जोमसोम ।।
हिमाली जिल्ला मुस्ताङलाई ‘पूर्ण खेोप सुनिश्चिता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चिता—हाम्रो प्रतिवद्धता’ नारासहित मंगलबार मुस्ताङमा पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ तथा जिल्ला खोप समन्वय समितिको आयोजनामा मुस्ताङका ५ वटै पालिकामा १६ देखि २३ महिना उमेर समुहका बालबालिकालाई लक्षित गरी पूर्ण खोप अभियान सञ्चालन गरिएको थियो । यहाँको जिल्ला स्तरीय खोेप समन्वय समितिको आह्वानमा यहाँका ५ वटै पालिकाका २५ वटा वडाको २७ वडाहरुमा खोप कार्यक्रम संञ्चालन गरिएको थियो । यसका लागि पालिका र प्रत्येक वडा तहमा खोप समन्वय समिति गठन गरिएको थियो । यहाँका पाँचै पालिकाले पालैपालो पालिका स्तरीय रुपमा पूर्ण खोप सुनिश्चिता तथा दीगोपना घोषणा गरेपछि जिल्ला खोप समन्वय समितिले मुस्ताङलाई पूर्ण खोप जिल्ला घोषणा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला खोप समन्वय समितिकी सदस्य सचिव विद्या तामाङले जानकारी दिनुभयो ।
यहाँ पाँचै वटै वडामा १५ महिना भित्रै पाउँनुपर्ने सबै खोप लगाउन छुटेका बालबालिकाको हकमा १६ देखि २३ महिना उमेर समुहका २७७ जना बालबालिकाहरुलाई पूर्ण खोपको मात्रा पुरा गरिएको हो । बालबालिकाहरुलाई १३ प्रकारका रोग विरुद्ध प्रतिरोध गर्ने विभिन्न खोपको मात्रा पुरा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख तामाङले जानकारी दिनुभयो ।
संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली , प्रादेशिक जनस्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्का , जिल्ला खोप समन्वय समिति सेंयोजक एवं जिसस प्रमुख माया गुरुङ र खोप समन्वय समितिका सदस्य सचिव विद्या तामाङ लगायतले संयुक्त रुपमा हिमाली जिल्ला मुस्ताङलाई ‘‘पूर्ण खोप सुनिश्चिता दीगोपना’‘ घोषणाा गर्नुभएको हो ।
संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले कठिन भूगोल भएको मुस्ताङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गराउन योगदान दिने स्वास्थ्यकर्मी,पालिका,खोप समन्वय समिति, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंसेविकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सांसद थकालीले पूर्ण खोप जिल्लाको मर्म ,केवल खोपको भौतिक संम्प्रेषणमा सीमित नभएको बताउँनुभयो । यसले बालबालिकाहरुको स्वास्थ्य नीति निर्माणको केन्द्र बिन्दुमा राखिनु पर्ने धारणा राख्नुभयो ।पूर्ण खोप कार्यक्रमले स्वास्थ्य प्रणाली र जनप्रतिनिधिबिचको समन्वय र सहकार्यले कठिन भूगोलमा पनि स्वास्थ्य क्षेत्रको परिवर्तन संम्भव छ भन्ने गतिलो उदाहरण पेश गरेको दाबी गर्नुभयो । बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्य रक्षाका लागि यसप्रकारका खोप अभियानलाई प्रविधिमैत्री रुपमा विस्तार गर्दै लैजानुपर्ने संघीय सांसद थकालीको भनाई छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले आजैका दिन मुस्ताङसहित नवलपुर जिल्लालाई पनि पूर्ण खोप जिल्ला घोषणा गरिएको बताउँनुभयो । आधारभुत स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँचमा पु¥याउने सरकारको नीति अनुसार खोप कार्यक्रम चलाईएको महानिर्देशक खड्काको भनाई छ । निदेशनालयले गण्डकी प्रदेशमा गर्भवती महिला र बच्चाको स्वास्थ्य रक्षाका लागि खोपका विभिन्न ईभेन्ट चलाईने बताउँनुभयो । यस्ता कार्यक्रमलाई प्रभावकारी तुल्याउन दक्ष प्रसुतीकर्मीबाट सुरक्षित प्रसुती गराईने अभ्यासलाई जोड्दै लगिने बताउँनुुभयो ।
जिल्ला खोप समन्वय समिति संयोजक एव जिसस प्रमुख माया गुरुङले स्वासथ्यकर्मी तथा स्थानीय जनप्रतिनिधिहरुको अथक योगदानले यहाँ पूर्ण खोप जिल्ला घोषणा गर्न सम्भव भएको बताउँनुभयो ।
स्वास्थ्य लगायतका क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै मुस्ताङको घरपझोङ गाउँपालिकालाई सम्मान गरिएको छ । जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्था मध्ये वारागुङ मुक्तिक्षेत्र—१ झारकोट स्वास्थ्य चौकी प्रथम भएको छ । यसैगरी यहाँ पूर्ण खोप जिल्ला घोषणा गराउन सफल बनाउँने जिल्लाका ५ वटै पालिका र स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली