मुस्ताङमा थकाली समुदायहरुको महानपर्व तोरन्ल बुधबारदेखि सुरु भएको छ । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा बसोबास गर्ने थकाली समुदायहरुले तोरन्ल पर्व हर्षउल्लासका साथ मनाउन थालेका छन् ।
हिउँदयामको बशन्तऋतुको आगमनसंगै सुरु हुने तोरन्ल पर्व आदीवासी जनजाती समुदाय अन्तर्गत थकालीहरुको मुख्य पर्वको रुपमा लिने गरिन्छ । यस पर्वमा थकालीहरुको मुख्य थाकथलो मुस्ताङ र स्वदेश तथा विदेशमा छरिएर रहेका थकालीहरु एकआपसमा भेलाभई तोरन्ल पर्व भव्य रुपमा मनाउने प्रचलन रहिआएको छ । पर्वको बेला तोरन्ल पर्व धान्न थकाली समुदायका मानिसहरु थाकथलोमा फर्किन्छन् । थाकथलो फर्किन नसकेका थकाली समुदायहरुले आ—आफ्नो स्थानमा तोरन्ल पर्व मनाउँने गर्दछन् ।

बशन्तऋतुको आगमनसंगै तोरन्ल पर्वको पूर्व सन्ध्यामा थकाली समुदायका हरेक घरधुरीहरुले आफ्नो घर÷आगनलाई चिटिक्क रंगरोगन तथा सरसफाई आदी गरी सिंगारर्ने गर्दछन् । पर्व नजिकै गर्दा थकालीहरुले घरका भाडावर्तन धोई पखाली टिलिक्क टल्काउछन् । घर ÷आगन र घर भित्रका भौतिक सम्पतीलाई सरसफाई गरी चिटिक्क पार्दा थकाली महान पर्व तोरन्ल नजिकिदै गरेको अनुभुती दिलाउँदछ ।
मुस्ताङमा तोरन्ल पर्व औपाचारिक रुपमा शुभारम्भ भएसंगै कृषि र पर्यटन कर्म छोडेर मुस्ताङका थकालीहरु तोरन्ल पर्व मनाउन एकै ठाउँमा जम्माका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टमा थकालीहरुको महान पर्व तोरन्लको औपचारिक उद्घाटन गरिएको छ । पर्वको गण्डकी प्रदेशका सभासद विकल शेरचनले तारो हानेर पर्वको उद्घाटन गरे । थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति मुस्ताङ (जोमसोम —१७)ले आयोजना गरेको तोरन्ल पर्वको उद्घाटन गर्दै प्रदेश सभासद शेरचनले थकालीहरुको महान पर्वलाई संरक्षण,सम्वद्र्धन र पुस्तान्तरण गर्न आवश्यकता रहेको औल्याए । पछिल्लो समय आधुनिकताको होडले थकालीहरुको भाषा,संस्कृति र मौलिकता हराउन थालेको उल्लेख गर्दै प्रदेश सभासद शेरचनले थकाली भाषा,साहित्य र संस्कृति जोेगाउनका लागि गण्डकी प्रदेश सरकारको ध्यानार्कषण गराउँदै आईरहेको उल्लेख गर्नुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले थकाली तोरन्ल पर्वको शुभकामना व्यक्त गर्दै धर्म,संस्कृति र मौलिकता जिवन्त रहेमात्रै जातीय पहिचानको संरक्षण हुने बताउनुभयो । प्रजिअ भुसालले थकालीहरुको मौलिकता र संस्कृति लोभलाग्दो भएको र यसले हिमाली सम्भता र संस्कृतिलाई थप उजागर गर्दैआईरहेको बताउँनुभयो । राष्ट्रिय भूमी समस्या सामाधान आयोग जिल्ला समिति मुस्ताङकी विज्ञ सदस्य शर्मिला गुरुङले धर्म संस्कृति र परम्परा जोगाउन मौलिक भाषा संरक्षण्मा जोड दिनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
मुस्ताङको पुथाङ एअरपोर्ट समाजघरमा आयोजित तारो हान्ने कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले धसामा धनुषवाण(तारो) प्रहार गरेर पर्वको गरिमालाई थप उच्च बनाउनुभयो ।पूर्व प्रदेश सभा सदस्य चन्द्रमोहन गौचनसहित थकाली समुदायका पुरुषहरुले धसामा तारो हानेर तोरन्ल पर्वको रौनकता बढाए।

यसगरी मुस्ताङको जोमसोममा पनि तोरन्ल पर्व बुधबारदेखि सुरु भएको छ । जोमसोम गाउँसमाजको आयोजनामा जोमसोम कभर्डहलको तारो हान्ने स्थलमा पर्वलाई विधिवत रुपमा सुरु गरेका हुन् । थकाली भेषभुषा र संस्कृतिसंगै जोडिदै तोरन्ल पर्व सम्वन्धि गीत गाउँदै मुस्ताङमा तोरन्ल पर्व सुरु भएको थकाली सेवा समिति नेपाल जोमसोम—१७ की अध्यक्ष मिमकुमारी शेरचनले जानकारी दिनुभयो । मुस्ताङको थाकसय क्षेत्र र घरपझोङ गाउँपालिकामा तोरन्ल पर्वको रौनकता बढेको अध्यक्ष शेरचनको भनाई छ ।
विशेष गरी थकाली तोरन्ल पर्वमा ३ दिनसम्म मनाईने गरिन्छ । पूर्णिमाको अघिल्लोदिनदेखि पूर्णिमा पछिल्लो दिनसम्म लगातार तीनसम्म थकाली समुदायका मानिसहरुले आफ्ना दिंवगत पितृहरुको नाममा मध्यरातमा स्नान गरी चोखो पानी र स्वादिष्ट खानेकुराका प्रसाद चढाएर पितृहरुको नाममा पुजाआजा गरिन्छ । पितृको पुजा आजा गर्नाले पितृ उद्दार भई आर्शिवाद प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।
तोरन्ल पर्वमा थकाली समुदायका बिहे गरेर गएका छोरी÷ज्वाई भान्जाभान्जीहरुलाई बोलाएर मिठामिठा खानेकुरा खुवाउने र आपसका सुखदुखहरु साटासाट प्रचलन रहेको थकाली समुदायकी तृष्णा गौचनले जानकारी दिनुभयो । पर्वमा पुरुषहरु तारो हान्ने खेल खेल्छन् भने महिलाहरु कौडा (नाकाभोटे) खेल खेलेर मनोरञ्जन लिने गर्छन् ।
तोरन्ल पर्वमा तारो हान्ने खेल सञ्चालन गर्नपूर्व धसा स्थापना गरिन्छ । धसा चुह थाप्दा थकाली समुदायले घरायसी लोकल मदिरा छ्याङ रक्सी चढाएर धसा चुहलाई खादा लगाईन्छ । धसालाई धार्मिक परम्परा अनुसार पुजाआजा गर्दा खेल अवधिभर कुनै दुर्घटना र अनिष्ठ नहोस भनी धसालाई पुजा गर्ने प्रचलचन रहेको स्थानीय भुपिन शेरचनले जानकारी दिनुभयो ।
यसैगरी मुस्ताङका थकालीहरुले मात्रै होईन मुस्ताङ बाहिरका पोखरा,काठमान्डौं, वुटलव भैरहवा लगायतका स्थानमा बसोबास गर्ने थकालीहरुले आजबाट थकाली महान पर्व तोरन्ल पर्व मनाईरहेका छन् । यसले थकालीहरुको धार्मिक,सांस्कृतिक,सामाजिक पहिचानलाई संरक्षण र पुस्तान्तरण गर्न टेवा पुग्ने विश्वास गरिएको छ । जोमसोममा थकाली समुदायसंगै मिश्रित थकालीहरुले पनि थकाली तोरन्ल पर्व मनाउँदै आईरहेका छन् ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली