मुस्ताङ, ३१, असोज ।
मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा अवस्थित शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो ५९ औं स्थापना दिवस मनाएको छ । वि.स. २०२३ सालमा स्थापना भएको यहाँको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले फलफूत तथा तरकारी उत्पादन तथा प्रशारण लगायतमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
आज शुक्रबार यहाँ आयोजित केन्द्रको स्थापना दिवसको अवसरमा जिल्लामा कृषि क्षेत्रमा योगदान दिएका एक जना उत्कृष्ट कृषकसहित केन्द्रमा कार्यरत कर्मचारी, मजदुर र समाजसेवीलाई सम्मान गरेको हो । ,
केन्द्रले यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरी गाउँका कृषक सानो कान्छा गुरुङलाई जिल्लाको कृषि फलफूल तथा तरकारीजन्य बालीहरुको विकासमा महत्वपूर्ण योगदान पु¥याए वापत उत्कृष्ट कृषकको रुपमा नगद पाँच हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । कृषक सानो कान्छा गुरुङ विगत १० वर्षदेखि निरन्तर कृषि कर्ममा सक्रिय रहँदै आईरहेका छन् ।
पुरस्कारसहित सम्मानित कृषक सानो कान्छा गुरुङलाई गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, मुस्ताङका सिडियो विष्णुप्रसाद भुसाल र केन्द्र प्रमुख पद्मनाथ आत्रेय लगायतले संयुक्त रुपमा दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।
केन्द्रको ५९ औं स्थापना दिवसका अवसरमा शीतोष्ण बागवानी केन्द्र स्थापनाका महत्वपूर्ण योगदान पु¥याएका घरपझोङ—२ मार्फाका अंग्रज समाजसेवी भक्तिराज हिराचनलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान अपर्ण गरिएको छ ।
यसैगरी केन्द्रले कर्मचारी तथा केन्द्र फार्ममा कार्यरत एक जना महिला मजदुरलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । केन्द्रमा कार्यरत महिला कामदार तारा राईलाई नगद पाँच हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । केन्द्रमा कार्यरत प्रशासनिक कर्मचारी भिमसेन भण्डारीलाई समेत केन्द्र स्थापनाका दिवसको अवसरमा सम्मान गरिएको हो ।
यसअघि केन्द्रको ५९ औं स्थापना दिवसको प्रदेश सभा सदस्य विकल शेरचनले विरुवामा जलसेचन गरी उद्घाटन गर्नुभएको थियो । स्थापना दिवसका अवसरमा प्रदेश सभा सदस्य शेरचनसहित मुस्ताङका सिडियो विष्णुप्रसाद भुसाल,घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट , वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङ र समाजसेवी विष्णुराज हिराचन लगायतले शुभकामना दिएका थिए । स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले यहाँको शीतोष्ण बागवानी विकास केन्द्रले यहाँका कृषकहरुलाई फलफूल तथा तरकारी खेती गर्न सिकाएको बताएका छन् । यहाँको कृषि प्रणाली र पर्यटन क्षेत्रमा भईरहेको विकास लोभलाग्दो भएको उल्लेख गर्दै वक्ताहरुले कृषि र पर्यटनको अनुभव बुझ्न मुस्ताङ एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको दावी गरेका छन् ।
यसअघि केन्द्र स्थापना दिवसको अवसरमा कार्यालय प्रमुख पद्मनाथ आत्रेयले केन्द्रको स्थापनादेखि हालसम्म भईरहेका क्रियाकलाप र केन्द्रले गरेको योगदान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली