जोमसोम—सत्रौ गणतन्त्र दिवसको अवसरमा मंगलबार साँझ मुस्ताङको जोमसोममा दीपप्रज्वलन गरिएको छ । कर्मचारी मिलनकेन्द्र मुस्ताङको समन्वयमा मुस्ताङको जोमसोम स्थित शालिग्राम पार्कमा दीपप्रज्वलन गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ ,प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,जिल्ला स्थित विभिन्न कार्यालयका कर्मचारी र सुरक्षा निकाय लगायतको टोलीले जोमसोममा मैन बत्ती बालेर दीपप्रज्वलन गरी सत्रौ गणतन्त्र दिवस मनाईएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिमलाल शर्माले जानकारी दिए ।
दिवसका अवसरमा जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सृजनात्मक र रचनात्मककार्यहरुलाई अनुशरण गर्नुपर्ने बताईन् । उनले सहिदहरुको त्याग र बलिदानीले मुलुकमा जनताका संवैधानिक हकअघिकार प्राप्त भएको उल्लेख गरिन् ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ।सघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरुको रक्षाका लागि सबै नागरिकहरु सचेत हुनु पर्ने बताए । प्रजिअ पन्तले राजनीति र प्रशासनबीचको समधुर संम्वन्ध र समन्वयलाई अघि बढाउने सकियो भने मात्र गणतन्त्रको जीवन पद्यती र जीवन व्यवहार पछ्याउन सके गणतन्त्रको सही उपलब्धि हुने जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता