यहाँको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्थानीयको घरदैलोमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको हो ।
सदरमुकाम जोमसोमदेखि १०० किलोमिटर टाढा भौगोलिक रुपले विकट लोमान्थाङ गाउँपालिकाका पाँचै वटा वडाहरुमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट तयार भई आएको ४२५ थान राष्ट्रिय परिचयपत्र कार्ड लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका प्रत्येक वडाहरुमा शनिबार,आईतबार र सोमबार गरी तीन समय लगाएर त्यहाँका नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालयबाट खरिदार सागर प्रताप अर्याल,दर्ता अपरेटर बुद्धिरत्न थकाली र सुवास गिरि लगायतको टोली खटिएको थियो ।
राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि निवेदन दिएका मध्ये लोघेकर दामोदरकुण्डका नागरिकहरुको स्मार्ट राष्ट्रिय परिचयपत्र बनेर आएसंगै स्थानीय नागरिकहरुको सुविधाका लागि जिल्ला प्रशासनबाट खटिएका कर्मचारीहरुले परिचयपत्र वितरण गरेको खरिदार सागर प्रताप अर्यालले जानकारी दिनुभयो । राष्ट्रिय परिचय पत्र शिविरले स्थानीयको आर्थिक भार कम गर्नुका साथै समयको बचत गर्न योगदान पु¥याएको खरिदार अर्यालको भनाई छ ।
यसअघि जेठको दोस्रो साता जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए । टोलीले दुईदिनसम्म बसेर स्थानीयको घरदैलोमै राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए । सरकारले जारी गरेको प्रशासनिक सुधार सम्वन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत नागरिकको सहज सुविधाका लागि घरदैलोमै राष्ट्रिय परिचयपत्र वितरण सेवा प्रदान गरिएको हो ।
यसअघि राष्ट्रिय परिचयपत्र लिन महंंगो खर्च र दिनै फालेर सदरमुकाम जोमसोम धाउनु पर्ने बाध्यता रहेकोमा प्रशासनको टोलीले जनताको घरदैलोमै राष्ट्रिय परिचयपत्र वितरण सेवा पु¥याउँदा स्थानीय नागरिकहरु खुसी रहेको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समय सरकारले बैंक खाता खोल्न र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय अनिवार्य गराएसंगै मुस्ताङमा राष्ट्रिय पत्रका लागि आवेदन दिनेतर्फ नागरिकहरुको ध्यान जान थालेको हो ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता