लेते—धम्पु निर्माण धमाधम

जोमसोम—  मुस्ताङको थासाङ गाउँपालिकामा निर्माणधिन (लेते—धम्पु) जोड्ने अलपत्र पुल निर्माणको काम पून ः एकवर्षपछि सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालिगण्डकीमा निर्माणधिन पुलको अधुरो काम फागुनको पहिलो सातादेखि सुरु भएको हो ।

 राष्ट्रिय गौरवको मुख्य राजमार्गसडकसंगै जोडिएको कालिगण्डकीमा निर्माधिन ३५ मिटर लम्बाईको पक्की पुलको पछिल्लो भौतिक प्रगती ३५ प्रतिशत मात्रै छ । (बेनी—जोमसोम)कोरला सडक राजमार्गदेखि पूर्वमा अवस्थित थासाङ गाउँपालिकाको ओझेलमा परेका ग्रामिण वस्ती जोड्ने सडक पुल निर्माणका लागि २०७६ साल फागुन २९ गते ठेक्का सम्झौता भएको थियो । भौतिक पूर्वाधार मन्त्रालय (गण्डकी) अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङ मार्फत (लेते—धम्पु) पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।  ५ करोड ५ लाख लागतमा निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

 प्रतिकुल मौसम, कोरना कहर र निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको काम अलपत्र पर्दैआईरहेको थियो । पूर्वाधार विकास कार्यालय मुस्ताङले पटक÷पटक निर्माण कम्पनीलाई पुल निर्माणको काममा फर्किन ताकेता गरेको भएपनि गतवर्षको जेठदेखि पुल निर्माणको काम ठप्पै बनेको थियो । थासाङको सौरु,सिर्खुम,टिटी,ताक्लुङ, कुञ्जो र धम्पु लगायतका गाउँहरु जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन पुलको पटक÷पटक म्याद थप भईसकेको छ । पुलको पछिल्लो पटक थपिएको म्याद २०७९ चैत्र २९ गतेसम्म छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले मुस्ताङको लेते—धम्पु पुल निर्माणको बाँकी काम फागुनदेखि गति लिएको उल्लेख गरे । ८ दशमलव ४ मिटर चौडा सिङ्गल स्पानको पक्की पुल निर्माण योजनामा हालसम्म निर्माण कम्पनीले  डेढ करोड रकम भुक्तानी लगिसकेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । उनका अनुसार चालु वर्ष पुल निर्माणका लागि १ करोड २० लाख बजेट विनियोजन भएको छ ।

 मुस्ताङको थासाङ गाउँपालिकाका दुर्गम वस्ती जोड्ने सडक सञ्चालनका लागि निर्माण भएको पक्की मोटरेबल पुल निर्माणका लागि कालिगण्डकी नदी डाईभर्सन गरी मुख्य राजमार्ग सडकको साईडतर्फ आरसीसी फाउन्डेसन र एबुमिेन्ट निर्माणको काम भईरहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।  चालु वर्षको बजेटले मुख्य सडकतर्फको साईडमा आरसीसी , एबुपमेन्टसहित क्याप ढलान सम्पन्न हुने बताए ।

 यसअघि थासाङको कालिगण्डकी नदीमा निर्माणधिन (लेते—धम्पु) पुलको मुख्य सडक पारी पूर्वतर्फ एबुमेन्टसहितको क्याप ढलान सम्पन्न भईसकेको छ । पुल निर्माणका लागि पर्याप्त जनशक्ति र उपकरणहरु परिचालन भएको  छ । ढिलै भएपनि प्रतिकुल मौसमका बावजुद निर्माण कम्पनी काममा फर्किएकाले बजेट अनुसार तोकिएको काम समयमै चालु सम्पन्न कार्यालय प्रमुख श्रेष्ठले जनाए ।

 कालिगण्डकी नदीमा निर्माणधिन (लेते—धम्पु) पुल निर्माणको अलपत्र काम पून सूचारु भएसंगै त्यसक्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालिगण्डकी पारी गाउँहरु पुल नहुँदा निकै समस्यामा पर्दैआईरहेका छन् । त्यसक्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपजका वस्तुहरु पुल नहुँदा बजारिकणमा समेत निकै समस्या पर्ने गरेको छ ।

लेते÷धम्पु पुल निर्माण सम्पन्न भएमा कालिगण्डकी नदी पारीका आधा दर्जन वस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारीकरण गर्न सजिलो हुने स्थानीय नविन शेरचनले जानकारी दिए ।  ५ वर्ष बितिसक्दा समेत पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब पनि विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाई छ ।





प्रतिक्रिया