङ आएका हुन् ।



 केन्द्रबाट खटिएको टोलीले मुस्ताङको थासाङ गाउँपालिका—३ लेते प्राथमिक स्वास्थ्य केन्द्र,घरपझोङ गाउँपालिका कार्यालय र उपल्लो मुस्ताङको लोमान्थाङमा मुटु सम्वन्धि स्वास्थ्य शिविर संञ्चालन गरेको डा. शुसान्त खरेलले जानकारी दिए । मुस्ताङमा आयोजित ३ पालिकामा सम्पन्न मुटु सम्वन्धि स्वास्थ्य शिविरबाट करिव ६ सय बढी प्रत्यक्ष लाभान्वित भएको डा. खरेलले बताए ।  


शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बिशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गराएका मध्ये करिव दुई दजर्न बढीलाई मुटु सम्वन्धि गम्भिर समस्या देखिएको छ । मुटु सम्वन्धि गम्भिर समस्या भएकालाई केन्द्रले निःशुल्क उपचारको व्यवस्था गर्ने र त्यस्ता समस्या भएका व्यक्तिलाई काठमान्डौं प्रेषण गरिएको छ । मुटु सम्वन्धि स्वास्थ्य परीक्षण गर्नका आएका सेवाग्राहीलाई केन्द्रले निःशुल्क औषधि वितरण गरिएको थियो ।


मुट सम्वन्धि मुस्ताङमा अलग÷अलग भएको स्वास्थ्य शिविरमा परीक्षण गर्न आएकाहरुको  बिशेषज्ञ चिकित्सकहरुद्वारा मुटुको परीक्षण, उपचार,परामर्श,ईसिजी,ईसिओ तथा रक्त परीक्षण (आरबीसी) गरिएको थियो । मुस्ताङको थासाङमा करिव ३ सय ,घरपझोङमा २६० र लोमान्थाङमा ४० जनाको मुटु सम्वन्धि स्वास्थ्य परीक्षण गरिएको हो ।


घरपझोङ गाउँपालिकामा शिविर समापनपछि केन्द्रका चिकित्सक डा. सुशान्त खरेलले परीक्षण गरिएका धेरैजसोलाई ब्लडप्रेसर र सुगर रोगको समस्या देखिएको जानकारी दिए । उनले केन्द्रबाट ७ वर्षअघि मुस्ताङमा यसप्रकारको शिविर भएको र त्यसपछि हाल मात्र शिविर संञ्चालन भएको उल्लेख गरे । उनले मुटु सम्वन्धि समस्यालाई समाधान गर्न यसप्रकारको शिविर बर्सेनि आयोजना गर्दा उपयुक्त हुने गाउँपालिकालाई सुझाव पेश गरेको छ ।


 घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले काठमान्डौं उपलब्ध हुने यसप्रकारको स्वास्थ्य सेवा मुस्ताङमै आएर सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले गाउँपालिकाले नागरिकको स्वास्थ्य रक्षाका लागि उच्चप्राथमिकतामा राखेर काम गरिरहेकाले केन्द्रको सल्लाहलाई आत्मसाथ गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।


 मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको स्वास्थ्य शाखाको समन्वयमा आयोजित मुटु सम्वन्धि स्वास्थ्य शिविर संञ्चालनले स्थानीय नागरिकहरुलाई ठुलो सहयोग प्राप्त भएको घरपझोङका स्वास्थ्य शाखा संयोजक कर्णबहादुर थकालीले उल्लेख गरे । उनले पर्यटन र कृषि समयको व्यवस्ताका कारण यहाँका धेरैजसो मुटु सम्वन्धि समस्या भएकाले सुगमको अस्पतालमा जान नसकेको अवस्थामा केन्द्रको टोलीद्वारा प्रदान गरिएको स्वास्थ्य शिविरले केही हदसम्म राहत पुगेको बताए ।


प्रतिक्रिया