मुस्ताङको गौरवशाली थाक खेलकुद तथा सांस्कृतिक विकास संघको भावी नीति तथा कार्ययोजना

जोमसोम— मुस्ताङ जिल्लाको  खेलकुद तथा सांस्कृतिक लगायतका क्षेत्रमा विभिन्न कार्य गर्दैआईरहेको झन्डै आधा शताब्दी पुरानो गौरवशाली थाक खेलकुद तथा सांंस्कृतिक विकास संघले आगामी भावी कार्यनीति सार्वजनिक गरेको छ । संघका अध्यक्ष कृष्णकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले संघले आगामी दिनमा खेल्नुपर्ने भूमिका र कार्यसम्पादन रणनीतिक योजना सार्वजनिक गरेको हो ।

 मुस्ताङमा करिव २०३१ को पेरिफेरीमा मुस्ताङ जिल्लामा खेलकुदको विकास तथा स्थानीय धर्मसंस्कृतिको संरक्षण,संम्वद्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यसहित त्यससमयका अंग्रज व्यक्तिहरुको पहलमा संघको स्थापना गरिएको हो ।

यही लामो ईतिहाँस कायम गर्न सफल  थाक खेलकुदलाई ५१ औं संस्करणदेखि थप गतिशील र प्रभावकारी रुपमा अघि बढाएर लैजान संघले भावी नीति तथा कार्ययोजना निर्माण गरेको हो ।

 मोफसलमा आयोजना हुँदै आईरहेको थाक खेलकुदलाई चलाएमान बनाएर नतिजामूलक संन्देश प्रवाह गर्ने उद्देश्यले चालु संस्करणदेखिनै कार्यान्वयनमा ल्याउने गरी संघले नयाँ कार्ययोजना सार्वजनिक गरेको संघका अध्यक्ष कृष्णकुमार शेरचनको भनाई छ ।

 थाक खेलकुद तथा सांस्कृतिक विकास संघले चालु वर्षको असोज ५,६,७ र ८ गतेसम्म मुस्ताङको मार्फामा ५१ औं थाक खेलकुद तथा च्याम्पियनशीप आयोजना गर्देछ । सोही च्याम्पियनशीपको पूर्वसन्ध्याममा थाक खेलकुद तथा सांस्कृतिक विकास संघको नयाँ नेतृत्वले भावी कार्ययोजना सार्वजनिक गरेको हो । पछिल्लो समय थाक खेलकुद तथा च्याम्पिनशीप्रति देखिएको बितृष्णा,भ्रम,संस्थाप्रतिको धारणालाई मुस्ताङी जनसमुदाय माँझ प्रस्तुत गर्न संघले भावी नीति तथा कार्यायोजना सार्वजनिक गरेको हो ।

 संघले मुस्ताङ जिल्लाभित्रका ५ वटै स्थानीय तहमा  रहेका ईच्छुक क्लवहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन नसकेकालाई यथाशिघ्र क्लवहरु दर्ता गराई बैधानिक सदस्य बनाईने नीति लिएको छ । प्रत्येक क्लवहरुलाई संगठानात्मक सृदृढिकरण तथा व्यवस्थापन चुस्त,भरपर्दो र पारदर्शी तुल्याउन आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।

 थाक खेलकुद तथा सांस्कृतिक विकास संघमा आवद्ध क्लवहरुको आर्थिक विकास गराउने कार्यक्रममा संघले आवश्यक सहयोग गर्ने, संघमा आवद्ध क्लव तथा संघका पदाधिकारी तथा सदस्यहरुबिच  समय÷समयमा अन्तरक्रिया तथा छलफल लगायतको कार्यक्रम अघि बढाईने, स्थानीय युवा युवतीहरुको खेलकुद तथा सास्कृतिक कलाविकास मार्फत सुन्दर समाजको निर्माण गर्ने दायित्व राज्यको संविधानमा उल्लेख भएकाले तीनै तहका सरकारसंग समन्वय गरी संस्थालाई थप प्रभावकारी बनाउन कार्यक्रमहरु पेश गर्ने, थाक खेलकुद तथा सांस्कतिक विकास संघ आर्थिक रुपमा सबल र सक्षमा भएको अवस्थामा थाक खेलकुद तथा च्याम्पियनशीप प्रतियोगितामा सहभागी क्लवहरुलाई आर्थिक सहयोग उपलब्ध गराईने नीति लिईएको छ ।

 यस्तै, क्लवमा आवद्ध युवायुवतीहरुको व्यक्तित्व र नेतृत्व लगायतको क्षमता विकासका लागि समानुकुल तालिम प्रशिक्षणको व्यवस्था मिलाउने, संघमा आवद्ध क्लवका पदाधिकारी तथा सदस्यहरुलाई क्लवको उद्देश्य अन्र्तगत आर्थिक,सामाजिक,सांस्कतिक विकासमा अग्रसर गराउन अभिप्रेरित गराउने, प्रत्येक क्लवका १७ वर्षदेखि २१ वर्षसम्मका उचाई ५ फिट ६ ईञ्च भन्दा माथि  पुगेका ईच्छुक युवाहरुलाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गराउने उद्देश्यले प्रत्येक वर्ष ३ जना युवाहरुलाई हिउँदयाममा पोखरा भलिबल प्रशिक्षण केन्द्रमा ३ महिना प्रशिक्षणका साथै कम्प्युटर तालिम दिने व्यवस्था गरिने संघको कार्ययोजनामा उल्लेख गरिएको छ ।

आधा शताब्दी पुरानो ईतिहास काययम गर्न सफल मुस्ताङको गौरवमय संस्था थाक खेलकुद तथा सांस्कृतिक विकास संघको स्वामित्वमा हालसम्म जग्गा तथा भवन समेत नभएको र कार्यालय संञ्चालनमा  तथा संस्थाको अभिलेखिकरण सुरक्षित राख्न सहज नभएकाले संघको कार्यालय भवन तथा जग्गाको नितान्त आवश्यक परेको संघको बुझाई छ । यसैलाई मध्यनजर गर्दै निःशुल्क जग्गाको व्यवस्था गरी भवन निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउन सम्वन्धित निकायहरुसंग आर्थिक सहयोगको लागि अपिल गर्ने कार्ययोजना संघले अख्तियारी गरेको छ ।


प्रतिक्रिया