यहाँ स्थित पाँच वटै स्थानीय तहमा १९४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भी) खोप अभियान सुरु भएको छ ।
यहाँका पाँच स्थानीय तहका १६ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका छात्रा किशोरीहरुलाई पोठेघरको मुखको क्यान्सर बिरुद्ध लगाउने एच.पि.भी. खोप लगाईदै छ । यसैगरी विद्यालय बाहिरका १० वर्ष मुनिका किशोरी तथा गत वर्ष एच.पि.भी. खोप लगाउने छुटेका किशोरीहरुलाई पनि पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भी) खोप लगाउने कार्यक्रम रहेको प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिनुभयो ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत तामाङका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६३ जना , १० वर्ष मुनिका बिद्यालय बाहिर रहेका ३ जना र गत वर्ष खोप लगाउन छुटेका २८ जना किशारीहरुलाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भी) खोप लगाउने कार्यतालिका रहेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका अनुसार यहाँको घरपझोङ गाउँपालिकामा सामुदायिक ३ र संस्थागत १ गरी कक्षा ६ मा पढ्ने ७१ जना किशोरीलाई खोप लगाईने छ । यहाँ बिद्यालय बाहिरका एक जना १० वर्ष मुनिका किशोरीलाई खोप लगाईने छ ।
थासाङ गाउँपालिकामा ४० जना किशोरीलाई एच.पि.भी. खोप लगाईने छ । यहाँ सामुदायिक विद्यालयका ३९ जना र गत वर्ष छुट भएका एक जना किशोरीलाई खोप लगाईने छ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सामुदायिक ३ वटा विद्यालयका १२ जना किशोरीलाई एच.पि.भी. खोप लगाईने कार्यतालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक २ र संस्थागत एक गरी तीन वटा विद्यालयका ४१ जना छात्रा किशोरीलाई एच.पि.भी. खोप अभियानमा जोडिने जनाईएको छ । यहाँ सामुदायिक तथा संस्थागत विद्यालयबाट १४ जना र गत वर्ष खोप लगाउन छुटेका २७ जना किशोरीलाई खोप लगाईने बताईएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २९ जना किशोरीलाई एच.पि.भी. खोप लगाईने जनाईएको छ । यहाँ सामुदायिक विद्यालयका २७ जना र विद्यालय बाहिर रहेका १० वर्ष मुनिका किशोरी २ जनालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भी) खोप लगाईदै छ ।
खोप अभियान अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा मंगलबार (आज) खोप अभियान संञ्चालन भएको छ । घरपझोङ गाउँपालिकामा ७२ जना किशोरीलाई एच.पि.भी. खोप लगाउने कार्य सम्पन्न भएको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिनुभयो ।
यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका चैत २२ र २३ गते,थासाङ गाउँपालिकाले चैत्र १९ गते र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चैत्र २८ गते एच.पि.भी. खोप कार्यक्रम संञ्चालन गर्ने कार्यतालिका रहेको जनाईएको छ । यहाँको लोमान्थाङ गाउँपालिकाका सामुदायिक विद्यालयहरु घुम्ती कक्षाका लागि पोखरामा रहेकाले गाउँपालिकाको समन्वयमा ६ कक्षा पढ्ने किशोरीहरुलाई पोखरामै खोप लगाउने योजना रहेको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता