जोमसोम— मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट शनिबार काठमान्डौंमा सम्मानित भएका छन् । गाउँपालिका अध्यक्ष बिष्टलाई नेपाल पश्मिना उद्योग संघ नेपालले प्रशंसापत्र र सोवा रिक्पा एशाोसियसन नेपाल तथा डब्लुडब्लुएफ नेपालले ताम्रपत्रसहित अलगअलग सम्मान गरेको हो
नेपाल पश्मिना उद्योग संघको अन्तराष्ट्रिय पश्मिना महोत्सव २०२५ तथा रजत वर्षको अवसरमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्टलाई प्रशंसापत्रसहित सम्मान गरेको हो । च्यांग्राको पश्मिना भुवा संकलन तथा उत्पादनमा जिल्ला स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपाल पश्मिना उद्योग संघ नेपालले विशेष समारोहमा बिष्टलाई सम्मानित गरेको हो ।
अध्यक्ष बिष्टकै पहलमा उपल्लो मुस्ताङको लोमान्थाङ र चराङमा २ वटा पश्मिना संकलन केन्द्र स्थापना भएको छ । त्यहाँका स्थानीय किसानलाई पश्मिना उत्पादन तथा च्यांग्रा पालन व्यवसायको प्रर्वद्धन तथा विकासमा अध्यक्ष बिष्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको संघको भनाई छ ।
अध्यक्ष बिष्टलाई उद्योगा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले संयुक्त रुपमा प्रशंसापत्रसहित सम्मान गरेको छ ।
यसैगरी प्राचिन प्राकृतिक चिकित्सा पद्धतीको संरक्षण र विकास एवं प्रर्वद्धन गर्न तथा स्थानीय तहमा सोवा रिक्पाको विकास प्रर्वद्धनमा योगदान पु¥याएको उल्लेख गर्दै लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्टलाई ताम्रपत्रसहित सम्मानीत भएका हुन् । सोवा रिक्पा एशोसियन नेपाल र डब्लुडब्लुएफद्वारा आयोजित कार्यक्रममा अध्यक्ष बिष्ट सम्मानित भएका हुन् ।
परम्परागत प्राकृतिक चिकित्सा पद्धतीलाई आत्मसाथ गर्दै आमचीहरुको सरक्षणमा अध्यक्षले बिष्टले गरेको योगदान महत्वपूर्ण रहेको ताम्रपत्रमा उल्लेख गरिएको छ । सोवा रिक्पा नेपाल र डब्लुडब्लुएफद्वारा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सापद्धतीको सरक्षण विकास प्रर्वद्धनका साथै प्राचिन चिकित्सापद्धतीलाई पुस्तान्तरण गर्नमा बिष्टको योगदान निरन्तर रहने अपेक्षा गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादव, सोवा रिक्पा संघ नेपालका अध्यक्ष डा.आमची तेन्जिङ धार्के गुरुङ र डब्लुडब्लुएफका तर्फबाट घनश्याम गुरुङ लगायतले सम्मान गरेको हो ।