| पोखरा-मुस्ताङ टिमद्धारा पहिलो पटक 'प्रथम मुस्ताङ सोनाम ल्होसार फुटसल प्रतियोगिता" |
जोमसोम—पोखरामा शुक्रबार सम्पन्न भएको मुस्ताङी फुटबल प्रतियोगितामा काठमान्डौं-मुस्ताङ टिम च्याम्पियन बनेको छ । पोखरा-मुस्ताङ टिमद्धारा पहिलो पटक आयोजनामा गरिएको प्रथम मुस्ताङ सोनाम ल्होसार फुटसल प्रतियोगितामा काठमान्डौं-मुस्ताङ टिमले मुस्ताङको थासाङ-३ लेतेको योङ स्टार टिमलाई फाईनलमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
गण्डकी प्रदेशको राजधानी पोखराको लेखनाथ स्थित गणेश टोल सम्पन्न प्रथम फुटसल प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाएका थिए । जसमध्ये उपल्लो मुस्ताङको ११ टिम र तल्लो मुस्ताङको १ टिमले प्रतियोगितामा भाग लिएका थिए । यो फुटसल प्रतियोगितामा काठमान्डौं-मुस्ताङ टिम र थासाङको लेते स्थित योङ स्टार टिम उपाधिका लागि आमने -सामने भएका थिए ।

प्रतियोगिताका उपाधि विजेता बन्दै च्याम्पियन बनेको काठमान्डौं-मुस्ताङ टिमले नगद ५० हजारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र जितेको छ । यसैगरी उपविजेतामै चित्त बुझाएको योङ स्टार टिमले नगद १५ हजारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र पायो । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी काठमान्डौं -मुस्ताङ टिमका खेलाडी नर्वु गुरुङ घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयासहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारे । यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ता योङ स्टार टिमका खेलाडी सन्देशले नगद २ हजार ५ सय रुपैयासहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रथम मुस्ताङ सोनाम ल्होसार फुटसल प्रतियोगिताको बिजेता र उपबिजेता लगायतका खेलाडीहरुलाई गण्डकी प्रदेशका प्रदेश सभा सदस्य नम्डु गुरुङले नगदसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसर प्रदेश सभा सदस्य गुरुङले खेलकुद केवल मनोरञ्जनका लागि मात्रै नभई शारिरीक,मानसिक र खेलकुद संरक्षणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए । उनले उपल्लो मुस्ताङको खेलकुद विकास र खेल पूर्वाधारका लागि निरन्तर पहल गर्दैआईरहेको र यसप्रकारका प्रतियोगित समयसापेक्ष हुनुपर्ने उल्लेख गरे ।
यसअघि प्रथम मुस्ताङ सोनाम ल्होसार फुटसल प्रतियोगितको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गरेका थिए । अध्यक्ष गुरुङले खेलकुद क्षेत्रको विकास र प्रर्वद्धनका लागि लोमान्थाङ गाउँपालिकाले आवश्यक र रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखरामा सम्पन्न फुटसल प्रतियोगिताका लागि लोमान्थाङले २० हजार सहयोग गर्ने जानकारी दिए ।

पोखरामा मुस्ताङी युवाहरुले पहिलो पटक सोनाम ल्होसार पर्वको अवसरमा प्रथम मुस्ताङ सोनाम ल्होसार फुटसल प्रतियोगिता आयोजना गरेका हुन् । अव यो प्रतियोगित बर्सेनि पोखरामा आयोजना गरिने आयोजक मुस्ताङ पोखराका प्रतिनिधि घ्याचो गुरुङले जानकारी दिए ।
मुस्ताङको खेलकुद विकास तथा प्रर्वद्धन गर्दै हिउँदयाममा बेसी झरेका युवाहरुलाई एउँटै मञ्चमा उपस्थित गराएर आपसी सम्वन्ध सुमधुर बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता आयोजक झम्याङ ग्यछो गुरुङले उल्लेख गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली