मुस्ताङका प्रहरी प्रमुख प्रनाउ पाण्डेयसहित ३ प्रहरी अधिकृत पुरस्कृत



प्रहरी सेवामा रही उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेय सहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा प्रनाउ पाण्डेय सहित ३ जना प्रहरी अधिकृतहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

 सुरक्षा निकाय अन्र्तगत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित मुल समारोह कार्यक्रममा मुस्ताङका प्रनाउ पाण्डेयसहित पोखरा स्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

 प्रदेश स्थापना दिवस २०८० मा पुरस्कृत व्यक्तित्वहरुलाई जेठ १५ गते गणतन्त्र दिवसको दिन पुरस्कार प्रदान गरिने भएको छ । उत्तरी चिनसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा विगत ५ महिनादेखि पुरस्कृत व्यक्तित्व प्रनाउ पाण्डे कार्यरत रहदै आईरहेका छन् । 

धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षामा अहोरात्र खटिदै उत्कृष्ट योगदान पुर्याए वापत प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्च सम्मान गरेको हो । 

प्रनाउ पाण्डेयले जिल्लाका नागरिकलाई विभिन्न सामाजिक अपराध,लैङ्गिक हिंसा,लागु औषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन् । उनले सीमानाकामा हुँने संम्भावित चोरी सिकारी,अपराध नियन्त्रण र अवैंध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदै आईरहेका छन् ।



प्रतिक्रिया