मुस्ताङका २८ वर्षीय सुदेश गुरुङ रास्वपाको समानुपातिक उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ११० जना समानुपातिक उम्मेदवार मध्ये मुस्ताङका २८ वर्षीय सुदेश गुरुङ आदीवासी जनजाति क्लस्टरमा परेका छन् । रास्वपाले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदरको सूचीमा गुरुङ आदीवासी जनजाति क्लस्टरको दशौं नम्बरमा परेका हुन् ।

रास्वपाले आयोगमा बुझाएको समानुपातिक सूची अनुसार आदीवासी जनजाति क्लस्टरमा मुस्ताङका सुदेश गुरुङ गण्डकी प्रदेशमा पहिलो नम्बर परेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका—५ ढुम्बा गाउँ बस्ने रास्वपाका समानुपातिक सूचीमा परेका उम्मेदर गुरुङ यसअघि वि.स. २०७९ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत रास्वपाकातर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेस र एमालेको गढ रहेको मुस्ताङमा रास्वपाको तर्फबाट उम्मेदवारी दिएर गुरुङले रास्वपाको तर्फ सक्रिय उपस्थिती जनाएका थिए ।

 यसअघिको प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभाको उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धा गरेका गुरुङ त्यससमय २५ वर्षका थिए । नेपालकै सबैभन्दा कान्छो उम्मेदवारको रुपमा उम्मेदवारी दिएर रास्वपालाई मुस्ताङमा स्थापित गराउन गुरुङ निकै सक्रिय भएर लागिपरेका थिए ।

 यसपटक भने गत भदौ २३ र २४ गतेको जेन्सी आन्दोलनपछि घोषणा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवार भएर आफुलाई अब्बल दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् । समानुपातिकतर्फ आदीवासी जनजाति क्लस्टर अन्तर्गत गण्डकी प्रदेशमा आफु रास्वपाको पहिलो सूचीमा परेको बताउँनुभयो ।

मुस्ताङको विकास र समृद्धि एवं सुशासनका पक्षमा जोडदार रुपमा जनताको आवाज बोकेर प्रतिनिधि सभामा उपस्थित हुने  गुरुङले बताउँनुभयो । मुस्ताङी जनताले भोग्नु परेका समस्या र चुनौतिहरुको समाधानका लागि पार्टी र सरकारको ध्यानार्कष गरिरहने गुरुङको भनाई छ । 


प्रतिक्रिया