भेप प्रकरणमा संकास्पद थप दुई व्यक्तिसहित स्कार्पियो गाडी प्रहरी नियन्त्रणमा

नेपाल—चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी अवैंध रुपमा चोरी पैठारी गरी जोमसोमतर्फ ल्याईदै गरेको बिद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संग्लन थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैंध रुपमा चोरी पैठारी गरी ल्याईएका बिद्युतीय चुरोट (भेप) प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बिद्युुतीय चुरोट (भेप) को अवैंध रुपमा चोरी पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशंकामा बिएई ४९२२ नंम्बरको स्कार्पियो गाडीसहित गाडीका चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ४ बस्ने वर्ष ४१ का दिपेश गदाल र गाडीमा सवार  जिल्ला सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका ७ बस्ने वर्ष ३९ का रबिन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षण सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ईलाका प्रहरी कार्यालय लेते चेक पोष्टमा चेकजाँच गर्ने क्रममा भेप प्रकरणमा संग्लन रहेको आशंकामा ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

यसअघि गत शुक्रबार राति ११ बजे चीनबाट अवैंध रुपमा चोरी पैठारी गरी नेपाल भित्र्याएका दुई वटा कन्टेनरमा लोड गरी ल्याएका बिद्युतीय चुरोट (भेप) भन्सार छलेर जोमसोमतर्फ आउँदै गरेको अवस्थामा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले लोमान्थाङ—४ एक्लेभट्टी भन्ने स्थानमा खानतलासी गरी बरामद गरेको थियो ।

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको मालवाहक कन्टेनरमा लोड गरिएका अवैंध बिद्युती चुरोट (भेप) सहित अन्य सामान बरामद गरिएको थियो । भन्सार कार्यालयका अनुसार अवैंध रुपमा नक्कली कागजपत्र तयार गरी चोरी पैठारी गरिएका ५९० कार्टुन बिद्युतीय चुरोट (भेप) सहित मोजा,जुत्ता,बेबी कट्टु,खाली कार्टुन र गेम भेस्ट लगायतका नौ प्रकारका सामान बरामद गरिएको थियो ।

 प्रहरीका अनुसार अवैंध रुपमा चीनबाट चोरी पैठारी गरी भन्सार छलेर ल्याएका बिद्युतीय चुरोट(भेप) सहित अन्य समानको अनुमानित मूल्य १६ करोड ६५ लाख रहेको छ ।

यसअघि अवैध बिद्युतीय चुरोट (भेप) प्रकरणमा संग्लन रहेको आरोपमा बिद्युतीय चुरोट (भेप) लोड गरिएका अन्य सामानसहित दुई वटा कन्टेनरसहित चालक र एक व्यक्ति गरी ३ जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।  कन्टेनर चालक धादिङ धुनीबेसी नगरपालिका १ बस्ने वर्ष ४२ का सन्तोष लामा,अर्का कन्टेनर चालक  सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका—२ बस्ने वर्ष ४९ का  फुन्चु दोर्जेसहित निजका साथी सिन्धुपाल्चोक जुगल गाउँपालिका—३ बस्ने वर्ष ५१ का पासाङ शेर्पालाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

यता, मुस्ताङ भन्सार कार्यालयले बिद्युतीय चुरोट (भेप) प्रकरणमा संग्लन रहेका पाँच जना व्यक्ति विरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप भईसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया