मुक्तिनाथमा सुविधा सम्पन्न लो —मुस्ताङ हिमालयन रिसोर्ट (फोटो फिचर)



जोमसोम— प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ एवं राउण्ड अन्नपूर्ण पदमार्गको फेरो मुस्ताङ स्थित वारागुङ मुक्तिनाथ रानीपौवामा सन् २०२२ देखि लो—मुस्ताङ हिमालयन बुटिक रिसोर्ट संञ्चालनमा छ । उक्त रिसोर्ट तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भव्य रुपमा उद्घाटन गरिएको थियो । अहिले उक्त रिसोर्टले २ वर्षको अवधिमा भिआईपीदेखि मध्यम स्तरका पर्यटकलाई आफुतीर तान्न सफल भएको देखिन्छ ।

 २ वर्ष अघि पूर्व राष्ट्रपति भण्डारी मुक्तिनाथ क्षेत्रमा स्थापना भएको बुद्धको शालिक अनावरण गर्ने बेला उक्त रिसोर्टको समेत उद्घाटन गरिएको थियो । मुक्तिक्षेत्रमा करोड भन्दा बढी लागतमा बुद्धको विशाल मुर्ती स्थापना गरेका पूर्व एनआरएनका पूर्व उपाध्यक्ष सोनाम लामाले रिसोर्टको पनि राष्ट्रपति मार्फत उद्घाटन गराएका थिए ।


जन्मस्थान वारागुङ मुक्तिक्षेत्र—१ पुराङ निवासी एनआरएनका पूर्व उपाध्यक्ष लामाले आफ्नो जन्मथलो मुक्तिनाथ क्षेत्रको महत्वलाई थप अभिवृद्धि गर्दै त्यस क्षेत्रको समग्र पर्यटन व्यवसायीलाई माथि उठाउन २८ कोठा क्षमताको रिसोर्ट संञ्चालनमा ल्याएका थिए । सरसर्ती हेर्दा व्यक्तिगत मुनाफा कमाउने देखिएपनि लामाले मुनाफा भन्दा रिसोर्ट मार्फत मुक्तिक्षेत्रको महत्वलाई माथि उठाउन चाहेको देखिन्छ । 

एनआरएनका पूर्व उपाध्यक्ष लामा भन्छन् ‘पैसा कमाउने भए अमेरिका  नेपालमै गर्न चाहे काठमान्डौंमा आर्थिक लगानी गथ्र्ये । मैले मुनाफा भन्दा पनि जन्मथलो पुराङ रानीपौवालाई माथि उठाउन चाहन्छु । यसैले  यहाँ गाउँलेका सहमती र सहकार्यमा यहाँ लगानी गरेको हु । नाफा घाटा भन्दा यस रिसोर्टको माध्यमबाट अन्य पर्यटन व्यवसायीको समेत भलो होस भन्ने मेरो ध्येय हो । लामाको अमेरिकामा ६ वटा भन्दा बढी व्यापारिक प्रतिष्ठान छ भने काठमान्डौंमा फोर स्टार रिसोर्ट संञ्चालनमा छ ।


२ वर्षको छोटो अवधिमै मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आफुतीर तान्न सफल लो मुस्ताङ हिमालयन रिसोर्ट सुविधा सम्पन्न लक्जरी रिसोर्ट गनिन्छ । रिसोर्टमा २० वटा नर्मल डिलक्स र ८ वटा भिआईपी (भिल्ला) रुमको व्यवस्था छ । होटलका व्यवस्थापक सन्तोष गुरुङका अनुसार नर्मल डिलक्स रुममा बाँस बसेको एक रातको २२ हजार र भिल्ला रुममा बाँस बसेको ५ सय डलर अर्थात ५० हजार रुपैया शुल्क छ । जसमा अन्य सुविधा समेत प्रदान गरिएको व्यवस्थापक गुरुङले बताए । सबै रुममा एअर कन्डिसनको सुविधा छ भने होटलमा बास बसेका पाहुनाका लागि कन्र्फट रुम, जाडोमा सन रुम, सोना स्ट्रिम तथा गिजर,पर्याप्त पार्किङ सुविधा,वाटर फाउन्टेन, फराकिलो डाईनिङ हल, हेलिप्याड, सवारी चालक तथा ट्रेकिङ गाईडका लागि बैकल्पिक आवास रुम ,एप्पल गार्डेन लगायतका सुविधा प्रदान गरिएको होटलका व्यवस्थाप गुरुङले जनाए ।

रिसोर्टले निटक भविष्यमै रिसोर्टको केही तल रेष्टुरेन्टसहितको मल्टिप्रपोज हल संञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका साथै मल्टिप्रपोज हलसंगै त्यहाँ रक क्लाईमिङको सुविधा समेत संञ्चालनमा ल्याउने तयारी गरेको उनले बताए । रिसोर्टको चारैतर्फ पर्यटक सुरक्षाका लागि सीसी टिभि जडान गरिएको छ भने लोड सेटिङ हुदा जेनेटरको सुविधा समेत प्रोभाईट गरेको व्यवस्थापक गुरुङको भनाई छ ।

https://fb.watch/vCFt-EJ050/

 मुस्ताङका धार्मिक तथा सांस्कृतिक मौलिक झल्काउने सांस्कृतिक संरचनाको रुपमा निर्मित रिसोर्टमा मुस्ताङकै धार्मिक,सांस्कृतिक  तथा अन्य मौलिकतालाई पर्यटक समक्ष प्रस्तुत गर्न निकट भविष्यमै म्युजिमको पूर्वाधार निर्माण गरिएको उनले उल्लेख गरे । रिसोर्टमा अर्गानिक खानाका पाहुनासामु पस्किन ग्रीन हाउस र चिकन फार्मिङ समेत गरिरहेको छ । निलगिरी हिमाल ,तिलिचो पिक, धौलागिरी हिमाल टुकुचे पिक र अप्पर मुस्ताङका विभिन्न भुभाग समेत दृष्यावलोकन गर्न सकिने लो—मुस्ताङ हिमालयन रिसोर्टमा १ रात बस्ने पाहुना भ्रमणलम्ब्याएर ३÷४ दिनसम्म बस्ने गरेको व्यवस्थापक गुरुको भनाई छ । उनले रिसोर्टले अनलाईन ,ट्राभल एजेन्सी र टेलिफोन मार्फत पाहुनाहरुको बुकिङ गर्ने गरेको जानकारी दिए ।


 रिसोर्टमा बस्ने पाहुनाका लागि प्याकेजमै बुक गरेर  तिलिचो प्याकेज र थोरङपास प्याकेज प्रोभाईट गरेको छ । होटलले आगन्तुक पाहुनाका लागि घोडाको समेत व्यवस्था गरेको छ भने निकट भविष्यमा माउन्टेन साईकलको समेत प्रवन्ध गर्ने योजना रहेको व्यवस्थापक गुरुङले सुनाए । रिसोर्टमा बाँस बसेका पाहुनाले छिङ्गुर,झारकोट,झोङ, लुप्रा र थोरङपास घुम्दै बस्ने गरेको व्यवस्थापक गुरुङको भनाई छ ।




प्रतिक्रिया