जोमसोम— मुस्ताङको थासाङ—गाउँपालिका—२ कोवाङमा प्रहरीको बृहत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले मंगलबार थासाङको कोवाङ स्थित धौलागिरि युवाक्लवको सभाहलमा नागरिक सुनुवाई आयोजना गरेको ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङद्वारा पछिल्ला दुई आर्थिक वर्षमा भएगरेका कार्यसम्पादन तथा प्रगतीहरुलाई जनसमक्ष पू¥याउने उद्देश्यले स्थानीय नागरिक तथा जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा नागरिक सुनुवाई गरिएको हो । नागरिक सुनुवाई कार्यक्रममा मुस्ताङका डिएसपी एवं प्रहरी प्रमुख भोजराज पाण्डेयले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा सम्पन्न भएको प्रहरी कार्यसम्पादन विवरणसहितको प्रस्तुती गरेका थिए । प्रस्तुतीकरणमा जिल्ला प्रहरी कार्यालयमा परेका उजुरी तथा मुद्धाको संख्या, समुदाय प्रहरी साझेदारी अवधारण अन्र्तगत सामाजिक अपराध,महिला तथा लैङिगक हिंसा, आत्महत्या न्यूनिकरण, साईबर अपराध,लागु औषध ट्राफिक सचेतना र प्रहरीद्वारा विपद् उद्दार र प्रहरीबाट सम्पाददित सामाजिक उत्तरदायित्व लगायतका विभिन्न कार्यक्रम प्रहरीले गरेको विवरण तथ्यांक सहित पेश गरिएको थियो ।
प्रहरीको नागरिक सुनुवाई स्थानीय नागरिकले जुवातास खेल्ने परिपाटी,ड्रोन क्यामेराको अवैध प्रयोग र स्वत ःप्राकृतिक रुपमा पलाएका गाँजाको बोटले युवापंक्तिहरु कुलत तर्फ धेकेलिएको प्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यसप्रकारका अवैंध गतिविधिहरुलाई नियन्त्रण गर्न प्रहरी सचेत भएर लाग्न सुझाएका छन् । प्रहरीले नागरिक सुनुवाई पछि कोवाङमा प्राकृतिक रुपमा पलाएका अवैंध गाँजाका बोटहरु नष्ट गरेको छ ।
प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा मुस्ताङ डिएसपी पाण्डेयले राज्यले अवैंध ठहरा¥याएका क्रियाकलाप गर्न कानुनी रुपमा दण्डनीय भएकाले यसप्रति नागरिकहरु आफै सचेत हुनुपर्ने बताए । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले सामाजिक रुपमा हुने हेरक प्रकारका विकृति र विसङ्गीले समाजलाई अस्थितरता तर्फ धकेल्ने भएकाले गाउँपालिकाका सबै नागरिकमा सामाजिक चेतना र जागरणको विकास हुनुपर्ने बताए । कार्यक्रममा थासाङ—२ का वडाध्यक्ष गौतम शेरचन र पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली लगायतले बोलेका थिए ।
प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष प्रदिप गौचनसहित ५ वटै वडाहरुका वडाध्यक्ष र वडासदस्य, थासाङका भद्रभलाद्मी एवं अग्रज व्यक्ति र स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रहरी निरीक्षक राजन थापाले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता