मुस्ताङमा लेंक लागेर तिर्थालुको मृत्यु

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेका एक जना तिर्थालुको लेंक लागेर मृत्यु भएको छ । 

 लेंक लागेर स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका—२ बस्ने ७५ वर्षीय ज्येष्ठ नागरिक गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार स्याङ्जाबाट मुक्तिनाथ दर्शन तथा कागबेनीधाममा श्राद्ध गर्ने उद्देश्यले २३ जनाको टोली मुस्ताङ आउँदै गरेकोमा एक जना तिर्थालुको लेंक लागेर मृत्यु भएको जानकारी दिनुभयो । 

स्याङ्जाबाट म्याग्दी हुँदै मुस्ताङ आउने क्रममा मुस्ताङका मार्फा आईपुग्दा गाहालाई लेंक लाग्ने समस्या देखिएपछि प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पु¥याउँदा गाहालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो  ।


प्रतिक्रिया