ई. उत्तमकुमार गुरुङ
हाम्रा मुस्ताङ्गका सङ्घिय साम्सद योगेश गौचन थकालीज्युले "संसदलाई सवाल" भन्ने कार्यक्रममा "युवालाइ रोक्न नसके नेपाल बृद्दाश्रम बन्छ" भन्नुभएको थियो । उहाको कुरा सतप्रतिशत सत्य हो ।
म त धेरै अगाडिदेखी यो कुरा भन्दै आएको छु । नेपालको कुरा छोडौ मुस्ताङको कुरा गरौ । उहाले भन्नुभएको कुरालाइ जोडेर मैले मुस्ताङको सन्दर्भमा एउटा लेख लेखेको छु । यसमा बिदेश पलायनलाइ कसरी न्युनिकरण गर्न सकिन्छ ? कसरी रोजगारिको सृजना गर्दै पर्यटकिय र धार्मिक गन्तव्यका साथ साथै मुस्ताङलाइ नेपालकै नमुना तथा अर्गानिक जिल्ला वनाउन सकिन्छ भन्ने कुराको केही उपायहरु लेखेको छु । यो मेरो नितान्त व्यक्तिगत बिचार भएको हुनाले तथ्यको आधारमा भन्दा पनि केवल उपायको रुपमा लिनु हुन अनुरोध गर्दछु ।
१) मुस्ताङ्गमा बाटोघाटो भन्दा कृषी, पशुपालनमा जोड दिउ । स्थानिय सरकारले भौतिक संरचना तथा पूरा नहुने तथा प्रतिफल नदिने योजनाहरुमा बजेट दुरुपयोग नगरौ चाहे त्यो हजार रुपैया नै किन नहोस ।
२) स्थानिय सरकारको बजेट पुरै कृषि, पशुपालन उत्थानमा सदुपयोग गरौ । स्थानिय सरकार बाहेक बाकी सरकारले भौतिक संरचना, सडक, उचित नियम कानुन बनाउने, शिक्षा, स्वास्थ्य, पर्यटन बिकासको लागि पहल गरौ ।
३) प्रत्यक घरमा कृषि उब्जनी अनुसार किसानहरुको न्युनतम तलबको व्यवस्था गरौ । र उब्जनी अनुसार प्रोत्साहन स्वरुप पुरस्कारको व्यबस्था गरौ ।
४) प्रत्यक गाउमा स्थानिय सरकारले तलब दिने गरि बाख्राको सङ्ख्या हेरि गोठालोको व्यवस्था गरौ ।
५) प्रत्यक गाउपालिकामा, गाउपालिकाको अनुदानमा पोषिलो घाँस उत्पादन गर्नलाइ कम्तिमा ३ देखि ५ ओटा प्राइभेट कम्पनिलाइ जिम्मेवारी दिउ ।
६) सार्वजनिक खेतियोग्य खालि जमिनहरुमा जग्गाको अवस्था हेरि स्थानिय सरकारले नै लिजमा दिने व्यवस्था गरौ ।
७) जिल्लाकै बाख्रा र पशुको मलबाट अर्गानिक कम्पोष्ट मल उत्पादन गरि जैविक र कम्पोष्ट मल मात्र प्रयोग गरि मुस्ताङ्ग जिल्लालाइ अर्गानिक जिल्ला घोषित गरौ । कुनै प्रकारको रसायनिक मल आयात गर्नलाइ बन्देज गरौ ।
८) स्थानिय सरकारको अनुदानमा व्यवसायिक कुखुरा पालन वा प्रत्यक घरमा ५ देखि २० ओटा सम्म कुखुरा पाल्नलाइ प्रोत्साहन गरौ त्यही कुरा बाख्रा र गाइपालनमा पनि लागू गरौ । चौरीपालनको लागि व्यवासायिहरुलाइ प्रोत्साहन गरौ अनि त्यसबाट चिज, दुध, दहि र याकको मासुको लागि मुस्ताङलाइ प्रसिद्द बनाऔ ।
९) गाइ र चौरिपालनबाट उत्पादित घिउ, दुध, दहि, छुर्पि, चिज, घर घरबाट उत्पादित कुखुरा, खसी बाख्रा र याकको मासु आदिको स्थानिय सरकारले आम्दानीको केही % लिने गरि उचित बजार व्यवस्थापन गरौ । मासु र अन्य उत्पादनहरु मुस्ताङकै होटलहरुमा खपत हुन्छ । होटलहरुले स्थानिय र अर्गानिक उत्पादनलाइ प्रयोग गरेको खण्डमा अर्गानिक खानेकुराबाट चिनिनेछ । अखाद्य मासुहरु आयात गर्न पुर्ण रुपमा बन्देज गरौ ।
१०) मुस्ताङ भरी भएको होटेलहरुलाइ A, B गरि क्याटेगोराइज गरौ । A स्तरको होटेलले बिदेशी ब्राण्ड वा सिलबन्दी (बियर बाहेक किनकी बियरको बिकल्प हामिसङ्ग अहिले छैन) बेच्न लाई लाइसेन्स लिएर बेच्न पाउने तर ती ब्रान्डहरुमा २० देखि २५% सम्म स्थानिय कर लगाउने (रक्सी आयातलाइ निरुत्साहित बनाउने तर स्टयान्डर्ड पर्यटकको लागि बिदेशी ब्राण्डको खानै पर्ने भएमा ) B स्तरको होटेलहरुले पुरै स्थानिय लोकल रक्सी राख्ने र लोकल रक्सिलाई ब्रान्डिङ गर्ने । यस्तो गर्दा स्थानिय लोकल रक्सीको लागि मुस्ताङ गन्तव्य हुनेछ र यस्को ब्रान्डिङ पनि हुनेछ । र साथै धेरैले रोजगारी पाउनेछ ।
११) लोकल रक्सीपनि सक्नेले आफै नसक्नेले स्थानिय सरकारको अनुदानमा व्यवासायिक रुपमा उत्पादन गर्ने । रक्सी उत्पादनको अनुमतीको प्रमाणपत्र लिनु पर्ने । तर उत्पादनको सङ्ख्या प्रत्यक पालिकामा त्यहाको जनघनत्व हेरेर निर्धारण र सिमित गर्ने ।
१२) बाहिरबाट आयात हुने मासुलाइ पनि स्थानिय कर लगाउने ताकी, मासुमा परनिर्वर हुनलाउ पशुपालन, कुखुरापालन, माछापालनहरुमा जोड दिओश ।
१३) इलेक्ट्रीसियन, प्लम्बर, स्थानिय टुरिष्ट गाइड, होटेल रेष्टुरेन्ट्को को कुक, गाडी तथा बाइकको मिस्त्री, कपाल काट्नेहरुको लागि बर्सेनि तालिमको व्यवस्था गर्ने वा जिल्ला बाहिर उचित तालिमको लागि पठाउने । र सबैको न्युनतम ज्याला तोक्ने अनि अनुभवको आधारमा ज्याला बढाउनु पर्ने व्यबस्था गर्ने ।
१४ ) जिल्ला भरिका विद्यालयमा अनिवार्य पढ्नु पर्ने गरि सम्बोटा (टिबेटेन) लिपिको एउटा बिषय राख्ने र आवश्यक सिक्षक नियुक्त गर्ने । ताकी भविष्यमा कसैले लामा हुन चाहेमा त्यहीबाट रोजगारी प्राप्त गर्न सकोस । हाम्रो सस्कृतिमा मर्दा पर्दा लामा चाहिन्छ ।
१५) सामुदायिक विद्यालयहरुमा शिक्षकहरुको मुल्याकन बिद्यार्थीहरु र विद्यालय व्यवस्थापन समिती (७५%+२५%) द्वारा गर्ने व्यवस्था गर्ने र उच्च अन्क ल्याउने शिक्षकलाइ उचित इनामद्वारा प्रोत्साहन गर्ने । र १ देखि १० वा १२ सम्म जति पनि जिल्ला स्तरिय वा केन्दृयस्तरका परीक्षा छन तिनिहरुमा उच्च नतिजा ल्याउने बिधालयहरुलाइ उचित पुरस्कारको व्यबस्था गर्ने ।
१६) प्रत्यक बर्ष ५ ओटै गाउपालिका मिलेर ( प्रदेश सरकारसङ्ग समन्वय गर्न पनि सकिन्छ ) जिल्लामा उत्कृष्ट नतिजा ल्याउने ५ ओटा बिद्यार्थी सम्म लाई जिल्लामै कम्तिमा ५ बर्ष सेवा गर्नेगरी डक्टर, इन्जिनियर, सिक्षक वा अन्य (जिल्लामा काम लाग्ने) बिषयमा छात्रबृती प्रदान गर्ने ।
१७) सामुदायिक बिधालयमा पढाउन चाहने स्थानिय नागरिकता भएको शिक्षकलाइ स्थानिय सरकारले पनि योग्यता, क्षमता र प्रदर्शनको आधारमा विशेष थप तलबको व्यवस्था गर्ने त्यस्तो गर्दा स्थानिय क्षमतावान पढेलेखेकाहरु शिक्षक पेशामा आकर्शित हुनेछन र शैक्षिक गुणस्तर बढ्नेछ ।
१८) अहिले मुस्ताङ्गमा व्यापक रुपमा सामुदायिक रुपमा स्याउ खेती फस्टाउदो छ जुन अत्यन्तै राम्रो कुरा हो । अब स्याउ मात्र हैन, तरकारिदेखि उचित मूल्य पर्ने अन्न तथा अरु फलफुलहरुको सामुहिक खेतितर्फ जोड दिनु पर्छ र स्थानिय सरकारले प्रोत्साहन गर्नु पर्छ । अहिले सार्वजनिक खेतियोग्य जमिनहरुमा सामुहिक स्याउ खेती गरेका छन । अब यसलाई कानुनी रुपमै सामुहिक रुपमा उपभोग गर्न पाउने गरि नियम बनाउनु पर्छ र अर्को कुरा कसैको नाउमा भएको बाझो खेतहरुमा पनि जग्गा स्वामित्व यथावत रहने गरि त्यही बसोवास गर्ने व्यक्तिहरुले सामुहिक भोगचलन गर्न पाउने नियम बनाउन स्थानिय सरकारले पहल गर्न जरुरी छ । यस्तो गर्दा बिदेशियर वा बसाइ सरेर गएकाहरुको बाझो रहेका खेतियोग्य जमिनहरुको उचित सदुपयोग हुनेछ ।
१९) प्रदेश र केन्दृय सरकारको समन्वयमा मुस्ताङकै व्यपारीवर्गहरु मिलेर कालिगन्डकीको बगरमा( कोवाङ देखि मुस्ताङ गेटसम्म) आलु, स्याउ, ओखर, विभिन्न तरकारिहरु तथा अन्नहरुको खेती गर्न सकिने प्रवल सम्भावना छ । अध्ययन गरि यसलाइ ड्रीम प्रोजेक्टको रुपमा सुरुवात गर्न सकिन्छ ।
२०) मुस्ताङ्ग पर्यटकहरुको एउटा मुख्य गन्तव्य हो । र पर्यटकहरु मुख्य रुपमा यहाको अनौठो भौगोलिक बनावट (हिमाल र मरभुमी एकै ठाउमा भएको) हेर्न आउने हुन । हामिले यसमा हाम्रो आफ्नो सस्कृती, मुण्डा आकारको अनौठो लाग्ने घरहरु, हिमाली रहनसहन र खानेकुरा र लोकल उत्पादनहरुलाइ विशेष परिमार्जन गरेर पर्यटकलाइ पस्काउन सकिन्छ । त्यस्तो गर्न सकेको खण्डमा मुस्ताङ भौगोलिक हिसाबले मात्र हैन, खाने बस्ने र बेग्लै सस्कृती भएको हिसाबले पनि मुस्ताङको छुट्टै पहिचान हुन्छ ।
२१) नेतागणहरु, बुद्धिजिविहरुले उपल्लो मुस्ताङमा कुनै छेकवार बिना पर्यटकहरु जाने व्यस्था गर्नमा बिशेष जोड दिएर उपल्लो मुस्ताङ पर्यटकको लागि खुल्ला गर्नुपर्छ ।
२२) चिन र नेपालको सिमाना कोरोला नाकामा मिलेसम्म ठूलो व्यापारिक भवनको निर्माण गर्ने । यसको लागि नेतागणहरुले प्रदेश वा केन्दृय सरकारलाइ गुहार्ने, सरकारले सुनेन भने प्राइभेट व्यापारीलाई जग्गा लिजमा दिएर भए पनि भवन निर्माण गर्न लगाउनु पर्छ ताकी १२ महिना राम्रो सङ्ग आयात निर्यात गर्न सकोस र चाहेको व्यक्तिले सामन बेचेर पनि आय आर्जन गर्न सकोस ।
23) एक्याप नाउको सस्था बसेको छ मुस्ताङमा जसले बर्षेनि करोडौ कर उठाउछ तर पर्यटन बिकासमा लाखौ पनि खर्च गरे जस्तो लाग्दैन । एक्यापलाइ दवाव दिएर प्रत्यक ६,६ महिनामा ५ ओटै गाउपालिकामा कृषि मेला तथा अन्य विभिन्न बिधामा मेला गर्न लगाउने र कृषक तथा सवन्धित बिधाका व्यक्ती हरुलाइ पुरष्कृत गरि उत्साहित गराउने ।
३ जेठ २०८२, शनिवार १०:४० मा प्रकाशित
1671
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता