‘प्रचण्ड’लाई पत्रकारको प्रश्न, त्यो ५० करोड खोई ?

जोमसोम— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालले जलवायु क्षति वापत अन्तराष्ट्रिय जलवायु परिवर्तन कोषबाट आउने अनुदानको रकम ५० करोड मुस्ताङलाईनै दिन्छु भनेर सांढे २ वर्षअघि मुस्ताङ आउँदा घोषणा गरेको बताउँनु भएको छ । मुस्ताङका स्थानीय पत्रकारहरुले राखेको ‘त्यो ५० करोड के हुँदैछ?¬ भन्ने जिज्ञासाको प्रतिउत्तर दिदै माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले त्यो प्रक्रिया सुरु भैईसकेकोमा सरकार परिवर्तनसंगै  त्यो ५० करोड अनुदानको बिषयमा सरकारले त्यती धेरै महत्व नदिएको होकी भन्ने आफ्नो बुझाई रहेको बताउँनुभयो ।

माओवादी अध्यक्ष दाहालले अहिलेको सरकार अली बढी आफुप्रति र आफुले गरेका राम्रा कामप्रति बढी जस जान्छ भनेर डरले यसप्रकारका कामहरुलाई लथालिङ्ग गर्ने गरेको बताउँनुभयो ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले नेपाल र नेपाली जनताको हितमा नीति कार्यक्रम र बजेटमा पनि आफु र पार्टीको तर्फबाट जेजति कुरा अघि बढाएको र तिनलाई अहिलेको सरकारले कटौती गरेको उल्लेख गर्नुभयो । यसै अन्तर्गत जलवायु परिवर्तनसंग सम्वन्धित कोषलाई पनि सरकारले उपेक्षा गरेको दावी गर्नुभयो । अध्यक्ष दाहालले जलवायु कोषको अनुदानलाई आफु र पार्टीले सदनमा आवाज उठाउने र खबरदारी गरिहने जानकारी दिनुभयो ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले अन्तराष्ट्रिय मञ्चहरुमा नेपालमा जलवायु परिवर्तनबाट सृजित संकटका कुरा उठान गरेको र अन्तराष्ट्रिय समुदायको ध्यानआकर्षण गरेको  बताउँनुभयो । ‘नेपाललाई न्याय चाहिएको छ, नेपाली जनताले गर्दै नगरेको अपराधको मुल्य तिर्नुपर्ने बिडम्बनाको अन्त्य हुनुपर्छ भन्ने कुरा गरेको थिए’, अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले थप्नुभयो,‘ त्यसपछि जलवायु कोषबाट केही रकम नेपाललाई दिने सहमति भएको थियो,  जलवायु अनुदानको रकम विभिन्न ठाउँमा छर्नु भन्दा मुस्ताङलाईनै त्यो रकम दिंदा परिणाममुखी काम हुनसक्छ भनेर त्यो ५० करोड मुस्ताङलाई दिन्छु भनेको हुँ ।’

 नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले विस. २०८० कार्तिक १ गते अन्नपूर्ण संरक्षण् क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको जोमसोममा आयोजना गरेको जलवायु संकट सम्वन्धि कार्यक्रममा  जलवायु परिवर्तन कोषको अनुदान रकमको ५० करोड मुस्ताङलाई पठाउँने घोषणा गर्नुभएको थियो । सोही प्रशंगलाई जोडेर मुस्ताङका स्थानीय पत्रकारहरुले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहाललाई प्रश्न राखेका थिए ।


प्रतिक्रिया